एमसीसी पारित गराउँन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग याचना गरेका नेपाली काग्रेसका महामन्त्री गगन थापालाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले मुख भरिको जवाफ फर्काएका छन् ।
एमालेलाई राम्रो बुझेर मात्रै सार्वजनिक धारणा बनाउँदा राम्रो हुने भन्दै एमाले नेता थापाले काग्रेस नेता थापालाई सरकारमा प्रचण्ड र माधव नेपाल जस्ता दुइधारेलाई बोकेर एमालेको सहयोगमा एमसीसी पास गराउँला भन्ने सपना नदेख्न सचेत गराएका छन् ।
काग्रेस महामन्त्री गगन थापाले एमाले सरकारलेनै सदनमा पेस गरेको एमसीसीको प्रस्तावलाई काग्रेस सरकारले टेबुल गरेर पास गर्न खोजेको भन्दै मिसलिड हुने गरि सार्वजनिक अभिव्यक्ति दिए पछि एमाले नेता थापाले विभिन्न सन्दर्भहरु सहित गगनलाई स्मरण गराएका छन् ।
परमादेशबाट बनेको देउवा सरकारले एमसीसी सदनमा पेस गरेर विवादकै विच पास गर्ने तयारी गरेकै बेला एमाले नेता सुर्य थापाले काग्रेस नेता गगन थापालाई निम्न कुराहरु स्मरण गराउँदै आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन् –
नेपाली काँग्रेसका एक महामन्त्री गगन थापाजीले संचारकर्मीहरूसँग २०७६ असार ३० गते तत्कालीन सरकारले संसदमा अनुमाेदनका लागि पठाएको एमसीसीमा मतदान गर्न नेकपा एमालेलाई अनुराेध गर्नुभएको एकदम कपटी धारणा राख्नुभएको सुनियाे। तपाईंको पार्टी त्यतिबेलाचाहिं किन माैन बसेकाे ? तपाईं आफैले संशाेधनबिना पारित गर्न सकिँदैन भनेर त्यतिबेला के भन्दै हिडेकाे?आज संशाेधनचाहिँ के भयाे त? तपाईंको आफ्नै डबल स्ट्यान्डर्ड ऐनामा हेर्नुस !
म व्यक्तिगत बुझाइ हाेइन, पार्टीको पाेजिसन भनिरहेकाे छु-
१) पुष्पकमल दाहाल प्रचण्ड, माधव कु.नेपाल र दुर्गा पाैडेलहरूसँग मिलेर केपी शर्मा ओली र नेकपा एमालेविराेधी माेर्चाबन्दी गरेर परमादेशकाे सरकार बनाउँदा पृथ्वी नै जितेजस्ताे गरेकाे हाेइन? अनि एमसीसी अनुमाेदन गर्दा किन एमालेकाे भाेटकाे अपेक्षा गर्ने? गठबन्धनले देउवाकाे पक्षमा १६५ भाेट पाएकाे हाे, त्यसबाट १३८ मात्रै भाेट खसाले त एमसीसी पारित भइहाल्छ । अनि किन एमाले संझेर न्यामन्याम गर्नुप-याे? तपाईंको हिसाब यहाँनेर काम लागेन।
२) प्रचण्ड, नेपाल र पाैडेलहरू एमसीसीविरूद्द सडक र सरकार दुबै डुंगामा खुट्टा टेकेर उफ्रिरहेका छन्। याे संझाैता पारित नगर्ने हाे भने तिनलाई किन सरकारमा राखेकाे त ? पहिले सरकारबाट निकालेर माइतिघर मण्डला पु-याउनुस, अनि नयाँ शिराबाट छलफल थाल्नुस, तब पाे तपाईंको याचनाकाे कुनै अर्थ हुन्छ!
३) एमसीसीलाई गिजाेलेर विद्रूप बनाउनेहरूसँग तपाईं गठबन्धन गरेर देशमा लुटमार मच्चाउने, याे संझाैता सन् २०१७ मा यस्तै (देउवा-प्रचण्ड) गठबन्धनले गरेकाे हाे र यसकाे अनुमाेदन गर्न उही प्रकारकै माेर्चाबन्दी कायम छँदैछ। सभामुखसँग साैदावाजी र माेलताेल मिलिसकेकाे नै छ, अनि मानाैं एमालेले अनुमाेदन गरिदेओस् जस्ताे मलिन अनुहारमा विगतमा ओलीसरकारले दर्ता गराएकाे प्रस्ताव भन्दै किन चकलेट मागेजस्ताे भाेट माग गर्नुहुन्छ ?
५) आजकाे स्थितिमा एमाले संसदभित्र जारी संघर्ष अकारण छाडेर अग्निप्रसादकाे नेतृत्वमा सदन चलाउने नियमित प्रक्रियामा सहभागी हुनसक्छ त? सरकारी प्रस्ताव पारित गराउन नसके किन सरकारमा बस्नु त? फेरि हिजाेकाे सरकारकाे अविछिन्न उत्तराधिकार बहन नगर्ने हाे भने आज सरकार पक्षकाे भनेर तपाईंहरू किन मुख देखाउनु त ?ठाेस छलफल र सहमतिबेगर तपाईंको पार्टीका प्रस्ताव बाेकेर हिड्ने सजिलाे प्रतिपक्ष एमालेलाई ठान्नु तपाईंको भूल वा भ्रान्ति भएन र?
पहिले एमाले बुझ्नुस, अनि मात्रै सार्वजनिक धारणा
राख्नुस !
अन्यथा, सम्झिनुस- पानी छम्किनुस ल !
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...