पार्टी फुटाउँने र नयाँ पार्टीमा चहार्दै हिड्नेमा नाम कहलाएका पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष डा बावुराम भट्राई र सो पार्टीका अध्यक्ष उपेन्द्र यादवको दोस्ती टुंगिने अवस्थामा पुगेको छ ।
जसपा भित्रै लामै समय देखि बावुराम र उपेन्द्रको सम्बन्ध पौषको ठण्डी भन्दा चिसो भएको बताइएको छ । बाहिर हल्ला होला भन्ने लालजे आज सम्म सम्बन्धको चिसो पन बाहिर नल्याइए पनि अब विस्फोट हुने चरणमा पुगेको बताइएको छ ।
माओवादी , नयाँ शक्ति हुँदै जसपा सम्म चहार्दै आइपुगेका बावुराम त्यहाँ पनि बस्न नसक्ने अवस्थामा पुगेको बताइन्छ । बावुराम पक्षले यादवले पार्टीमा एकलौटी गरेको आरोप लगाएको छ । भन्दै उपेन्द्र पक्षले बावुराम पक्षले आफ्नो हैसियत भन्दा ठूलो भाग खोजेर सताएको बताउँने गरेको छ ।
उपेन्द्र यादव, वावुराम भट्टराई र अशोक राई विचका विवाद उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको चरणमा पुगेको चर्चा सुरु भएको छ। अध्यक्ष यादवले एकलौटी निर्णय गर्न थालेपछि पार्टीमा तिव्र विवाद छ।
एमाले विभाजनका लागि प्रधानमन्त्री शेरवहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेताले अर्को पार्टी गठन गरेपछि पार्टीमा अध्यक्षको एउटा पद रिक्त छ। जसपामा दुई अध्यक्षको व्यवस्था अनुसार ठाकुर र यादव अध्यक्ष थिए। ठाकुरले नयाँ पार्टी गठन गरेपछि जसपाको एउटा अध्यक्ष पद रिक्त छ।
मंसिर पहिलो साता बसेको जसपा कार्यकारिणी समितिको बैठकले रिक्त पदको व्यवस्थापन गर्दै पार्टीलाई सामूहिकतामा लैजाने निर्णय गरेको थियो। तर, झण्डै पाँच महिना हुन लाग्दा समेत पार्टीका निर्णय सामूहिक हुन नसकेपछि विवाद वढेको एक नेताले वताए ।
यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ। आफु रुपान्तरित हुने, पुस्तान्तरणमा लैजाने वताउँदै हिडेपछि यादवको एकलौटी ब्यवहारका कारण नेतृत्व वाक्क भएको उनी वताउँछन् ।
अध्यक्ष यादवले एकता प्रक्रियाबाट पार्टीका नेताहरु महिन्द्र राय यादव र राजकिशोर यादवलगायतका नेतालाई पनि वेवास्ता गर्दै आएका छन् । उनीहरुले जसपा विभाजनमा समेत ठाकुर-महतोालाई साथ नदिएर यादवलाई साथ दिएका थिए । तर, पछिल्लो क्रियाकलापका कारण उनीहरु पनि यादवसँग सन्तुष्ट हुन सकेका छैनन्।
पार्टीभित्र देखा परेका विवाद समाधानका लागि भन्दै भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ। उनीहरुले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन माग गरिरहेका छन् । माघको पहिलो हप्ता भित्र वैठक नवोलाए, विधानअनुसार २५ प्रतिशत केन्द्रीय कार्यकारिणी समिति सदस्यले कारणसहित खुलाएर बैठक माग गर्ने नेताहरुको तयारी छ। उक्त बैठकले जुनसुकै निर्णय गर्न सक्ने उनीहरु वताउँछन् ।
पछिल्लो समयमा जसपामा तीन अध्यक्ष बनाउने माग पनि जोडदार रुपमा अघि आएको छ। राष्ट्रिय चरित्रको समावेशी पार्टी बनाउन पनि तीन अध्यक्ष बनाएर जानुपर्ने प्रस्ताव गरिएको एक नेता वताउँछन् । यो यादव, भट्टराई र राई तीनै जनालाई अध्यक्ष बनाउने प्रस्ताव हो।
तर, यादव भने एकल अध्यक्ष बनाएर जान चाहन्छन्। यादवको एकल नेतृत्वको चाहनाकै कारण अहिले विवाद देखिएको वताईन्छ। यसरी शिर्ष नेताकै विचमा तिव्र मतभेद भएपछि जसपा विभाजनको डिलमा पुग्न लागेको केही नेताहरु अनुमान गर्छन्।
यादव, भट्टराई र राई तीन अलग अलग पार्टी हुँदै एउटा पार्टीमा भेला भएका हुन । यादव मधेस आन्दोलनपछि २०६४ मा मधेसी जनअधिकार फोरमका अध्यक्ष थिए भने भट्टराईले ०७२ असोज १० गते एकीकृत नेकपा माओवादी परित्याग गरेर ०७३ जेठ ३० मा ‘नयाँ शक्ति पार्टी नेपाल’को गठन गरेका हुन ।
संघीयता र पहिचानको मुद्दामा एमालेको आधिकारिक धारणाप्रति असन्तुष्टि जनाउँदै २०६९ मा अशोक राईले एमाले पार्टी परित्याग गरेर संघीय समाजवादी पार्टी बनाएका थिए । ०७० सालको भएको दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमसँग एकता गरे।
२०७६ वैशाख २३ गते संघीय समाजवादीसँग नयाँ शक्ति पार्टी नेपालको एकता भयो, पार्टीको नाम राखियो, ‘समाजवादी पार्टी नेपाल’। यादव अध्यक्ष र भट्टराई संघीय परिषद् अध्यक्ष बन्दा राई वरिष्ठ नेतामा बसेका थिए।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...