काठमाडौँ, श्रावण २७ गते नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा आर्थिक वर्ष २०८२/०८३ मा प्रकाशित कानुन तथा न्याय क्षेत्रका पुस्तकहरू मध्येबाट अधिवक्ताद्वय उद्धव प्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएको छ। रिनोवेसन नेपालले प्रकाशन गरेको यस व्यावहारिक सन्दर्भग्रन्थका लेखकहरूलाई समारोहका प्रमुख अतिथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनका आधारमा तयार पारिएको यस पुस्तकमा स्थानीय तहका न्यायिक समितिको अधिकारक्षेत्र, उजुरी व्यवस्थापन, मेलमिलाप प्रक्रिया, निर्णय लेखन र अभिलेख व्यवस्थापनजस्ता विषयलाई अत्यन्त सरल र अभ्यासमूलक ढङ्गले प्रस्तुत गरिएको छ, जसले जनप्रतिनिधि, कानुन अधिकृत, मेलमिलापकर्ता तथा कानुन व्यवसायीहरूलाई व्यावहारिक कार्यसम्पादनमा प्रत्यक्ष सहयोग पुर्याउँछ।
संघीय शासन प्रणालीअन्तर्गत स्थानीय स्तरमै नागरिकलाई न्यायमा सहज पहुँच पुर्याउने र न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको यो पुस्तक स्थानीय न्यायिक अभ्यास र मेलमिलाप प्रणालीका लागि एउटा महत्त्वपूर्ण मार्गदर्शक बनेको छ। सम्मान ग्रहण गर्दै लेखकद्वय अधिकारी र नेपालले प्राप्त पुरस्कारलाई व्यक्तिगत उपलब्धिभन्दा पनि स्थानीय न्याय प्रणाली र मेलमिलापको संस्थागत विकासमा गरिएको प्रयासको कदरका रूपमा स्वीकारेको बताए। कानुन व्यवसायको विकाससँगै अनुसन्धानमूलक लेखनलाई प्रोत्साहन गर्दै आएको परिषद्द्वारा आयोजित उक्त समारोहमा कानुन तथा न्याय क्षेत्रका विशिष्ट व्यक्तित्व, न्यायाधीश, वरिष्ठ अधिवक्ता, परिषद्का पदाधिकारी र कानुनी विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय तहमा न्यायिक अभ्यास सुरु भएको एक दशकमा देखिएका प्रक्रियागत जटिलतालाई सम्बोधन गर्न सफल भएकोले यस पुस्तकको सम्मानलाई स्थानीय न्याय क्षेत्रको अध्ययन र लेखनमा प्राप्त ठूलो मान्यताका रूपमा हेरिएको छ।
नेपालतर्फ नजिकिँदै ‘मोन्था’ चक्रवात :कोसी, मधेस र बागमतीमा भारी वर्षाको सम्भावना
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज (बुधबार) रातिदेखि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश...
फूलपातीको दिन रिलिज हुँदै ३ ठुला चलचित्र
दसैंको फूलपातीको अवसर पारेर यहीँ असोज १३ गते तीन प्रतिक्षित नेपाली चलचित्रहरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् । सोमबारदेखि प्रदर्शनमा आउने यी तीन चलचित्रको लागि देशभरका अधिकांश...
कैदीबन्दी झडपमा कैलाली कारागारमा एकको मृत्यु , ४८ जना घाइते
कैलाली जिल्ला कारागारमा १५० क्षमतामा ६९५ कैदीबन्दी राखिँदा पटक–पटक तनाव हुँदै आएकोमा, तीन अभियुक्तको सरुवापछि भएको झडपमा एक कैदीको मृत्यु र ४८ जना घाइते भएका छन्। झडपको आशंका बारे ५...
पछिल्लो एक बर्षमा विदेशमा ज्यान गुमाएका १४०१ नेपालीको शव ल्याइयो नेपाल
गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १,४०१ नेपाली कामदारको शव नेपाल ल्याई परिवारलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै मृत्यु २६ देखि...
क्यान्सरको ३७ प्रकारका औषधी निःशुल्क पाइने
स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार – अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफको सहयोगमा अब क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक ३७ प्रकारका औषधीहरू सरकारमार्फत ४ अस्पतालबाट निःशुल्क उपलब्ध हुने भएका छन् । डाइरेक्ट...
“किन सामुदायिक र निजी विद्यालयको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएन?
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुल ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९७१ जनाले उच्चतम चार जीपीए प्राप्त गरेका छन्। नियमित परीक्षामा सहभागी...
काठमाडौं र धरान सहित २४ नगरपालिकाले असार १० गतेभित्र पेश गर्न सकेनन् बजेट
बालेन र हर्क सम्पाङका काठमाडौं र धरान सहित २४ नगरपालिकाले असार १० गतेभित्र बजेट पेश गर्न सकेनन् भने यसमा सबैभन्दा धेरै मधेश प्रदेशका (१६) नगरपालिकाहरु छन् र धेरैमा आन्तरिक...
खोला दोहनविरुद्ध बोल्दा रास्वपा नेतामाथि वडाध्यक्षले गरे रड प्रहार
स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनील खनालले आँधीखोला बचाउ अभियानमा सहभागी भएर फर्किरहेका रास्वपाका दुई नेतामाथि फलामको रड प्रहार गरी घाइते बनाएका छन्। घाइतेमध्ये दिनकर नेपालको हातको हड्डी क्र्याक भई...
ग्वार्कोको ओभरपास असार ६ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ। ओभरपासको प्रमुख संरचनाहरू अहिले पूर्ण रूपमा तयार भइसकेका छन् भने आगामी असार ६ गतेदेखि ओभरपासबाट...
महाप्रसादको हस्ताक्षर भएको ६ करोड ३० लाख थान १० रुपयाँको नोट आजदेखि चलनचल्तीमा
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैँकले १० रुपैयाँ दरका ६३ करोड रुपैयाँ बराबरको नोट सोमबारदेखि बजारमा...
काठमाडौं मेडिकल कलेजको ऐतिहासिक सफलता: ब्रेन डेड अंगदान सफल, नेपालमै छैटौँ केस
काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्नो चिकित्सा इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ब्रेन डेड डोनरमार्फत सफल अंगदान सम्पन्न गरेको छ। यो नेपालमा अहिलेसम्म मात्र छैटौँ पटक भएको दुर्लभ...
राधिका शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करूणा’ माथि हिजो काभ्रेको धुलिखेलमा विमर्श गरिएको छ। वक्ताहरूले आत्मकथाले मानव जीवनका विभिन्न पक्षमा करुणा झल्काएको बताए। नगर प्रमुख अशोक ब्याञ्जूले...
एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन् शिक्षक, ५ लाख बिध्यार्थिको भबिष्य नै अन्योलमा
शिक्षक तथा कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको छ। उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगिसकेको भए पनि शिक्षकहरूले कपी जाँच्न नजाँदा प्रक्रिया रोकिएको छ। परीक्षा नियन्त्रक...
७ दिन भित्र दर्ता नभए नेपालमा फेसबुक नचल्ने
नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई देशमा दर्ता हुन आह्वान गरेको छ, तर फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरले उक्त आग्रहलाई बेवास्ता गरेका छन्। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले दर्ता नभए फेसबुक...
निर्माता पौडेल भन्छन्– ‘सबै निर्माताले हलमा २०/२५ लाखको टिकट किन्छन्, हामिले पनि किनेकै हो’
चलचित्र निर्माता विनोद पौडेलले हाल फिल्म रिलिज हुँदा निर्माताले नै लाखौं रुपैयाँको टिकट किन्ने गरेका बताएका छन्। उनले आफ्नो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज गर्दा पनि १०–१२ लाखको टिकट किनिएको...
साउदीले लगायो १४ देशमाथि भिसा प्रतिबन्ध
साउदी अरेबियाले भारत, पाकिस्तानसहित १४ देशका लागि उमराह, व्यापार र पारिवारिक भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा हजको समयमा अनधिकृत तीर्थयात्रीलाई रोक्न यो कदम चालिएको...
एकै दिन करिब चार हजारले घट्यो सुनको मुल्य
नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीबार हाल सम्मकै उच्च विन्दुको पुगेको सुनको मूल्य आज एकैदिन ३९ सय रुपैयाँले घटेको हो । हिजो १२ सय रुपैयाँले बढेर हालसम्मकै...
एक तोला सुनको मुल्य एक लाख ८० हजार तीन सय रूपैयाँ
आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १,८०,३०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १,२०० रुपैयाँ बढी हो। चाँदीको मूल्य भने २५ रुपैयाँ घटेर प्रतितोला...
बिराटनगर किंग्सले रोहित शर्मा अनुबन्ध गरेको भन्दै पोष्ट गरेपछि…
मंगलबार नेपालको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग टोलि बिराटनगर किंसले सामाजिक सञ्जालमार्फत रोहित शर्माको विषयमा अचम्मको पोष्ट सार्वजनिक गर्यो । बिराटनगरकको त्यो पोष्ट सामाजिक सञ्जालमा क्षणभरमै भाइरल बन्न...
१ महिनाभित्र दर्ता नभए फेसबुक,एक्स र इन्स्टाग्राम नेपालमा नचल्ने
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न एक महिनाभित्र दर्ता हुन निर्देशन दिएको छ। यदि तोकिएको समयमा दर्ता नभए, फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता प्लेटफर्महरू रोक लगाउने...