२० बर्ष लामो संघर्ष बाट अफगानस्थानमा आफ्नो सत्ता फर्काउँन सफल तालिवान पनि अन्तत पद र कर्सीकै कारण तालिवानमा पनि फुट आएको खबर छ ।
तालिबानको अन्तरिम सरकारमा फुट निम्तिएको छ । तालिबानका वरिष्ठ अधिकारीले सो कुरा बीबीसीलाई जानकारी दिएका छन् ।राष्ट्रपति भवनमा तालिबानका सह–संस्थापक मुल्ला गनी बरादरको समूह र मन्त्रीमण्डलका सदस्यबीच विवाद भएको उनले जानकारी दिए ।
पछिल्ला केही दिनदेखि मुल्ला बरादर सार्वजनिक रुपमा देखिएका छै्रनन् । त्यसपछि नै तालिबानमा नेतृत्वको विषयमा असहमति सतहमा आएको अनुमान लगाइँदै थियो ।यद्यपि, यो खबरलाई तालिबानले आधिकारिक रुपमा अस्वीकार गरेको छ ।
तालिबानले अघिल्लो महिना अफगानिस्तानमा कब्जा जमाएको थियो र अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनेको घोषणा गरेको थियो । तालिबानले ७ सेप्टेम्बरमा नयाँ मन्त्रीमण्डलको घोषणा गरेको थियो जसमा सबै पुरुष छन् र पछिल्लो दुई दशकमा अमेरिकी बलमाथि हमलाका लागि कुख्यातहरु शीर्ष स्थानमा छन् ।
तालिबानको एक स्रोतले बीबीसीपश्तोसँग बरादर र खलिल उर–रहमानबीच आपसी विवाद भएको जानकारी दिएको छ । उनका अनुसार विवादपछि दुई नेताका समर्थक आपसमा भिडे । खलिल उर–रहमान आतंकवादी संगठन हक्कानी नेटवर्कका नेता र तालिबानको सरकारमा शरणार्थी मन्त्री हुन् मुल्ला मोहम्मद हसन अखुन्दलाई तालिबानले अन्तरिम प्रधानमन्त्री बनाइएको छ ।
कतारस्थित तालिबानका एक वरिष्ठ सदस्य र एक व्यक्ति (जो यो विवादमा समावेश थिए) ले अघिल्लो हप्ता विवाद भएको पुष्टि गरेका छन् । स्रोतका अनुसार विवाद यसकारण सुरु भयो किनभने बरादर, जसलाई अन्तरिम सरकारमा उप–प्रधानमन्त्री बनाइएको छ, उनी सरकारको संरचनासँग खुसी छैनन् । अफगानिस्तानमा जीतको श्रेयको विषयमा पनि तालिबानका नेता आपसमा उल्झिरहेका छन् ।
रिपोर्टका अनुसार बरादरलाई लाग्छ कि उनको कूटनीतिका कारण तालिबानले अफगानिस्तानमा सत्ता पाएका हुन् जबकी हक्कानी नेटवर्कका सदस्य र समर्थकलाई लाग्छ कि अफगानिस्तानमा जीत लडाईंका कारण पाइएको हो । हक्कानी नेटवर्कको कमान तालिबानको एक शीर्ष नेतासँग छ ।
बरादर तालिबानका पहिलो नेता हुन् जसले सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रत्यक्ष फोनवार्ता गरेका थिए । यसअघि उनले तालिबानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सैनिकको फिर्तीको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
अर्कोतर्फ शक्तिशाली हक्कानी नेटवर्क हो जुन हालका वर्षमा अफगानिस्तानमा पश्चिमी बलमा सबैभन्दा हिंस्रक हमलामा संलग्न रह्यो । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ । यसका नेता सिराजुद्दीन हक्कानी तालिबानको नयाँ सरकारमा गृहमन्त्री हुन् ।
अफवाहको बजार अघिल्लो हप्ता त्यतिबेला तात्तियो जब तालिबानको सबैभन्दा महत्वपूर्ण व्यक्ति मानिने बरादर सार्वजनिक रुपमा देखिन छोडे । सोसल मिडियामा उनको मृत्युको खबर आउन थाले ।
बीबीसीसँग तालिबानको स्रोतले बताए अनुसार विवादका कारण बरादर काबुल छोडेर कंधार गएका छन् । सोमबार बरादारको नाममा एउटा अडियो टेप जारी गरियो जसमा उनी यात्राका लागि बाहिर गएको बताइएको छ । उक्त अडियो टेपमा ‘यतिबेला उनी जहाँ छन्, ठिक छन्’ भनिएको छ ।
उक्त अडियो रेकर्डमा कसको आवाज छ भनेर खोजबिन गरिएको छैन । यो अडियो टेपलाई तालिबानको थुप्रै आधिकारिक वेबसाइटमा पोस्ट गरिएको छ ।
तालिबानले सरकारभित्र कुनै विवाद नभएको र बरादर सुरक्षित भएको बताएको छ । तर हाल बरादर के गरिरहेका छन्, यो विषयमा भिन्न भिन्न कुरा सार्वजनिक भइरहेका छन् । एक प्रवक्ताले बरादर कंधार सर्वोच्च नेतालाई भेट्न गएको बताएका थिए तर पछि उनले पछि उनी थाकेका कारण हाल आराम गर्न चाहेको बताए ।
अफगानी जनताबीच तालिबानको बयानमाथि शंका गर्नुपर्ने थुप्रै कारण छन् । सन् २०१५ मा तालिबानले आफ्ना संस्थापक नेता मुल्ला उमरको मृत्युको खबर दुई वर्षभन्दा बढी समयसम्म लुकाएको राखेको स्वीकार गरेको थियो । यतिबेला तालिबानले मुल्ला उमरको नाममा बयान जारी गरिरह्यो ।
बीबीसीसँग स्रोतले दिएको जानकारी अनुसार बरादर काबुल पुगेर क्यामराको अगाडि आउन सक्छन् र कुनै पनि प्रकारको विवादको कुरालाई खारेज गर्न सक्छन् ।
तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अअुन्दजादाको विषयमा पनि विभिन्न प्रकारहको अड्कलबाजी छन् । उनी सार्वजनिक रुपमा कहिल्यै देखिएका नै छैनन् । उनीसँग तालिबानको राजनीतिक, सैन्य र धार्मिक मामिलाको जिम्मेवारी छ ।
यसैबीच अफगानिस्तानका कार्यकारी विदेश मन्त्रीले मंगलबार अन्तर्राष्ट्रिय दानकर्तासँग पुनः मद्दतको अपिल गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदारले आफ्नो मद्दतको विषयमा राजनीति गर्न नहुने बताएका छन्
।
संयुक्त राष्ट्रले अफगानिस्तानमा स्थिति भयानक रुपमा बिग्रने चेतावनी दिएको छ । त्यसपछि एक अर्ब डलरभन्दा बढीको मद्दतका लागि पहल सुरु गरिएको छ ।
गाजामा ८३ प्रतिशत निर्दाेष सर्वसाधारण मारिए
गाजामा भएको युद्धबारे सार्वजनिक भएका नयाँ तथ्याङ्कले ठूलो मानवीय मूल्य प्रकट गरेका छन्। इजरायली सेनाको गोप्य गुप्तचर डाटाबेसका अनुसार मारिएका मध्ये करिब ८३ प्रतिशत सर्वसाधारण नागरिक हुन् भने मात्र १७...
रुसमा गयो ८.८ रेक्टरको भुकम्प
रुसको पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको ८ दशमलव ८ रेक्टर मापन गरिएको भूकम्प इतिहासकै ठूलो मानिएको छ । यो सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प हो । अमेरिकी...
जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्याइने चेतावनी दिएका छन् । जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव रहेको भन्दै...
नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उहाँले त्यस्तो आग्रह गरेका...
फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई श्रीमतीले मुक्का हानेको भिडियो भाइरल
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी श्रीमती ब्रिगिट म्याक्रोनबीच भएको झगडाको भिडियो भाइरल भइरहेको छ । म्याक्रोन २५ मे मा भियतनाम भ्रमणमा पुगेका थिए । यसैबीच, हनोईको नोई बाई अन्तर्राष्ट्रिय...
दिल्लीमा आम आदमीको पत्तासाफ , भाजपाले ल्यायो दुइ तिहाइ , काँग्रेशलाइ ० सिट
भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ७० मध्ये ४८ सिट जित्दै दुई तिहाई बहुमत प्राप्त गरेको छ। सत्तारुढ आम आदमी पार्टी ले २२ सिट मात्र जित्न...
अमेरिका विमान दुर्घटना : ४० जनाको शव प्राप्त
वासिङ्टन डिसीमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको विमानमा सवार कोही पनि जीवित नरहेको आशंका गरिएको छ। पोटोम्याक नदीबाट हालसम्म ४० जनाको शव निकालिएको छ। विमानमा ६४ जना यात्रु र हेलिकप्टरमा...
हमासले रिहा गर्ने सुचिमा रहेका ३३ मध्ये ८ जनाको पहिल्यै मृत्यु भइसकेको पुष्टि
इजरायलले हमासले रिहा गर्ने सूचीमा रहेका ३३ बन्दीमध्ये ८ जना पहिल्यै मृत्यु भइसकेको जानकारी दिएको छ। इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरका अनुसार बाँकी २५ जना जीवित रहेको हमासले जनाएको छ।...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो । राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको...
इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा
मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना...
इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ जना प्यालेस्टिनीको मृत्यु
इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ । मन्त्रालयका अनुसार...
गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
इजरायल-हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही शुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको...
‘गाजामा जारी द्वन्द्व कहिले अन्त्य हुन्छ ?’
इजरायले अल-मगाजी शरणार्थी शिविरलाई लक्षित गरी हवाई हमला गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका प्रवक्ताले सो क्याम्पमा ठूलो संख्यामा परिवार बसोवास...
बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर
चीनको राजधानी बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर महिना रेकर्ड गरिएको छ । सन् १९५१ मा तथ्यांक राख्न सुरु गरे यताकै सबैभन्दा चिसो महसुस गरिएको हो । यो महिना सहरको तापक्रम नियमित...
म भित्र ठूलो पीडा छ भन्दै नरेन्द्र मोदी एक्कासी भावुक भए पछि ….
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी आफु भित्र ठूलो पीडा भएको भन्दै एक्कासी भावुक भएका छन् । मोदीको अनपेक्षित अभिव्यक्तिले कार्यक्रममा सहभागी भएका हरुनै चकित भएका थिए । अध्यात्मीक र शान्त...
सरकारले एसपीपीको बारेमा पत्र पठाएकोमै आशंका, भिम रावलले प्रश्नले संसदमै बोल्न सकेनन् परराष्ट्रमन्त्री !
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपीमा सहभागी हुँदैनौ भनेर अमेरिकालाई पत्र पठाइसकेको दाबी गरेको छ तर पत्र पठाइएको कि पठाइएन या कुन ढाँचाको पत्र पठाएको हो...
भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपतीको यस्तो छ मनै रुवाउँने कहानी, यो सुन्दा कसको मन भावुक नहोलार?
भर्खरै मात्रै छिमेकी मुलुक भारतमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । इण्डीया सरकारको नेतृत्व गरिरहेको दल भाजपाको तर्फबाट उमेदवार बनेर राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपतीको चर्चा अहिले संसारभर चलिरहेको छ...
बालकोटमा ६ घण्टा राखेर ओलीले चिनिँया नेतालाई राम्रो चिनाइदिए प्रचण्ड र माधवको चरित्र !
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ चार दिने औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौँमा रहेका छन् । उनले प्रमुख राजनितिक दलका प्रमुख नेताहरुसँग भेटघाट गरिसकेका छन् । सबैभन्दा...
ब्रेकिङ: नेपाल एसपीपीमा सहभागी भइसकेको अमेरिकाको खुलासा ,के हुन्छ अब ?
नेपालमा चरम विवादित बनिरहेको अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा नेपाल सामेल भइसकेको दाबी अमेरिकाले गरेको छ । यस्तो खुलासासँगै विषय थप पेचिलो बनेको छ । नेपाललेनै एसपीपीमा सहभागी बन्नका...
चिनबाट आयो यस्तो खबर ,अमेरिकी सेना नेपाल आएमा अब के होला ?
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले अेमिरकासँग हिमचिम बढाएर अमेरिकी सेनानै नेपाल ल्याउँन दिने सम्मको सम्झौताका लागी तयारी गरेको अवस्थामा छिमेकी मुलुक चिनबाट पनि सोचमग्न हुन पर्ने...