Otv Nepal शुक्रबार, असोज १६ २०८३

अन्तत एमसीसी पारित गर्न प्रचण्ड र माधव नेपाल सहमत !

  • otv nepal

    सोमबार, फाल्गुन २ २०७८
  • यथाअवस्थामा एमसीसी कुनै पनि हालतमा पारित गर्न नदिने र सरकारले जबर्जस्ती टेबुल गरे सरकार र गठबन्धन छोड्ने चेतावनी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल अन्तत एमसीसी सदनमा टेबुल गर्न सहमत भएका छन् ।

    एकाएक सत्तारुढ गठबन्धन भित्र बाटै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा विरुद्ध महअभियोग दर्ता भए पछि यसले राजनितीक तरंग त गएकै छ । माओवादी जनयुद्ध दिवसकै अवसर पारेर छापामार शैलीमा महाअभियोग आउँनुका कारणहरु पनि बल्ल खुल्न थालेका छन् ।

    प्रचण्ड र माधव नेपाल संसदमा एमसीसी टेबुल गर्न र पास गर्र्न सहमत भए पछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा प्रधान्यायाधिश चाोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग ल्याउँन तयार भएको रहस्य खुलेको छ । बाहिर सडकमा एमसीसीको विरोधमा कार्यकर्ता उचालेर भित्रै भित्रै एमसीसी पास गर्न सहमती गर्ने प्रचण्ड र माधवको चरित्र पनि उदांगो भएको छ ।

    नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीका नेताहरुलाई बताएअनुसार प्रतिनिधिसभाको आगामी बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनका लागि पेश हुनेछ । सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुने छन् र एमसीसी पास गर्ने वा नगर्ने नेकपा एमालेमा भर पर्नेछ ।

    प्रचण्ड र माधव नेपालले तत्कालको राजनिती हेरर एमसीसी पास पनि हुने र गठबन्धन पनि जोगिने सुत्र भन्दै भित्र भित्रै एमसीसी पास गर्नै सघाउँने र बाहिर लोकाचारका लागी आफ्ना सांसद एमसीसी पारित हुने दिन संसद बाहिर निकाल्ने रणनितीमा लागेका छन् । यो उनीहरुलाईनै प्रत्युत्पादक हुने विश्लेषण गरिएको छ ।

    प्रधानमन्त्री एमसीसी टेबल नगरी नछाड्ने, प्रचण्ड–माधव नेपालले नदिने अडानका कारण सत्तारुढ गठबन्धनकै भविष्यमा प्रश्न उठेको थियो । प्रधानमन्त्री देउवाले प्रमुख विपक्षी नेकपा एमालेसँग सम्वाद गरे । त्यो थाहा पाएपछि प्रचण्डले पनि पार्टीका नेताहरुमार्फत एमाले नेताहरुसँग सम्वाद गरे । कांग्रेसका एक नेता भन्छन्, ‘यो बीचमा एमालेलाई देखाएर दुबैले एकअर्कालाई तर्साउने खेल भयो ।’

    अमेरिकाले पनि प्रचण्डमाथि दबाव बढाउन देउवासँग मिलेर ४र५ महिना समय माग गर्दै लेखेको पत्र सार्वजनिक मात्र भएन, २८ फेब्रुअरी अर्थात् १६ फागुनको डेडलाइन दियो ।प्रधानमन्त्री देउवाले २३ माघमा प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुबाटार बोलाए । नेताहरुका अनुसार त्यो छलफलमा देउवाले एमसीसी अनुमोदनका लागि एमालेको साथ लिएर भए पनि अघि बढ्न सक्छु भन्ने सन्देश दिन चाहेका थिए ।

    तर ओलीले एमसीसी टेबल भएको अवस्थामा एमालेले समर्थन गर्छ भनेनन् । बरु अरु बेला झै सत्ता गठबन्धनको धारणा आएपछि मात्र बोल्ने भनेर पन्छिए ।

    एमसीसीबारे अलमल कायमै रहेका बेला २७ माघमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका शीर्ष नेतालाई फोन गरे । प्रधानमन्त्री देउवाका साथै प्रचण्ड र ओलीलाई फोन गरेका उनले पाँचबुँदामा आफ्नो सन्देश सुनाएका थिए ।

    लुको फोनलाई विदेशी हस्तक्षेप भनेर बाहिर आलोचना भए पनि शीर्ष नेताहरु चर्को दबावमा परेका थिए । स्रोतका अनुसार लुले फोन गर्नुअघि नै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शीर्ष नेताहरुलाई भेटेर विदेश सहायकमन्त्रीले फोन गर्ने र यही पढ्ने भन्दै एक सन्देश सुनाएका थिए ।

    त्यसमा नेपाललाई दिने सहायता घटाउने र चिनियाँ दूतावासले नेपालको विदेश नीति सञ्चालन गर्‍यो भनेर बुझ्ने मात्र होइन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र मानवअधिकारमा चासो रहन्छ समेत भनिएको छ । ‘लिखित दिइएको छैन । तर प्रधानमन्त्रीसहित सबैलाई सहायकमन्त्री लुले पढ्ने यही हो भनेर सुनाइएको थियो,’ स्रोत भन्छ, ‘भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण अरुमा पनि लागू हुन्छ, तर मानवअधिकार विषय प्रचण्डतिर लक्षित थियो ।’

    लुको फोन आउने ठिक अघिल्लो दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्तावको दर्ता गर्ने सत्तारुढ गठबन्धनको तयारी पनि एकाएक रोकिएको थियो । २४र२५ गते दलहरुले महाअभियोगका लागि सहमति जुटाएका थिए, तर एमसीसीकै कारण प्रधानमन्त्री देउवाले गठबन्धनमा सल्लाह नै नगरी संसद बैठक स्थगित गरेका कारण त्यो हुन सकेको थिएन ।

    एकीकृत समाजवादीको १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमालेले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा पेशीमा चढ्ने सूचना पाएपछि प्रचण्ड र माधव नेपाल दबावमा आए । उनीहरुले शनिबारको भेटमा देउवालाई एमसीसी अगाडि बढाउन संकेत गरे, तर प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउनुपर्ने बताए । पार्टीमा पनि जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपर्ने मत भएकाले देउवाले पनि यसलाई सहजै स्वीकार गरे ।

    जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रम सकेर प्रचण्ड बालुवाटार पुगेका थिए । त्यसको केहीबेरमा महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ भने सभामुखले पनि एमसीसीलाई नरोक्ने सन्देश कांग्रेस नेताहरुलाई दिएका छन् । ‘सबैको स्वार्थ पूरा भएको छ,’ देउवा निकट स्रोत भन्छ, ‘गठबन्धन भत्कियो भने एकपछि अर्को मुद्दा पर्ने र पार्टी नै नरहने उहाँहरुको डर पनि सकियो । एमसीसी अगाडि बढाउने र गठबन्धन जोगाउने प्रधानमन्त्रीको चाहना पनि पूरा भयो ।’

    यद्यपि अहिलेसम्म प्रधानमन्त्री देउवाका लागि एमसीसी संसदबाट पास गर्ने हो भने प्रचण्ड र माधव नेपालका लागि टेबल गर्ने मात्र हो । स्रोत भन्छ, यसमा खेल बाँकी नै छ ।’

    एमसीसी सम्झौता संसदमा अनुमोदन गराउने क्रममा मन्त्रिपरिषद्‍बाट नयाँ निर्णय नगर्ने सरकारको तयारी छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले निर्णय गरेर तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा दर्ता गराएको प्रस्ताव अघि बढाउने देउवा सरकारको तयारी छ । त्यो प्रस्तावमा एमसीसी सम्झौतालाई संघीय संसदबाट अनुमोदन गराउने र दातृ निकायलाई जानकारी गराउने भनिएको छ ।

    स्रोतका अनुसार यही बुधबार बस्ने प्रतिनिधिसभा बैठकमै एमसीसीबारे छलफल गराउने सरकारको तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले पनि भोलि सोमबार सर्वदलीय बैठक बोलाएका छन् । यदि ४ फागुनको संसद बैठकमा एमसीसीबारे छलफल हुने भयो भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुने वा एमसीसीको विरोध गरेर बाहिर निस्कने बाटो रोज्न सक्छन् । त्यो बेला संसदमा उपस्थित सांसद संख्याको बहुमतका आधारमा एमसीसी पास गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।

    उनको हिसाब छ, एमसीसीको विपक्षमा जम्मा चार भोट खस्छ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिङ्देन र नेकपा एमालेका भीम रावल । स्रोतका अनुसार रावलले एमसीसी टेबल भए संसदमा उपस्थित भएर विपक्षमा भोट हाल्ने खबर पठाएका छन् । अरुले एमसीसीको विपक्षमा मत दिने निर्णय गर्न नसक्ने प्रधानमन्त्री देउवाको दाबी छ ।

    तर देउवाले चाहे जसरी एमसीसी पास गर्न पनि एमाले नै निर्णायक हुने देखिएको छ । संसदमा एमालेका ९७, कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २४, जनता समाजवादीका १९, लोकतान्त्रिक समाजवादीका १३ र जनमोर्चा, नेमकिपा र राप्रपाका एक–एक सांसद छन् ।

    नेताहरुले बताएअनुसार पार्टीभित्र र बाहिरको जनमत हेर्दा अहिले नै प्रचण्डले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्न सक्ने अवस्था छैन । यसबाहेक पार्टीले कुनै निर्णय नगरी सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिने वा मतदान हुने दिन संसदमा अनुपस्थित हुने बाहेक अर्को विकल्प पनि छैन ।

    त्यसैले प्रचण्डले एमसीसी अगाडि बढाउन दिने, तर संसदमा अनुपस्थित हुने विकल्प रोजेको हुनसक्ने भन्दै ती नेता भन्छन्, भन्छन्, यो गठबन्धन निर्माण नै फरक परिस्थितिमा भएको छ, त्यसैले यो बाटो लिन सक्छौं । अर्को चाहिँ एमसीसीमा हामीले लिँदै आएको अडानका कारण तुलनात्मक रुपमा कम क्षति हुने विकल्प हो ।’

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज १२ २०८३

    “हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”

    हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...

    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend