सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विभिन्न विषयमा चर्काचर्की भएको छ ।
काग्रेस केन्द्रिय कार्यालय सानेपामा भएको बैठकमा प्रधानमन्त्री समेत रहेका काग्रेस सभापती शेरबहादुर देउवाले बैठकमा एजेण्डामै नभएको बिषयमा समेत छलफल गराएर एमसीसी पास गर्न काग्रेसमा एकमत रहेको सन्देश दिएका छन् । चुनावी गठबन्धको बिषय समेत उठे पछि देउवाले रुलिङ गर्दै यसबारे नबोल्न सचेत गराएका थिए ।
बैठकमा नेता रमेश रिजालले गठबन्धनबारे धारणा राखेका थिए । उनले चुनावमा गठबन्धन बनाएर जान नहुने तर्क राखे । उनले भने, ‘हामीले चुनावमा गठबन्धन बनाउन जरुरी छैन । काँग्रेस एक्लै चुनावमा जानुपर्छ ।’ रिजालले गठबन्धनको प्रसंग निकालेपछि सभापति देउवाले हस्तक्षेप गरे ।
उनले भने, ‘अहिले गठबन्धनको विषयमा केही नबोल्नुस् । यो गठबन्धनबारे छलफल गर्न राखिएको बैठक होइन । यसबारे उपयुक्त समयमा बैठक बस्छ । त्यहाँ राय राख्नुहोला ।’ त्यसपछि उनले गठबन्धनबारे थप धारणा नराखेको एक नेताले बताए । तर पूर्व महामन्त्री शशांक कोइरालाले भने देउवाको रुलिङका बीच गठबन्धनबारे धारणा राखे ।
‘हामीले आफ्नै अस्तित्व जोगाउनुपर्छ । काँग्रेसले एक्लै चुनाव लड्नुपर्छ ,’ उनले भने, ‘आ–आफ्नो विचार र एजेन्डा लिएर जनतामा जानु नै निर्वाचन हो । चुनावमा गठबन्धन जरुरी छैन ।’
यस्तै पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि चुनावमा जानेबारे ठोस नीति बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै सुनील थापाले चुनावलाई मध्यनजर राखेर भ्रातृ तथा शुभेच्छुक संस्थामा चाँडै विधानसम्मत कमिटी ल्याउनुपर्नेमा जोड दिए । उनले अधिवेशन हुन बाँकी जिल्लामा पनि यथाशिघ्र गर्नुपर्ने बताए । उनले भने, ‘महाधिवेशनबाट निर्वाचित पार्टी पङ्क्तिलाई क्रियाशील बनाएर चुनावमा परिचालन गरेर जानुपर्ने हुन्छ ।’
यता प्रवक्ता महतले बैठकमा स्थानीय निकायको निर्वाचनका विषयमा विस्तृत रुपमा चर्चा गरिएको बताए । उनले भने, ‘स्थानीय निकायको निर्वाचन वैशाख ३० गते जुन हुँदैछ, त्यो निर्वाचनमा नेपाली काँग्रेसले पार्टीलाई सशक्त ढंगबाट आफूलाई प्रस्तुत गर्ने, जनताको बीचमा अझ सशक्त ढंगले कसरी जोडिने रु र सफलता कसरी हाँसिल गर्ने रु त्यो एउटा छलफलको विषय छ ।’
प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताए । ‘भातृ संगठनहरुको समय सीमा सकिएको छ । कतिपय त्यहाँका नेताहरु केन्द्रीय समितिमा निर्वाचित भएपछि पद स्वतः रिक्त भएको अवस्था छ,’ उनले भने ।
‘त्यसलाई ध्यानमा राखेर भ्रातृ संगठनलाई कसरी सुदृढ गर्ने र नयाँ नेतृत्व कसरी तोक्ने भन्ने विषय पनि आजको छलफलको उनको भनाइ छ । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकोले शुक्रबार पनि छलफल चल्ने बताएका छन्
सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नरोकिने प्रवक्ता महतले बताए । एमसीसी सदनमा लैजाने कुरामा सभामुखले आफ्नो पदीय दायित्व निभाउनुपर्ने उनको भनाइ छ । ‘सभामुखले आफ्नो काम कर्तव्य र दायित्व बुझ्नुपर्छ, पदीय जिम्मेवारीबाट भाग्न मिल्दैन,’ महतले भने, ‘एमसीसीबारे संसदले निर्णय लिन पाउनुपर्छ ।’
यस्तै सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई संसदमा लैजानुको विकल्प नरहेको बताए । समितिको बैठकपछि उनले भने, ‘एमसीसीलाई निष्कर्षमा पुर्याउनुको विकल्प छैन । हामीले निष्कर्षमा पुर्याएर संसदमा लैजान्छौँ ।’
सरकारले प्रस्तुत गर्ने स्थापित मान्यताअनुसार एमसीसी संसदमा टेबुल हुने उनले बताए । उनले भने, ‘यही मिति भन्ने छैन तर हामी संसदमा लैजान्छौँ । संसदमा पेस गर्ने स्थापित मान्यता रोकेर रोकिँदैन ।’
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...