देशका विभागीय मन्त्रालय कसले चलाउला उत्तर सामान्य छ-मन्त्री । तर केही यस्ता मन्त्रालयहरू पनि छन् त्यहाँ मन्त्रीभन्दा बढी विचौलिया, कर्मचारी र कमिसनखोरहरूको रजगज चल्छ ।
सिंहदरबारभित्रै रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी अहिले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुकमारी झाँक्रीले पाउनुभएको छ । झाँक्री मन्त्री भए पनि मन्त्रालयमा हामीमुहाली भने अर्कैको चल्छ । मन्त्रालयकै एक सुब्बाले मन्त्रालयमा राज गरिरहेका छन् ।
धनकुटा घर भएका सुब्बा युवराज गिरी लामो समयदेखि मन्त्रालयमा स्टोर प्रमुखको जिम्मेवारीमा छन् । तर उनी स्टोर र स्टोरको काममा होइन, जतिबेलै मन्त्रीकै अघिपछि भेटिन्छन् ।मन्त्रीको दैनिक कार्यतालिकाको विषयमा सचिव, सहसचिव र सचिवालयका कर्मचारी भन्दा बढी उनी जानकार हुन्छन् ।
अझ भन्दा, मन्त्रीको सबै कार्यक्रम उनैले तय गर्छन्, आफूलाई राज्यमन्त्री सरह सोचेर व्यवहार गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।झाँक्री मन्त्री भएको बेलामा मात्रै होइन, उनको रवाफ अरु मन्त्री हुँदा पनि उत्तिकै थियो । तर, मन्त्रालयमै पूरै हालीमुहाली गर्न भने पाएन थिएनन् ।
यसपटक मन्त्रीको आगमनसँगै उनलाई यत्ति सजिलो भयो कि उनी सचिवालयका कर्मचारी, सचिव, सहसचिव सबैभन्दा माथिल्लो तहमा पुगेर काम गर्न थाले ।अरु पार्टीका मन्त्री हुँदा पनि सुब्बासापको रवाफमा भने कमी नभएको यसअघिका मन्त्री र उनका सचिवालयका कर्मचारीहरूको अनुभव छ ।
‘उहाँको रवाफ नै ठूलो हुन्थ्यो, कुन्नी के छ त्यस्तो,’ यसअघिका मन्त्रीको सचिवालयमा रहेका भन्छन्, ‘सचिव र सहसचिव भन्दा उहाँको रजगज बढी थियो ।’मन्त्रालयमा कार्यरत कर्मचारी पनि उनको हर्कतबाट असन्तुष्ट छन् । अधिकृत स्तरका कर्मचारी मात्र होइनन्, सचिव समेत उनको व्यवहारबाट दिक्क छन् ।
‘आफू राम्रो बनेर अरुलाई नराम्रो देखाउने राम्रै कला रैछ उहाँमा’, गिरीबाट दिक्क भएका मन्त्रालयमा कार्यरत एक कर्मचारीले भने, ‘मन्त्रीको भन्दा बढी रवाफ उहाँको हुन्छ, त्यो देख्दा पो अचम्म लाग्छ त !’गिरी २०७२ सालमा शहरी विकास मन्त्रालयले हतारमा त्रिपाल खरिद गरेर अनियमितता गरेको आरोप लागेको थियो । सोही क्रममा उनी तीन वर्षसम्म निलम्बनमा पनि परेका थिए । यद्यपि उनले उक्त मुद्दामा भने सफाइ पाएका थिए ।
सरकारी गाडी चढ्ने पहिलो सुब्बा १सामान्यतया सरकारी सेवा रहेका सहसचिव स्तरका कर्मचारीलाई मात्र मन्त्रालयले चारपांग्रे सवारी उपलब्ध गराउँछ । तर, गिरी सायद पहिलो व्यक्ति होलान्, जसले सुब्बाको पदमै सरकारी सवारी चढ्छन्, त्यो पनि ड्राइभर राखेर ।
ड्राइभर राखेर सिंहदरबार छिर्ने उनी नै पहिलो सुब्बा हुनुपर्छ । गिरीले सरकारी सम्पत्तिको चरम दुरूपयोग गर्दै सिंहदरबारमै बसेर ऐन र कानुको खिल्ली उडाइरहेका छन् । तर, त्यत्ति हुँदा पनि उनलाई निलम्बन गर्ने त परै जाओस् स्पष्टीकरण समेत कसैले सोध्न सकेका छैनन् ।
योजनामा हालीमुहाली शहरी विकास मन्त्रालयमा पर्ने र पार्ने योजनाहरूमा सुब्बा युवराज गिरीकै हालीमुहाली हुने गरेको छ । कस्ता योजना पार्ने, कसको योजनामा लालमोहर लगाउने लगायतका सम्पूर्ण काममा गिरी पोख्त भइसकेका छन् ।
मन्त्रालयमा आएका फाइल, योजना र सरुवा बढुवामा समेत उनको हात रहने मन्त्रालय स्रोत बताउँछ । त्यसका लागि दर्ता चलानी शाखामा गिरीले आफ्नो नातेदारलाई राखेका छन् । चलाखीपूर्ण ढंगले योजनाहरू आफूलाई फाइदा हुनेगरी वितरण गर्ने गरेको कर्मचारी स्रोत बताउँछ ।
मन्त्रीले पनि हटाउन नसकेका सुब्बासाप सामान्यतया एक, डेढ वा दुई वर्षमा सरकारी कर्मचारीहरूको सरुवा हुने गर्छ । तर, गिरी भने १० वर्षभन्दा लामो समयदेखि मन्त्रालयको स्टोर प्रमुखको रूपमा कार्यरत छन् । उनलाई यसअघिका मन्त्रीले सरुवा गर्न नखोजेका पनि होइनन् । तर, सुब्बासापको पावरको अगाडि कसैले केही पनि चलेन ।
दर्ताचलानी शाखामा भएका उनका नातेदारका कारणले उनको सरुवाको पत्र प्रशासनसम्म कहिल्यै पनि पुग्न नसकेको स्रोत बताउँछ । ‘उहाँ ९युवराज गिरी०लाई सरुवा गर्नका लागि धेरैपटक सरुवाका पत्र आए,’ स्रोतले भन्यो, ‘तर बिडम्बना के भने, त्यो पत्र कहिल्यै पनि प्रशासन पुग्न पाएन, धेरै पत्र त दर्ताबाट च्यातेर फालिए ।’
गिरीको लाइफस्टाइलसामान्यतया स्टोर शाखा भन्ने बित्तिकै आर्थिक हिसाब एकदमै राम्रो स्थान मानिन्छ । मालअड्डाको नाममा मन्त्रालयको स्टोर शाखालाई पनि समावेश गर्दा फरक नपर्ला । चतु¥याईं जानेका गिरीले मालअड्डाका कर्मचारीले भन्दा धेरै आम्दानी गर्छन् । स्टोर प्रमुखको जागिर खाएका गिरीको लाइफस्टाइल आफैंमा लोभलाग्दो छ ।
गाउँको सामान्य परिवारबाट आएर जागिर सुरु गरेका उनको काठमाडौंमा आफ्नै घर छ । २०७८ साउन १ गतेदेखि बढेको तलबअनुसार सुब्बाको तलब ३२ हजार ८ सय १६ रूपैयाँ तोकिएको छ । ३२ हजार तलब खाने सुब्बाले काठमाडौंमा घर बनाएर बस्नु असम्भव रहेको वर्षौंदेखि सरकारी सेवा आबद्ध पूर्वकर्मचारीको भनाइ छ । अतिरिक्त आम्दानी, घुस, कमिसन र भ्रष्टाचारविना यस्ता क्रियाकलाप सम्भव नभएको उनीहरूको निष्कर्ष छ ।
मन्त्री झाक्रीसँगको सम्बन्ध मन्त्री रामकुमारी झाँक्रीलाई सुब्बा गिरीले भाउजु सम्बोधन गर्छन् । मन्त्री झाँक्रीले पनि सचिव र अन्य कर्मचारीलाई भन्दा उनैलाई बढी महत्त्व दिने गर्नुभएको छ । सचिव र माथिल्लो तहका कर्मचारीको भन्दा सुब्बाको बढी भर गरेपछि उहाँमाथि पनि शंकाका आधारहरू सिर्जना भएका छन् ।
केही दिनअघि मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि मन्त्रीमाथि सचिवालयमा कर्मचारीको भूमिको सन्दर्भमा प्रश्न उठेको थियो । तर, मन्त्री झाँक्रीले उचित जवाफ दिन सक्नुभएन । उहाँले सबैले आ–आफ्नो स्थानमा रहेर काम गरेको दाबी गरे पनि मन्त्रालयमा त्यस्तो अवस्था देखिँदैन ।
यसअघि भएका मन्त्रीहरूलाई पनि गिरीले आफ्नो पक्षमा पार्न नखोजेका होइनन् । केही मानेनन् भने केहीले उनलाई टेरेनन् । तर, अहिले भने उनले मन्त्रालय नै आफूले चलाइरहेका छन् । मन्त्रालयका योजना, नीतिगत निर्णय र सरुवाबढुवा देखि अन्य निर्णयमा पनि उनको प्रत्यक्ष संलग्नता रहने गरेको मन्त्रालय उच्च स्रोत बताउँछ ।
सामान्यतया मन्त्रीले सचिव, उपसचिव र कर्मचारीहरूलाई खटनपटन गर्ने गर्छन् । तर, शहरी विकास मन्त्रालयमा भने मन्त्रीको पूर्ण समर्थन पाएर सुब्बासाप राज गरिरहेका छन् । उनलाई मन नपरेको र आफू अनुकुलका कर्मचारी नआए सरुवा समेत गराउने हैसियत गिरीले राखेको मन्त्रालय उच्च स्रोतको भनाइ छ ।
त्यत्तिमात्रै होइन, मन्त्री झाँक्रीलाई सचिवालयमा कर्मचारी हाबी भएको विषयमा पार्टीबाटसमेत प्रश्न तेर्सिएको छ । तर, मन्त्रीले सुब्बासापको संरक्षण गर्न छाडेकी छैनन् । सुब्बासापप्रति मन्त्रीको यति धेरै संरक्षण गर्दै काखी च्याप्नुका पछाडि निहीत स्वार्थ जोडिएको यसै पुष्टि हुन्छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...