Otv Nepal बिहिबार, साउन १४ २०८३

बाइडेनको पछिल्लो अभिव्यक्तिले झस्किए अफगानिस्तानमा रहेका अमेरिकी नागरिक

  • otv nepal

    शनिबार, भाद्र ५ २०७८
  • अमेरिकी अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धारका बिषयमा हालसालै दिएको अभिव्यक्तिबाट अफगानस्थानमा रहेका नागरिकहरु झस्किएका छन् ।

    बाइडेनले अफगानस्थान बाट अमेरिकी नागरिकको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् ।काबुल विमानस्थलमा मानवीय क्षति हुन सक्ने बाइडेनको चेतावनी छ ।

    राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजारजनाको उद्धार गरिएको बताए । उनले यसलाई ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका छन् ।

    बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचा गरेका छन् । यस्तै अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनले बताएका छन् ।

    अफगानिस्तानमा तालिबानले तीव्र गतिमा गरेको कब्जालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बाइडेनको आलोचना भइरहेको छ ।बाइडनेले भने, ‘घर फर्किन चाहने कुनै पनि अमेरिकीलाई फिर्ता ल्याइने छ।उनले आफ्ना सहयोगी देशको उद्धार प्रयासमा पनि अमेरिकी सैनिकले सहयोग गर्ने बाइडेनले बताए । तर प्राथमिकता अमेरिकी नागरिक पर्ने उनले स्पष्ट पारेका छन् ।

    उनले भनेका छन्, ‘कुनै पनि गल्ती नगर्नु होला, यो उद्धार अभियान निकै खतरनाक छ । यो अभियानमा हाम्रा सुरक्षाकर्मी जोखिममा छन् । निकै कठिन अवस्थामा उद्धार अभियान जारी छ ।’

    उद्धार प्रक्रिया सम्पन्न हुने बेलासम्म के हुन्छ भन्ने अहिले नै बताउन नसक्ने उल्लेख गरेका बाइडेनले मानवीय क्षतिको जोखिम अस्वीकार गर्न नसकिने बताएका हुन् । उनले भने, ‘आवश्यक सबै स्रोत मैले परिचालन गर्ने छु यसमा ठुक्क हुनुहोस् ।’

    तालिबानले अमेरिकाको पासपोर्ट भएकाहरुलाई विमानस्थल प्रवेशमा रोक नलगाएको बताउँदै बाइडेनले अहिलेलाई थप सैनिक पठाउनु पर्ने अवस्था नरहेको बताए । तर केही रिपोर्टहरुमा अमेरिकीहरुलाई विमानस्थल पुग्न कठिनाइ भएको उल्लेख छ ।

    अमेरिका नेतृत्वमा विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको घोषणा गरेसँगै अफगानिस्तान तालिबानको कब्जामा आएको छ । गएको आइतबार तालिबानले अफगानिस्तानमाथि पूर्ण कब्जा गर्न सफल भएको हो ।

    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    गाजामा ८३ प्रतिशत निर्दाेष सर्वसाधारण मारिए

    गाजामा भएको युद्धबारे सार्वजनिक भएका नयाँ तथ्याङ्कले ठूलो मानवीय मूल्य प्रकट गरेका छन्। इजरायली सेनाको गोप्य गुप्तचर डाटाबेसका अनुसार मारिएका मध्ये करिब ८३ प्रतिशत सर्वसाधारण नागरिक हुन् भने मात्र १७...

    प्रकाशित: बुधबार, साउन १५ २०८२

    रुसमा गयो ८.८ रेक्टरको भुकम्प

    रुसको पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको ८ दशमलव ८ रेक्टर मापन गरिएको भूकम्प इतिहासकै ठूलो मानिएको छ । यो सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प हो । अमेरिकी...

    प्रकाशित: बुधबार, असार १८ २०८२

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्याइने चेतावनी दिएका छन् । जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव रहेको भन्दै...

    प्रकाशित: बुधबार, असार १८ २०८२

    नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उहाँले त्यस्तो आग्रह गरेका...

    प्रकाशित: मंगलबार, जेष्ठ १४ २०८२

    फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई श्रीमतीले मुक्का हानेको भिडियो भाइरल

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी श्रीमती ब्रिगिट म्याक्रोनबीच भएको झगडाको भिडियो भाइरल भइरहेको छ । म्याक्रोन २५ मे मा भियतनाम भ्रमणमा पुगेका थिए । यसैबीच, हनोईको नोई बाई अन्तर्राष्ट्रिय...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    दिल्लीमा आम आदमीको पत्तासाफ , भाजपाले ल्यायो दुइ तिहाइ , काँग्रेशलाइ ० सिट

    भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ७० मध्ये ४८ सिट जित्दै दुई तिहाई बहुमत प्राप्त गरेको छ। सत्तारुढ आम आदमी पार्टी ले २२ सिट मात्र जित्न...

    प्रकाशित: शुक्रबार, माघ १८ २०८१

    अमेरिका विमान दुर्घटना : ४० जनाको शव प्राप्त

    वासिङ्टन डिसीमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको विमानमा सवार कोही पनि जीवित नरहेको आशंका गरिएको छ। पोटोम्याक नदीबाट हालसम्म ४० जनाको शव निकालिएको छ। विमानमा ६४ जना यात्रु र हेलिकप्टरमा...

    प्रकाशित: मंगलबार, माघ १५ २०८१

    हमासले रिहा गर्ने सुचिमा रहेका ३३ मध्ये ८ जनाको पहिल्यै मृत्यु भइसकेको पुष्टि

    इजरायलले हमासले रिहा गर्ने सूचीमा रहेका ३३ बन्दीमध्ये ८ जना पहिल्यै मृत्यु भइसकेको जानकारी दिएको छ। इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरका अनुसार बाँकी २५ जना जीवित रहेको हमासले जनाएको छ।...

    प्रकाशित: मंगलबार, माघ १६ २०८०

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो । राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको...

    प्रकाशित: मंगलबार, पुष २४ २०८०

    इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

    मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना...

    प्रकाशित: बुधबार, पुष ११ २०८०

    इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ जना प्यालेस्टिनीको मृत्यु

    इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ । मन्त्रालयका अनुसार...

    प्रकाशित: सोमबार, पुष ९ २०८०

    गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

    इजरायल-हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही शुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको...

    प्रकाशित: सोमबार, पुष ९ २०८०

    ‘गाजामा जारी द्वन्द्व कहिले अन्त्य हुन्छ ?’

    इजरायले अल-मगाजी शरणार्थी शिविरलाई लक्षित गरी हवाई हमला गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका प्रवक्ताले सो क्याम्पमा ठूलो संख्यामा परिवार बसोवास...

    प्रकाशित: सोमबार, पुष ९ २०८०

    बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर

    चीनको राजधानी बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर महिना रेकर्ड गरिएको छ । सन् १९५१ मा तथ्यांक राख्न सुरु गरे यताकै सबैभन्दा चिसो महसुस गरिएको हो । यो महिना सहरको तापक्रम नियमित...

    प्रकाशित: सोमबार, साउन ३० २०७९

    म भित्र ठूलो पीडा छ भन्दै नरेन्द्र मोदी एक्कासी भावुक भए पछि ….

    भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी आफु भित्र ठूलो पीडा भएको भन्दै एक्कासी भावुक भएका छन् । मोदीको अनपेक्षित अभिव्यक्तिले कार्यक्रममा सहभागी भएका हरुनै चकित भएका थिए । अध्यात्मीक र शान्त...

    प्रकाशित: शुक्रबार, साउन १३ २०७९

    सरकारले एसपीपीको बारेमा पत्र पठाएकोमै आशंका, भिम रावलले प्रश्नले संसदमै बोल्न सकेनन् परराष्ट्रमन्त्री !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपीमा सहभागी हुँदैनौ भनेर अमेरिकालाई पत्र पठाइसकेको दाबी गरेको छ तर पत्र पठाइएको कि पठाइएन या कुन ढाँचाको पत्र पठाएको हो...

    प्रकाशित: शुक्रबार, साउन ६ २०७९

    भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपतीको यस्तो छ मनै रुवाउँने कहानी, यो सुन्दा कसको मन भावुक नहोलार?

    भर्खरै मात्रै छिमेकी मुलुक भारतमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । इण्डीया सरकारको नेतृत्व गरिरहेको दल भाजपाको तर्फबाट उमेदवार बनेर राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपतीको चर्चा अहिले संसारभर चलिरहेको छ...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    बालकोटमा ६ घण्टा राखेर ओलीले चिनिँया नेतालाई राम्रो चिनाइदिए प्रचण्ड र माधवको चरित्र !

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ चार दिने औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौँमा रहेका छन् । उनले प्रमुख राजनितिक दलका प्रमुख नेताहरुसँग भेटघाट गरिसकेका छन् । सबैभन्दा...

    प्रकाशित: बुधबार, असार १ २०७९

    ब्रेकिङ: नेपाल एसपीपीमा सहभागी भइसकेको अमेरिकाको खुलासा ,के हुन्छ अब ?

    नेपालमा चरम विवादित बनिरहेको अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा नेपाल सामेल भइसकेको दाबी अमेरिकाले गरेको छ । यस्तो खुलासासँगै विषय थप पेचिलो बनेको छ । नेपाललेनै एसपीपीमा सहभागी बन्नका...

    प्रकाशित: बुधबार, असार १ २०७९

    चिनबाट आयो यस्तो खबर ,अमेरिकी सेना नेपाल आएमा अब के होला ?

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले अ‍ेमिरकासँग हिमचिम बढाएर अमेरिकी सेनानै नेपाल ल्याउँन दिने सम्मको सम्झौताका लागी तयारी गरेको अवस्थामा छिमेकी मुलुक चिनबाट पनि सोचमग्न हुन पर्ने...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend