सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा जित्ने गरी माहोल निश्चित भइरहेको नेताहरू बताउँछन् । १३औं महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा मात्रै सभापति देउवालाई समर्थन गरेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले यसपालि पहिलो चरणमै देउवालाई समर्थन गर्ने भएका छन् । यस विषयमा देउवा र सिटौलाबीच आन्तरिक सहमति भइसकेको छ ।
कांग्रेसभित्र निर्णायक र प्रभावशाली मानिएका नेता सिटौलाको गृहजिल्ला झापा लगायत पूर्वका जिल्लामा राम्रो प्रभाव रहेको छ । सिटौला पक्षका महाधिवेशन प्रतिनिधिको भोट देउवाको पक्षमा आएमा देउवा सभापतिमा सहजै जित्ने कांग्रेसका एक नेताले दाबी गरे ।
‘सभापतिज्यूको पक्षमा माहोल राम्रो बनेको छ । प्रधानमन्त्री बन्नुभएका कारण पनि देशभरका नेताहरू सभापतिज्यूतिर आकर्षिक भएका छन्,’ ती नेताले भने, ‘सिटौलाज्यूले समर्थन गर्ने भएपछि देउवा सभापति बन्ने निश्चितजस्तै हो ।’
देउवालाई चुनौती दिन खोजिरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा भने सभापतिकै धेरै आकांक्षी छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडेल, महामन्त्री शशांक कोइराला र शेखर कोइराला बलियो गरी सभापतिमा भिड्ने दौडमा छन् ।
अर्को पक्षमा धेरै आकांक्षी भएको अवस्थामा देउवालाई सभापति जित्न झन् सहज हुने स्रोतको दाबी छ ।
अध्ययनका लागि क्यानडा जान इच्छुक विद्यार्थीका लागि ‘क्यानडा समिट २०२५’
क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले ‘क्यानडा समिट २०२५’ आयोजना गर्ने भएको छ। यो कार्यक्रम आउँदो जनवरी ९ तारिखका दिन बिहान...
कक्षा १२ को नतिजा सार्वजनिक ,५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा...
बिज्ञान संकाय सञ्चालन गर्ने +2 कलेजहरूमा अग्र स्थानमा रिभेरा
विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षाको लागि पर्याय बनेको रिभेरा इन्टरनेसनल एकेडेमीले विगत सात वर्षदेखि १०+२ मा विज्ञान सङ्काय सञ्चालन गरिरहेको छ । सम्पूर्ण भौतिक तथा शैक्षिक पूर्वाधार पूरा गरी सञ्चालन सुरु...
२०८० को एसईई मा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ल्याएका छन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये...
८२५ शिक्षकले दलको सदस्यता त्यागे
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीतीकरणको अन्त्य शुरु भएको भन्दै ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छन् । मन्त्री भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दैउनले अहिलेसम्म...
‘प्रेस स्वतन्त्रताको रक्षा गरौँ,मिथ्या सूचनाको बाढीलाई रोक्ने काम गरौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमसञ्चार...
अशक्त र गरिबले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याए काठमाडौंमा निस्शुल्क उपचार हुन्छ : मेयर बालेन
काठमाडौं महानगरका मेयर बालेन शाहले अशक्त र गरिब नागरिकहरूले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याएमा काठमाडौंका अस्पतालमा निस्शुल्क उपचारको व्यवस्था हुने बताएका छन् । मेयर शाहले नेपालको जुनसुकै पालिकाको भए पनि...
वन राज्यमन्त्री नियुक्त भए जसपा सांसद दीपक कार्की
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथको तयारी छ । जसपाले यसअघि नै...
विशेष दिनको अबसरमा ‘बिनायक सिद्ध’ का बिध्यार्थिको बिशेष काम
आज १९ मार्चका दिन बिश्वभरि परिवर्तनकारी परिवर्तनको लागि साझा भविष्य भन्ने नाराका साथ अन्तराष्ट्रिय समाज कार्य दिबश मनाइँदै छ । यस दिनलाई काठमाडौँ चाबहिल स्थित बिनायक सिद्द कलेजका बिध्यार्थिले पनि...
नेपाली चिकित्सक बाटै पहिलोपटक कलेजो प्रत्यारोपण
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीको संलग्नतामा मात्रै पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीको संयुक्त प्रयासबाट गत पुस २७ गते कलेजो...
इनर व्हिल क्लब अफ टोखा र अपेनका दुई नगरकमिटीको आयोजनामा शिक्षण पद्धति तालिम सम्पन्न
काठमाडौँ-इनर व्हिल क्लब अफ टोखा, अपेनको टोखा नगर कमिटी र तारकेश्वर नगर कमिटीको संयुक्त आयोजनामा एक दिने शिक्षण पद्धति तालिम सम्पन्न भएको छ। शनिवार साउथ वेस्टर्न कलेजको सभाहलमा आयोजित...
त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम :माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने चेतावनी
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ...
प्रचण्डलाई किन मन परेन विश्वविद्यालयको कूलपति प्रधानमन्त्रीनै हुने व्यवस्था ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै विश्वविद्यालयको कूलपति प्रधानमन्त्री हुने ब्यवस्था व्यवहारिक नरहेको बताएका छन् । आज (शुक्रबार) धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकूलपतिहरुको सम्मेलनलाई...
सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा
मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको...
भोलिदेखि एमडिएमएस लागू हुने
लामो समयको प्रतिक्षापछि भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (सोमबार) देखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। ‘भोलिदेखि एमडिएमएस पूर्ण रूपमा...
हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश
उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक...
यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने
नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले...
हार्वर्ड कलेजको (HPAIR) सम्मेलनमा नेपालबाट अनुपम चौलागाँइ सहित ६ विद्यार्थी सहभागी
हङकङमा आयोजित हार्वर्ड कलेज प्रोजेक्ट फर एशियन एण्ड इन्टरनेशनल रिलेसन (HPAIR)सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोकका अनुपम चौलागाईं सहित ६ जना नेपाली विद्यार्थी सहभागी भएका छन् । युवा नेतृत्व विकास र...
‘प्रचण्डजी राष्ट्रघाती हुँदै जनघाती बने’
नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले नेपाली कम्युनिष्ट आन्दोलनभित्र विदेशीहरुको प्रभाव, चलखेल र हस्तक्षेप पसेको टिप्पणी गरेका छन् । उनी अहिले नेपालको कम्युनिष् आन्दोलन दिशाहीन रहेको बताउँछन्...