Otv Nepal बुधबार, साउन १३ २०८३

नेपालको जनसँख्याबाट संसद नै गायब !

  • otv nepal

    बुधबार, माघ १९ २०७८
  • राष्ट्रिय जनगणना २०७८ को प्रक्रिया र प्रारम्भिक नतिजाप्रति संघीय सांसदहरुले नै आपत्ती जनाएका छन् ।

    मंगलबार संसद् सचिवालयमा प्रतिनिधिसभा अर्थ समितिले गरेको ‘१२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा’ विषयक छलफलमा कतिपय सांसदले आफू नै गणनामा छुटेको बताएका छन् ।

    छलफलमा सहभागी सांसदले जनगणना प्रक्रिया त्रुटिपूर्ण रहेको र गणकले सोधपुछ नगरी आफूखुसी विवरण भर्ने गरेको आरोप लगाए । जनगणनाका बेला आफू तथा आफ्नो परिवार छुटेको र टोलमा गणक आइनपुगेको पनि उनीहरूको भनाइ थियो ।

    ‘जनगणनाका बेला म आफ्नो घर उदयपुरको त्रियुगा नगरपालिका-५ मै थिएँ,’ सांसद प्रमिला राईले भनिन्, ‘मेरो घरमा कुनै कर्मचारी तथ्यांक लिन आएनन् । त्यसैले सही रूपमा यो तथ्यांक आएको छैन ।’

    सांसद पदम गिरीले पनि आफू र आफ्नो परिवार छुटेको बताए । ‘जनगणनामा म छुटेको छु, यो गम्भीर सवाल हो,’ उनले भने, ‘जनगणनामा तीन तहको सरकारबीच समन्वय भएन ।

    व्यावहारिक रूपमा स्थानीय सरकार परिचालन गर्न सकेन ।’ बाँकेकी सांसद सरवत आरा खानमले आफ्नो घरमा गणक नआएपछि खोधखोज गर्दै जनगणना कार्यालय पुगेको सुनाइन् ।

    ‘म मुस्लिम पहिरनमै थिएँ,’ उनले भनिन्, ‘गणकले इन्डियन भएकाले जनगणना लिएनौं भने । मैले हामी इन्डियन होइन भनेर भर्न लगाएँ । जातजाति, भाषा, धर्मको विषयमा चासो भए पनि उनले भर्न मानेनन् ।’

    अर्का सांसद रामबाबु यादवले जनगणनाको पूर्वतयारी क्रममा पर्याप्त छलफल र बहस हुन नसकेको बताए । ‘मेरो क्षेत्रमा सडक आसपासमा मात्र जनगणना लिए,’ बाराको कलैया-४ को प्रसंग उल्लेख गर्दै उनले भने, ‘सडकछेउ हुनेखाने बस्छन् ।

    अल्पसंख्यक जाति छुटेका छन् ।’ सांसद सत्या पहाडीले संघीयता अनुकूल जनगणना हुन नसकेको टिप्पणी गरिन् । परम्पराबाट मुक्त हुन नसकेको उनको भनाइ थियो । ‘जनगणनाले कम्तीमा नेपालको चित्र ल्याउन सक्नुपर्छ,’ उनले भनिन् ।

    सांसद सुरेन्द्र पाण्डेले जनगणनाको विधि नै ठीक नभएको बताए । ‘जनगणनाका प्रश्न कमजोर छन्,’ पूर्वअर्थमन्त्रीसमेत रहिसकेका पाण्डेले भने, ‘कृषि र कृषकको परिभाषा बदल्न सकेनौं ।

    कृषिमा आत्मनिर्भर संख्या न्यून छ तर ६८ प्रतिशक कृषक भन्नु कति तथ्यपरक हो ?’ पाण्डेले यसअघिको तथ्यांकका आधारमा मुलुकको जनसंख्या प्रक्षेपण गर्दा ३ करोड नाघिसकेको तर जनगणनाको प्रारम्भिक नतिजाले जनसंख्या वृद्धिदर घटेको देखाउनु विकसित मुलुकभन्दा कम भएको बताए ।

    उनले छिमेकी मुलुक चीनले ‘एक बच्चा’ नीति बदलेर दुईभन्दा बढी बच्चा जन्माउने नीति लिएको उल्लेख गरे । ‘अहिलेको जनसंख्या वृद्धिदर शून्य दशमलब ९३ प्रतिशत भनेको विकसित मुलुकभन्दा कम भयो,’ उनले भने, ‘त्यसको मतलब अब परिवार नियोजन नगर्ने वा नीति कसरी बनाउने ?’

    समितिका सभापति कृष्णप्रसाद दाहालले कानुनी, संवैधानिक प्रावधान सच्याएर आगामी तथ्यांक लिनुपर्ने बताए । ‘सरकारका अलग–अलग निकायले तथ्यांक प्रकाशन गर्छन्,’ उनले भने, ‘आगामी दिनमा केन्द्रीय तथ्यांक विभागले मात्र देशको जनगणनालगायत क्षेत्रको तथ्यांक लिने र विरोधाभाषलाई सुल्टो दिशामा लैजान जरुरी छ ।’

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend