Otv Nepal सोमबार, मंसिर १९ २०७९

भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपतीको यस्तो छ मनै रुवाउँने कहानी, यो सुन्दा कसको मन भावुक नहोलार?

  • OTV Nepal

    शुक्रबार, साउन ६ २०७९
  • भर्खरै मात्रै छिमेकी मुलुक भारतमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । इण्डीया सरकारको नेतृत्व गरिरहेको दल भाजपाको तर्फबाट उमेदवार बनेर राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपतीको चर्चा अहिले संसारभर चलिरहेको छ ।

    द्रौपतीको जितले चरम संघर्षबाट पनि निरन्तर कर्म गरिरहँदा र धैयर्ता राख्दा कसरी सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरण विश्वभरी फैलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा द्रौपतीलाई भाजपाले राष्ट्रपतीको उमेदवार बनाएर जिताएको थियो ।

    आज द्रौपतीको सफलतामा दुनिँया खुशि छ संसारभरबाट उनलाई बधाई र शुभकामनाका ओइरो लागेको छ तर यो दिन सम्म आइपुग्दा उनले कति धेरै संघर्ष र आँशु र पसिना निल्नु परेको थियो भन्ने कहानी बल्ल बाहिरिएको छ । द्रौपतीको जीवनको कहानी सुन्दा कसको पो मन भावुक नहोलार ?

    भारतको राजनीतिक इतिहासमा पहिलोपटक देशको सर्वोच्च पदमा एकजना आदिवासी महिला आसीन भएकी छिन् ।सामान्य गरीब परिवारमा जन्मेकी द्रौपदीको जीवन कैयनका लागि प्रेरणाको श्रोत बनेको छ । उनको जीवनका उतारचढावले जीवनमा हार होइन, जीतका लागि संघर्ष छोड्नु हुन्न भन्ने कुरा देखाएँछ ।

    पीडा के हो भन्ने कुरा द्रौपदीले तीतोरुपमा अनुभूति गरेकी छिन् जीवनमा । सन् २०१० देखि २०१४ को अवधिमा एकपछि अर्कोगर्दै उनको जीवनमा बज्रपात पर्यो । २५ वर्ष उमेरका उनका छोराको रहस्यमयी मृत्यु भयो ।

    साँझ एउटा पार्टीबाट फर्केपछि आफ्नो कोठामा गएर सुतेका छोरा लक्ष्मण मुर्मु बिहान भने मृत अवस्थामा फेला परे । उनको निधन के कति कारणले भयो भन्ने कुरा खुल्न सकेन ।छोराको मृत्युले आहत द्रौपदीको दुखको पहाड यत्तिकैमा रोकिएन । सन् २०१२ मा उनका कान्छा छोराको सडक दुर्घटनामा मृत्यु भयो ।

    जेठो छोराको निधनपछि द्रौपदी टुट्न पुगिन्। उनकी भाउजु शाक्यमुनीका अनुसार, ६ महिनासम्म डिप्रेसनबाट मुक्ति पाउन सकिनन् द्रौपदीले । उलाई सम्हाल्नु गारो थियो । त्यही बीचमा उनी ब्रम्हकुमारी योगतर्फ आकर्षित भइन् ।घरका दुबै छोराका निधन भएपछि द्रौपदीले त्यहाँ बस्न सकिनन् । उनले उक्त घरलाई छात्रावासको रुपमा निर्माण गरेर आदिवासी विद्यार्थीहरुलाई पढाउन थालिन्।

    तर दुखको थैली पोखिन अझै बाँकी नै थियो । सन् २०१४ मा जीवनभरी सुखदुखमा साथ दिएका उनका श्रीमानको निधन भयो । श्रीमानको मृत्यु उनका लागि कम्ता पीडादायी थिएन । तिनै श्रीमान जोसँग ४५ वर्षअघि उनको प्रेम बसेको थियो । जसले द्रौपदीसँग विवाह गर्न अड्डी नै कसेका थिए । द्रौपदीका बुवाले विवाह गर्न नमानेपछि तीनदिनसम्म उनीहरुकै गाउँमा बसेर अन्ततः आफ्नो प्रेम पाउन सफल भएका थिए ।

    श्रीमानको मृत्युपछि पनि द्रौपदीको संघर्षमा कुनै कमी आएन। उनले निरन्तररुपमा आदिवासी जनताका लागि काम गर्दै आइन । अहिले उनी राष्ट्रपतिमा निर्वाचित भएकी छिन् तर यो खुसी साट्न उनीसँग छोरा छैनन् न त श्रीमान नै ।
    अनि उनले आफूलाई सम्हालिन र सामाजिक क्षेत्रमा होमिइन्।

    भाजपाबाट सन् १९९७ मा उडसाको रैरानागपुर नगर पञ्चायतको काउन्सिलर निर्वाचित भएकी थिइन् । सन् २००० मा उक्त नगर पञ्चायतको प्रमुख बनिन् । भाजपाको आदिवासी मोर्चाको उपाध्यक्ष बनिन् ।उडिसामा भाजपा र बिजु जनता दलको संयुक्त सरकार हुँदा २००० देखि २००२ सम्म मन्त्री पनि भइन् ।

    बिहानै साढे तीन बजे उठेर ध्यान र सत्संगमा लाग्छिन् राष्ट्रपति द्र्रापदी । दुखका पहाडमा पनि संघर्षबाट कहिल्यै विचलित नभएकी द्रौपदीको गाउँमा अहिले श्रीमान र दुबै छोराको सालिक बनाइएको छ ।द्रौपदीको जीतमा भारतभरी उत्साह छाएको छ । विचारधाराको हिसाबले उनी दक्षिणपन्थी भाजपा समर्थित हुन तर प्रतिनिधित्वको हिसाबले उनी आदिवासी महिला हुन । र, भारतको हकमा आदिवासीहरु राज्यको मूलधारमा कहिल्यै आउन सकेका छ्रैनन् । यसअर्थमा पनि द्रौपदीको जीतलाई विशिष्टरुपमा हेरिएको हो ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, साउन ३० २०७९

    म भित्र ठूलो पीडा छ भन्दै नरेन्द्र मोदी एक्कासी भावुक भए पछि ….

    भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी आफु भित्र ठूलो पीडा भएको भन्दै एक्कासी भावुक भएका छन् । मोदीको अनपेक्षित अभिव्यक्तिले कार्यक्रममा सहभागी भएका हरुनै चकित भएका थिए । अध्यात्मीक र शान्त...

    प्रकाशित: शुक्रबार, साउन १३ २०७९

    सरकारले एसपीपीको बारेमा पत्र पठाएकोमै आशंका, भिम रावलले प्रश्नले संसदमै बोल्न सकेनन् परराष्ट्रमन्त्री !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपीमा सहभागी हुँदैनौ भनेर अमेरिकालाई पत्र पठाइसकेको दाबी गरेको छ तर पत्र पठाइएको कि पठाइएन या कुन ढाँचाको पत्र पठाएको हो...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    बालकोटमा ६ घण्टा राखेर ओलीले चिनिँया नेतालाई राम्रो चिनाइदिए प्रचण्ड र माधवको चरित्र !

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ चार दिने औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौँमा रहेका छन् । उनले प्रमुख राजनितिक दलका प्रमुख नेताहरुसँग भेटघाट गरिसकेका छन् । सबैभन्दा...

    प्रकाशित: बुधबार, असार १ २०७९

    ब्रेकिङ: नेपाल एसपीपीमा सहभागी भइसकेको अमेरिकाको खुलासा ,के हुन्छ अब ?

    नेपालमा चरम विवादित बनिरहेको अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा नेपाल सामेल भइसकेको दाबी अमेरिकाले गरेको छ । यस्तो खुलासासँगै विषय थप पेचिलो बनेको छ । नेपाललेनै एसपीपीमा सहभागी बन्नका...

    प्रकाशित: बुधबार, असार १ २०७९

    चिनबाट आयो यस्तो खबर ,अमेरिकी सेना नेपाल आएमा अब के होला ?

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले अ‍ेमिरकासँग हिमचिम बढाएर अमेरिकी सेनानै नेपाल ल्याउँन दिने सम्मको सम्झौताका लागी तयारी गरेको अवस्थामा छिमेकी मुलुक चिनबाट पनि सोचमग्न हुन पर्ने...

    प्रकाशित: शनिबार, जेष्ठ २८ २०७९

    मात्र एक मिनेटले जोगियो सलमान खानको ज्यान !

    चर्चित बलिउड अभिनेता सलमान खान सम्भावित ठूलो घटनाबाट बचेका छन् । उनको ज्यानै लिने गरि सार्प सुटरले बनाएको योजना मात्रै एक मिनेटमा खत्तम बने पछि उनको ज्यान जोगिएको छ...

    प्रकाशित: मंगलबार, बैशाख ६ २०७९

    नेकपा एस घाँडो भएको माओबादिको निष्कर्ष

    नेकपा माओवादी केन्द्रले नेकपा एसको हैसियतभन्दा बढी दाबीका कारण चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष निकालेको छ । कांग्रेस लचिलो नबने बाँकी चार दलको मात्र गठबन्धन गर्ने विकल्पमा समेत माओवादीभित्र...

    प्रकाशित: आइतबार, चैत्र २० २०७८

    म क्रिकेट खेलाडी पनि हुँ अब खेल देखाउँछु भन्दै इमरान खानले ओलीलै स्टाइलमा गरे यस्तो !

    नेपालमा जस्तै झल्को दिने गरी पाकिस्तानको राजनिती पनि अघि बढेको छ । आफुमाथी अविश्वासको प्रस्ताव आए पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ले संसद विघठन गरिदिएका छन् । आफ्नै पार्टी...

    प्रकाशित: शनिबार, चैत्र १९ २०७८

    देउवा दिल्लीमा लम्पसार पर्दा जनताले सम्झीए संसदको रोस्टमबाटै इण्डीयालाई थर्काउँने केपी ओलीलाई !

    परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा यति खेर औपचारिक इण्डीया भ्रमणका लागी नयाँदिल्लीमा रहेका छन् । स्थानिय तहको निर्वाचनको सम्मुखमा भएको उनको भ्रमण पहिलो दिन देखिनै आलोचित र विवादित...

    प्रकाशित: शुक्रबार, चैत्र १८ २०७८

    इण्डीयाले एयरपोर्टमै गर्यो देउवाको अपमान !

    तीन दिने औपचारिक इण्डीया भ्रमणमा रहेका प्रधामन्त्री शेरबहादुर देउवालाई इण्डीया सरकारले एयरपोर्टमै अपमान गरेको छ । कुटनितीमा सानोसानो कुराको पनि खास महत्व रहेको हुन्छ कपिपय कुराहरु बोलीले भन्दा पनि...

    प्रकाशित: शनिबार, फाल्गुन २८ २०७८

    स्थानीय चुनावमा कुन पालिकाका उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ? (सुचिसहित)

    स्थानीय तहको चुनावका लागि उम्मेदवारीले खर्च गर्न पाउने समयसीमा तोकिएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिकाको मेयर वा उपमेयरको उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्...

    प्रकाशित: बिहिबार, फाल्गुन २६ २०७८

    ‘म्यादी प्रहरीको भर्ना खुलेको छैन, भ्रममा नपरौं ‘

    प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको भर्ना खुलिनसकेकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको...

    प्रकाशित: बिहिबार, फाल्गुन २६ २०७८

    प्रचण्ड र माधव नेपाललाई एमसीसीको भारी बोकाउन सफल भएको शंखर पोखरेलको दाबि

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपाललाई एमसीसीको भारी बोकाउन सफल भएको दाबि गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरे वैकल्पिक सरकार गठनका...

    प्रकाशित: बुधबार, फाल्गुन २५ २०७८

    कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो-ओली

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा...

    प्रकाशित: बुधबार, फाल्गुन १८ २०७८

    देखिन थाल्यो एमसीसीको रिजल्ट , नेपालमा अमेरिकी सक्रियता हवात्तै बढ्यो !

    लामो समयको किचलो र विवादका विच संसदबाट विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको छ । एमसीसी सदनबाट पारित भए पछि कार्यान्वयनको बाटो थप सहज त भएको छ ।...

    प्रकाशित: सोमबार, फाल्गुन १६ २०७८

    नेपालको संसदबाट एमसीसी पारित भएको बिषयमा चिनले मुख खोल्यो, दियो खरो प्रतिक्रिया

    लामो समयको विवाद र किचलोका विच नेपालको संसदबाट विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पारित भए पछि छिमेकी मूलुक चिनले मुख खोलेको छ । एमसीसी पारित भए पछि अमेरिकाले तत्कालै...

    प्रकाशित: शनिबार, फाल्गुन ७ २०७८

    २४ घण्टा नबित्दै फेरियो अमेरिकाको बोली ,चिनले प्रतिवाद गर्छु भने पछि यसो भन्न थाल्यो !

    नेपालमा एमसीसीको बिषय निकै पेचिलो बनेको र यहि कारण चिन र अमेरिका समेत आमने सामने बन्ने अवस्था आए पछि अमेरिकाको बोली फेरिएको छ । हिजो मात्रै नेपालका लागी अमेरिकी...

    प्रकाशित: शनिबार, फाल्गुन ७ २०७८

    एमसीसी पास नहुँदै यस्तो पास भए झन कसो होला ?

    विवादित अमेरिकी सहयोग परियोजना एमसीसीका कारण नेपाल भूराजनितीको भूमरीमा परेको छ । नेपाल मामिलामा अमेरिका र चिन आमने सामाने बन्ने स्थिति आएको छ । नेपालमा एमसीसी पास गराउँन अमेरिकाले...

    प्रकाशित: आइतबार, पुष ४ २०७८

    उत्तरकोरियामा हाँस्न प्रतिबन्ध !

    उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बाग्डोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    ६ घण्टामा जुकरबर्गले गुमाए ६ अर्ब अमेरिकी डलर, अरु के के भयो ?

    मात्र ६ घण्टा फेसबुक बन्द हुँदा फेसबुकका संचालक मार्क जुकरवर्ग ६ अर्ब अमेरिकी डलर गुमाएका छन् भने अरु पनि ठूलो क्षती उनलाई भएको छ । नेपाली समयअनुसार सोमबार राति संसारभरि...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend