विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षाको लागि पर्याय बनेको रिभेरा इन्टरनेसनल एकेडेमीले विगत सात
वर्षदेखि १०+२ मा विज्ञान सङ्काय सञ्चालन गरिरहेको छ ।

सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार पूरा गरी सञ्चालन सुरु गरेको कलेजको आफ्नै भवन तथा पर्याप्त खेलमैदान रहेको छ ।

‘एक्काइसौँ शताब्दीको शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने नाराको साथ 10+2 सञ्चालनमा ल्याएको रिभेराले विगत ५ वर्षदेखि कक्षा १२ को बोर्ड परीक्षामा निरन्तर शतप्रतिशत नतिजा प्राप्त गरिरहेको कुरा बताउनुहुन्छ कलेजका प्राचार्य प्रज्वल कोइराला । गत बर्षको बोर्ड परीक्षामा पनि शतप्रतिशत नतिजा सहित न्युनतम जिपिए (GPA) ३.०१ रहेको कुरा बताउनुहुन्छ कोइराला ।
प्रत्येक विद्यार्थीको अन्तरनिहित प्रतिभा तथा क्षमता पहिचान गरी सिकाइ प्रक्रियामा प्राथमिकताका साथ सहभागी गराउँदा एवं विद्यार्थीको पढाईलाई निरन्तर अभिभावकको सम्पर्कमा रही निगरानी गर्दा यो नतिजा प्राप्त गर्न सफल भएको कुरामा जोड गर्नुहुन्छ कोइराला । सुरुदेखि नै वार्षिक, मासिक, साप्ताहिक तथा दैनिक पाठ्ययोजनाका साथ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा तोकेको समयमा पाठ्यक्रम पुरा गर्न सफल हुने र पर्याप्त समय पुनरावृत्ति अभ्यास (Revision Work) गराइने कारणले परीक्षामा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सकेको विश्वास कोइराला गर्नुहुन्छ । राम्रो परीक्षाफल तथा प्रवेश परीक्षा तयारी सम्बन्धी बिशेष अभिमुखिकरणको परिणामस्वरुप विद्यार्थीहरु एमबिबिएस एबं बिइ लगायत अन्य विषयमा ब्याचलर अध्ययन गरिरहेको कुरा बताउनु हुन्छ कोइराला । 
त्यसैगरी व्यवहारिक तथा व्यावसायिक शिक्षाका निमित्त नियमित र विषयगत रुपमा पाठ्यवस्तुमा आधारित स्थलगत अध्ययन (Field Visit), तथ्यांक संकलन (Data Collection), प्रतिवेदन लेखन (Report Writing), एवम् प्रस्तुतीकरण (Presentation) सहितको अनुसन्धानमा आधारित शिक्षण सिकाइ कलेजको मुख्य आधार स्तम्भ रहेको कलेजका अध्यक्ष नरेन्द्र भट्टराई बताउनुहुन्छ । कलेजमा रहेको सेमिनार हलमा सबै विद्यार्थीले अनिवार्य प्रस्तुतिकरण गर्नुपर्ने व्यवस्था रहेको कुरा गर्नुहुन्छ अध्यक्ष भट्टराई ।


यसप्रकारको शिक्षण सिकाइ क्रियाकलापले विद्यार्थी भाइबहिनीहरुको नेतृत्व विकासमा टेवा पुगेको कुरामा विश्वास गर्नुहुन्छ भट्टराई ।
व्यवहारिक ज्ञान हासिल गर्ने सन्दर्भमा शिक्षण सिकाइ प्रक्रियालाई सहजीकरण गर्नका लागि कलेजमा सुविधा तथा उपकरण सम्पन्न फिजिक्स, केमिस्ट्री, बायोलोजी तथा कम्प्युटर ल्याबको पनि व्यवस्था रहेको छ ।


नियमितरुपमा विषयवस्तुसँग सम्बन्धित प्रयोगात्मक कार्यहरु कलेजमा हुने गरेको छ । अध्ययन अनुसन्धान कार्यका लागि अनुसन्धान केन्द्रका रुपमा भौतिक तथा विद्युतीय पुस्तकालयको सुबिधा कलेजमा रहेको छ । विद्युतीय पुस्तकालयमा आठ हजारभन्दा बढी विभिन्न विषयका पुस्तकहरू अफलाइन अनस्क्रिन पढ्न सक्ने व्यवस्था गरेको छ भने प्रस्तुतीकरण तथा डिजिटल कक्षाका लागि स्मार्ट बोर्ड सहितको सेमिनार हलको व्यवस्था रहेको छ । साइन्स फ्याकल्टीका कक्षाहरु डिजिटलाइज्ड रहेका छन् ।

आजको युग सुहाउँदो सीपको विकास नगरी ग्लोबल एजुकेसनको अवधारणा पुरा हुन सक्दैन भन्ने तथ्यलाई मध्यनजर गर्दै कलेजले आफ्नो स्थापनाकालदेखि नै ‘एक्काइसौं शताब्दीका सीपको गन्तव्य’ भन्ने नाराका साथ एक्काइसौं शताब्दीका सीपहरूको छुट्टै पाठ्यक्रम तयार गरी शिक्षण सिकाइ गर्दै आएको छ ।

एक्काइसौं शताब्दीका जीवनोपयोगी सीपहरूको अध्ययनले व्यवसायिक तथा पेशागत जीवन समृद्ध एवम सफल हुने विश्वास गर्नुहुन्छ कलेजका कोर्डिनेटर दीपक कुमार लम्साल । ज्ञान, सीप र मूल्यमान्यताको संगमले विद्यार्थी भोलिको सबल नागरिक बन्न सक्छ एवं देशको नेतृत्व गर्न सक्छ भन्ने उद्देश्य राखेर कलेजको मुख्य नारा ‘नेतृत्व राष्ट्रका लागि’ व्यवहारमा उतार्न एक्काइसौं शताब्दीका सिपहरूको निरन्तर अध्यापन गरिरहेको कुरा बताउनुहुन्छ लम्साल ।
त्यसैगरी, कलेजमा विद्यार्थीको अन्तरनिहित क्षमता अभिवृद्धि गर्न एवम् ज्ञानको दायरा फराकिलो पार्नका साथै प्रतिभा प्रस्फुटन गरि नेतृत्व गर्ने क्षमता विकास गर्न विभिन्न प्रतियोगितात्मक शैक्षिक क्रियाकलापहरूको नियमित रुपमा सञ्चालन गर्ने गरेको छ ।



त्यसैगरी, संगीत, नृत्य, नाटक, ललितकला, फुटबल, भलिबल, बास्केटबल जस्ता अतिरिक्त क्रियाकलापहरूको विद्यार्थीको रुचिअनुसार राष्ट्रियस्तरका प्रशिक्षकहरूबाट कक्षा सञ्चालन गर्ने गरेको छ । बास्केटबल, फुटबल तथा भलिबलको आफ्नै टिम निर्माण गरी अन्तर-कलेज प्रतियोगितामा सहभागी गराइने गरेको कुरा बताउनुहुन्छ कलेज प्रशासक बसन्त पोखरेल ।

नियमित पठनपाठनका अतिरिक्त कलेजले विद्यार्थीहरुलाई विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा पनि सहभागी गराउने गरेको छ । कक्षा ११ मा वर्षको दुईपटक हाइकिङ, एकपटक शैक्षिक भ्रमण, एकपटक बनभोज तथा कक्षा १२ मा यसका अतिरिक्त लामो शैक्षिक भ्रमणमा लैजाने गरेको छ ।
त्यसैगरी, कलेजले कक्षा ११ र १२ लाई स्वागत तथा विदाई कार्यक्रम बर्सेनि काठमाडौको प्रतिष्ठित अडिटोरियम हलमा सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण सहित गर्ने गरेको छ ।
कलेजले कक्षा ११ को भर्ना कार्यक्रम समापन भएपछि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुबाट नयाँ भर्ना भएका विद्यार्थीहरुलाई प्रेरक मन्तव्यसहित करियर काउन्सिलिङ कार्यक्रम गर्ने गरेको छ भने कलेजको शैक्षिक प्रणाली तथा नियम कानुन सम्बन्धी जानकारी गराउने गरेको छ ।
त्यसैगरी, कलेजले कलेजका विद्यार्थीहरु र विदेशी विद्यार्थीहरु बीच विषयगत कार्यशाला गोष्ठी साथै सांस्कृतिक आदानप्रदानको कार्यक्रम प्रत्येक वर्षको डिसेम्बर- जेनुअरी महिनामा गर्ने गरेको छ
कलेजले विद्यार्थीहरुलाई सामाजिक कामहरुमा पनि सहभागी गराउने गरेको छ । विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरु जस्तै रक्तदान कार्यक्रम, समुदाय सरसफाइ, स्वास्थ्य शिविर, बृद्धाश्रम तथा अनाथालयमा सहयोग लगायतका स्वयंसेवी क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई सहभागी गराउने गरिएको छ ।
विभिन्न समयमा शैक्षिक तथा पेशागत उत्कृष्टता हासिल गरेका विज्ञहरुबाट गेस्ट लेक्चरको पनि व्यवस्था गरेको छ ।
कलेजको शिक्षण सिकाइ अत्यन्तै प्रभावकारी रहनु एवं परीक्षाफल अत्यन्तै उत्कृष्ट रहनुमा यस कलेजमा शिक्षण गर्ने उप-प्राध्यापकहरूको ठूलो योगदान रहेको कुरा कलेजका बरिष्ठ शिक्षक रामप्रसाद निरौला बताउनुहुन्छ । उहाँको भनाईमा कलेजमा ३५ वर्षसम्म अनुभव रहेका कक्षा ११, १२ एवम् विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा अध्यापन गरिरहनुभएका अत्यन्तै अनुभवी उपप्रध्यापकहरूको बाहुल्यता रहेको छ ।
कलेजले चाइना कल्चरल सेन्टर र रस्सियन कल्चरल सेन्टरसँगको समन्वयमा साँस्कृतिक आदान प्रदानको कार्यक्रम गर्ने गरेको छ।
विज्ञान अध्यापनका लागि आवश्यक सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार, अनुसन्धानमा आधारित शिक्षण सिकाइ, अतिरिक्त रुपमा 21औं शताब्दीका सीपहरूको अध्ययन, पर्याप्त अतिरिक्त तथा सहक्रियाकलापकहरु, योग्य तथा अनुभवि उप–प्राध्यापकहरु, कक्षाकोठामा सीमित संख्यामा मात्र विद्यार्थी राख्ने प्रावधान, बोर्ड परीक्षामा निरन्तररुपमा उत्कृष्ट परिणामका कारणले रिभेरा इन्टरनेसनल एकेडेमी कलेजले १०+२ को बिज्ञान अध्ययन अध्यापनको क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै लगेको प्रतीत हुन्छ ।
अध्ययनका लागि क्यानडा जान इच्छुक विद्यार्थीका लागि ‘क्यानडा समिट २०२५’
क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले ‘क्यानडा समिट २०२५’ आयोजना गर्ने भएको छ। यो कार्यक्रम आउँदो जनवरी ९ तारिखका दिन बिहान...
कक्षा १२ को नतिजा सार्वजनिक ,५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा...
२०८० को एसईई मा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ल्याएका छन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये...
८२५ शिक्षकले दलको सदस्यता त्यागे
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीतीकरणको अन्त्य शुरु भएको भन्दै ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छन् । मन्त्री भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दैउनले अहिलेसम्म...
‘प्रेस स्वतन्त्रताको रक्षा गरौँ,मिथ्या सूचनाको बाढीलाई रोक्ने काम गरौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमसञ्चार...
अशक्त र गरिबले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याए काठमाडौंमा निस्शुल्क उपचार हुन्छ : मेयर बालेन
काठमाडौं महानगरका मेयर बालेन शाहले अशक्त र गरिब नागरिकहरूले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याएमा काठमाडौंका अस्पतालमा निस्शुल्क उपचारको व्यवस्था हुने बताएका छन् । मेयर शाहले नेपालको जुनसुकै पालिकाको भए पनि...
वन राज्यमन्त्री नियुक्त भए जसपा सांसद दीपक कार्की
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी छ । जसपाले यसअघि नै...
विशेष दिनको अबसरमा ‘बिनायक सिद्ध’ का बिध्यार्थिको बिशेष काम
आज १९ मार्चका दिन बिश्वभरि परिवर्तनकारी परिवर्तनको लागि साझा भविष्य भन्ने नाराका साथ अन्तराष्ट्रिय समाज कार्य दिबश मनाइँदै छ । यस दिनलाई काठमाडौँ चाबहिल स्थित बिनायक सिद्द कलेजका बिध्यार्थिले पनि...
नेपाली चिकित्सक बाटै पहिलोपटक कलेजो प्रत्यारोपण
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीको संलग्नतामा मात्रै पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीको संयुक्त प्रयासबाट गत पुस २७ गते कलेजो...
इनर व्हिल क्लब अफ टोखा र अपेनका दुई नगरकमिटीको आयोजनामा शिक्षण पद्धति तालिम सम्पन्न
काठमाडौँ-इनर व्हिल क्लब अफ टोखा, अपेनको टोखा नगर कमिटी र तारकेश्वर नगर कमिटीको संयुक्त आयोजनामा एक दिने शिक्षण पद्धति तालिम सम्पन्न भएको छ। शनिवार साउथ वेस्टर्न कलेजको सभाहलमा आयोजित...
त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम :माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने चेतावनी
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ...
प्रचण्डलाई किन मन परेन विश्वविद्यालयको कूलपति प्रधानमन्त्रीनै हुने व्यवस्था ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै विश्वविद्यालयको कूलपति प्रधानमन्त्री हुने ब्यवस्था व्यवहारिक नरहेको बताएका छन् । आज (शुक्रबार) धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकूलपतिहरुको सम्मेलनलाई...
सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा
मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको...
भोलिदेखि एमडिएमएस लागू हुने
लामो समयको प्रतिक्षापछि भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (सोमबार) देखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। ‘भोलिदेखि एमडिएमएस पूर्ण रूपमा...
हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश
उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक...
यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने
नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले...
हार्वर्ड कलेजको (HPAIR) सम्मेलनमा नेपालबाट अनुपम चौलागाँइ सहित ६ विद्यार्थी सहभागी
हङकङमा आयोजित हार्वर्ड कलेज प्रोजेक्ट फर एशियन एण्ड इन्टरनेशनल रिलेसन (HPAIR)सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोकका अनुपम चौलागाईं सहित ६ जना नेपाली विद्यार्थी सहभागी भएका छन् । युवा नेतृत्व विकास र...
‘प्रचण्डजी राष्ट्रघाती हुँदै जनघाती बने’
नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले नेपाली कम्युनिष्ट आन्दोलनभित्र विदेशीहरुको प्रभाव, चलखेल र हस्तक्षेप पसेको टिप्पणी गरेका छन् । उनी अहिले नेपालको कम्युनिष् आन्दोलन दिशाहीन रहेको बताउँछन्...
‘चार वर्षे स्नातक विद्यार्थीलाई बोझ’
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक परिषद् मा लगेका...