सत्तागठबन्धनमा रहेका दलहरुविच सम्बन्ध चिसिन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको अनावश्यक दबावले प्रधानमन्त्री शेरबहादुर देउवा हैरान भएको बताइएको छ ।
पछिल्लो समय सत्तारुढ दलहरु विच स्थानिय तहको निर्वाचनका बिषयमा मत बाझिएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस वैशाखमानै स्थानिय तहको निर्वाचन गर्नु पर्ने पक्षमा देखिएको छ भने माओवादी केन्द्र र नेकपा एस लगायतका दलले वैशाखमा निर्वाचन गर्नु नहुने पक्षमा लविङ थालेका छन् ।
चुनाव गर्ने की नगर्ने भन्ने बिषयमा काग्रेस , माओवादी र नेकपा एस विच समझदारी बन्न सकेको छैन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समयमै निर्वाचन नगर्ने षड्यन्त्र सुरु भएको भन्दै गठबन्धनको चलखेलको आलोचना गरेको छ । चुनावकै बिषयलाई लिएर गठबन्धननै भत्कन सक्ने सम्मका चर्चाहरु राजनितीक बजारमा चल्न थालेका छन् ।
रामचन्द्र पौडेल संयोजक रहेको सरकार संचालन उच्चस्तरीय संयन्त्रको बैठकमा समयमै स्थानिय तहको निर्वाचन गर्ने बिषयमा छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् । कार्कीले यति अमूर्त कुरा गरेका छन् की कहिले गर्ने ,कसरी गनर्,े लगायतका बिषयमा पत्रकारले सोधेका प्रश्नको जवाफ समेत उनले दिन सकेनन् । चुनाव गर्ने मात्रै एकोहोरो रटान लगाइरहे ।
वैशाखमा स्थानिय तहको निर्वाचन नगर्ने र एकै पटक तीनै तहको निर्वाचन गर्ने भन्दै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई दबाव बढाएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेपाली काग्रेसकै अन्य प्रभावशाली नेताहरुले समयमै स्थानिय तहको निर्वाचन गर्नका लागी देउवालाई दबाव दिएका छन् ।
चुनाव नगर्न प्रचण्ड र माधव नेपालले दबाव दिए गठबन्धननै भत्काउन तयार हुन पर्ने मत पनि नेपाली काग्रेस भित्र चर्को रुपमा उठ्न थालेको छ। नेपालको संविधानले स्थानिय तहको नेतृत्व विहिन अवस्था कल्पनानै नगरेको भन्दै प्रचण्ड र माधव नेपालको कुरा सुनेर निर्वाचन सार्ने कुरा कल्पनानै गर्न नसकिने काग्रेस नेताहरुले बताउँन थालेका छन् ।
नेपाली काग्रेसका महामन्त्री गगन थापाले नेपाली काग्रेसले बरु गठबन्धन भत्कीए भत्कन्छ स्थानिय तहको निर्वाचन समयमै हुनु पर्ने बताएका छन् । गठबन्धन दलहरुको आन्तरिक बिषय र निर्वाचन संविधानको बिषय भन्दै थापाले संविधानलाई मिचेर चुनाव रोकेर गठबन्धन कायम राख्ने पक्षमा काग्रेस नरहेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री एवं काग्रेस सभापती शेरबहादुर देउवा पनि समयमै चुनाव गराउँनका लागी प्रतिवद्ध रहेको भन्दै थापाले प्रचण्ड र माधव नेपालले नचाहँदैमा निर्वाचन हुँदैन भन्ने कुरा कल्पना पनि गर्न नसकिने बताए । संविधानलेनै तोकेको कुरामा अरु तर्क गरेर चुनाव नगराउँनु भनको केपी ओलीले संसद विघठन गुर्न जस्तै भएको थापाको भनाई छ ।
‘संविधानमा व्यवस्थानै नभएको कुरामा टेकेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गराएको कुरालाई विरोध गरेर बनेको सरकारले संविधान बमोजिम सयमानै निर्वाचन गर्दिन भन्नै मिल्दैन त्यसो गरियो भने ओलीले गरेको संसद विघठन जस्तै असंवैधानिक काम हुन्छ । सदन ,सडक र पार्टी जहाँ लड्नु परे पनि हामी डटेर लड्ने छौँ’ । थापाले भनेका छन् ।
चुनाव गर्ने की रोक्ने भन्ने बिषय सत्तारुढ दल भित्र निकै पेचिलो बन्दै गएको छ । माओवादी केन्द्र र नेकपा एसले यथाअवस्थामा चुनावमा जाँदा नमिठो पराजय बेहोर्नु पर्ने आँकलन गरेरनै चुनाव सार्न खोजेको तर काग्रेस बरु गठबन्धन भत्काउँने तर निर्वाचन गराएरै छोड्ने मुडमा रहेको बताइएको छ ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...