Otv Nepal मंगलबार, साउन १२ २०८३

प्रचण्डको असली चरित्र सुर्य थापाले पारिदिए नांगेझार !

  • otv nepal

    सोमबार, फाल्गुन २ २०७८
  • नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड माथी व्यंग्यात्मक रुपमा कडा प्रहार गरेका छन् ।

    जता पनि ठिक्क हुने र आफ्नो स्वार्थका लागी जे गर्न पनि तयार हुने प्रचण्डको मनोवृती र चरित्र उपर एमाले नेता थापाले नांगेझार बनाइदिएका छन् । विभिन्न सन्दर्भमा प्रचण्डले खेलेका खराब भूमिकालाई शब्द चित्र मार्फत थापाले छर्लङ्गै पारिदिएका छन् ।

    एमाले नेता थापाले सत्तागठबन्धनकै दलले प्रधानन्ययाधिश चोलेन्द्र शमशेर जबरा माथी लगाएको महाअभियोग देखि जनयुद्धका नाममा प्रचण्डले गरेको बदमासी सम्मलाई छोएका छन् भने बाहिर बाहिर आर्दशका कुरा गर्ने तर भित्रै भित्रै व्यापारी पोस्ने देखी परिवारवादमा चुर्लम्म डुबेका प्रचण्डको तस्बिर उदांगो पारिदिएका छन् ।

    रोचक कुरा त भ्यालेन्टाइन डे कै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको प्रेमिल तस्बिर सामाजिक संजालमा सेयर गर्दै थापाले लामो आलेख लेखेका छन् । बाहिर नदेखिने प्रचण्डको भित्रि रुप देखाउँने गरि थापाले लेखेको आलेख यस्तो छ

    दु:ख छ बरै !
    १- ‘जनयुद्द’मा १७ हजार नागरिककाे संहार गरेर त आएकाे हाे। करिब तीन कराेडमा याे कुन ठूलाे संख्या हाे? मैले ५ हजारकाे जिम्मजमानी लिइसकें। तैपनि मैले शान्तिका कुरा गर्दा मानिसहरू किन हाँस्ने? यसपालि फागुन १ गतेकाे जनयुद्ध दिवस म, देउवाजी र माधवजीले न्यायालयमाथि छापामार हमला गरेर मनाएकाे संकेत बुझ्नुपर्ने हाेइन?

    २- म केवल ३३ बर्षदेखि महामन्त्री र अध्यक्ष भई पार्टीको मूल नेतृत्वमा बिराजमान छु। शाहहरूले २४० बर्ष राष्ट्रप्रमुख, राणाहरूले १०४ बर्ष सरकारप्रमुख र माेहनविक्रमजीले ‘सामाजिक शिक्षा’ विषयमा कारबाही पर्दासमेत गरि ४७ बर्षदेखि निरन्तर कम्युनिस्ट पार्टीको महामन्त्री सम्हालिरहनुभएकाे छ । मैले त अध्यक्ष, महामन्त्री र महासचिव गरी जम्मा जम्मी ३३ बर्ष मात्रै त हाे ।अनि मैले जनवाद र लाेकतन्त्रका भाषण गर्दा नपत्याउनु? अस्ति भर्खर आठाैं महाधिवेशनमा लाेकतन्त्रकाे सुन्दर अभ्यास गरेर फेरि आफै सर्वसम्मत भएकाे छु । ओली चितवनमा सर्वसम्मत हुनसके? सकेनन् नि! म त सम्मेलन भन्दै भन्दै झ्याप्प महाधिवेशन गरेर सर्वसम्मत भएँ। याे महान् छलाङसम्म नबुझ्ने कस्ता साथीहरू?

    ३- अहिले ठेकेदार शारदाप्रसादकाे रामझुपडीमा र यसअघि सुमार्गीजीका आफन्तकाे साैजन्यमा नि:शुल्क भाडामा बसेर सादा जीवन बिताएकाे छु। मैले उच्च क्रान्तिकारी भाषण गर्दै हिड्दा किन कर्णप्रिय मानेर नसुनी नुवाकाेट र नगरकाेटकाे बाटाेकाे ठेक्का लिएर काम नगर्ने ठेकेदारकाे डेरावाला भनेर उडाउने ? यसाे गर्न मिल्छ?

    ४- मेराे परिवारका सबै सदस्य- छाेरी, ज्वाइँ र बुहारीलाई एकएक वटा राजकीय नियुक्ति र जिम्मेवारी मात्रै त दिएकाे हाे, विराेधीहरूले त्यसलाई दाहालतन्त्र भनी बेकारमा खेदाे खन्ने गर्छन्, जनयुद्ध मेराे नेतृत्वमा भएकाे हाे, जसकाे नीति उसकाे नेतृत्व र माैरी काढ्नेले नै मह चाट्छ भन्ने पनि नबुझ्ने? उत्तर काेरियामा किम इल सुङले कान्तिकाे नेतृत्व गर्नुभयाे,आज नातिले राष्ट्रपति र महान् नेता भएर नेतृत्व गरिरहेका छन्। प्रकाश गइहाले, नत्र यहाँ पार्टीको भावी नेतृत्व उनैले सम्हाल्नसक्ने प्रचूर संभावना देखिरहेकाे थिएँ।हामीले राजतन्त्र फालेर स्थापना गरेकाे लाेकतान्त्रिक गणतन्त्रमा बिना मन्त्री नभएर हिमानी त हुने हाेइन नि! हाम्राे यति सुन्दर अभ्यासकाे पनि साथीहरूले प्रशंसा नगर्ने?

    ५- एमसीसी संझाैता २०७४ मा देउवाजीलाई मैले प्रधानमन्त्री बनाएपछि महराले वार्ता गरी टुंग्याएर हाम्रै सल्लाहमा ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सही गरेकाे हाे। अहिले फेरि ओलीलाई हटाएर मैले देउवाजीलाई नै प्रधानमन्त्री बनाएपछि ४-५ महिनाभित्र संसदबाट अनुमाेदन गराउने भनी लिखित कबुलियतनामा पठाएको हाे! मने, त्यसबापत हामीले के पाउने हाे? यतिका समय लिंदा पनि कुरा प्रष्ट नभनिदिएपछि यहाँ राँके जुलुस निकाल्न र बिराेध गर्न त मैले नै लगाएकाे हाे! जनताकाे भावनालाई बुझ्ने म जस्ताे अत्यन्त भावुक र विशेष संवेदनशील नेतृत्वलाई उल्टै प्रहार गर्ने ? युद्ध अपराधमा कारबाही नगर्ने भनी अमेरिकीहरूले हामीलाई लिखित कबुल गर्नुपर्दैन त ?

    ६- सर्वाेच्च अदालत र त्यसका प्रधानन्यायाधीशले त गठबन्धनको लाचारछायाँजस्तै बनेर पाे काम गर्नुपर्छ। हामीले जेजे भन्छाैं, परमादेशजस्तै साेसाे पाे फैसला गरिदिनुपर्छ। ‘मैले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने र माधवजीले आफ्ना मावली ईश्वर खतिवडा’लाई भावी प्रधानन्यायाधीशकाे लाइनमा राख्ने, त्यसकाे लागि चाेलेन्द्र श्रीमानले राजिनामा दिने वा घरविदामा बस्ने मात्र त भनेकाे हाे, त्यति पनि नमानेपछि अदालतमा अराजकता, बिकृति र बेथिति बढाएकाे दाेषमा उनीमाथि महाअभियाेग दर्ता गर्नु परेन ? यसका निम्ति देउवाजीलाई शनिबार कुन दु:खले मनाइएकाे छ भनेर नबुझिदिने ?

    ७ – हामी(माेहनजीसमेत)ले जीवनभरि कम्युनिष्ट पार्टीको पसल थापेर अहिले देउवाजीकाे नेतृत्वमा समाजवादकाे आधार तयार गर्ने क्रान्तिकारी काम गरिरहेकाे सामान्य कुरा समेत नबुझ्ने हाे त? यति कुरा पनि नबुझेकाहरूले के राजनीति गर्नु? कति मेहेनतले यसमा माधवजी, झलजी, विक्रमजी, केसीजी र दुर्गाजीहरूलाई समेत सहमत गराइएकाे छ । हामीले सकेनाैं र सक्दैनाैं,ओलीलाई त दिनैभएन, उनी हामीले भनेभन्दा भिन्न देश बनाउने प्रतिगमनकाे बाटाेमा पाे लागे ! अब तपाईंले हाम्राे नेतृत्व गरेर कम्युनिस्ट सत्ता र समाजवादचाहिं ल्याउनैप-याे भनेर देउवाजीलाई सहमत गराएर सात महिनादेखि उहाँको छत्रछाँयामा हामी छाैं!यस तथ्यकाे आधारमा सत्यमा पुग्न नसक्ने पनि वामपन्थीहरू हुन्छन् ?

    ८- अब अग्निप्रसादजीले एमसीसी प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ। ओलीलाई सताउन र असफल बनाउन उहाँहरू(महरा र अग्निजी)ले विशेष जिम्मेवारी पूरा गरिसक्नुभयाे। देउवाजीलाई तर्साएर महाअभियाेग दर्ता गर्ने ठाउँमा ल्याउन पनि सफल भूमिका खेलिसक्नुभयाे, यसकाे पार्टीले उच्च मूल्यांकन गर्दै दीपक कार्की नेतृत्वकाे सर्वाेच्चबाट युद्धकालीन विचाराधीन मुद्दामा उन्मुक्ति र सफाइ दिलाउने फैसला छिटोभन्दा छिटाे गराइने छ।

    तर अब एमसीसी ओलीले भाेट हालेर पारित गराइदिनुपर्छ, त्यसका निम्ति म सानाे बनेर बालकाेट जान पनि तयारै छु । राजनीतिमा यस्ताे गर्न सक्नुपर्छ। अनि देउवाजीले उहाँको नेतृत्वको गठबन्धन कायम राखी चुनावमा लगेर हामीलाई जिताउने जिम्मेवारी पनि पूरा गर्नुपर्छ। नत्र त हामी न क्रान्तिकारी रहन्छाै न त चुनाव जितेर संसदमा आउनसक्ने अवस्थामै छाैं । उहाँहरू दुबैजनाले त्यसाे नगरे त हामी चुनावमा जाँदैनाैं,फेरि जंगल जान्छौं।
    यसपालि जंगल जाँदा माधवजी र विक्रमजीसहित उहाँहरूका सबैलाई साथमै लैजाने काेशिस गर्छाैं! अनि हेर्नुहाेला !!

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend