
– अर्जुन ज्ञवाली
२०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर र गोविन्दराजको मुद्दा फिर्ता नगरी कायम नै राखियो । गिरिजाप्रसाद कोइरालाले तत्कालीन अख्तियार प्रमुख इन्द्रमानलाई बोलाएर जोशी र खड्काको मुद्दालाई सर्वाेच्च अदालतमा पुनरावेदनका लागि दर्ता गर्न निर्देशन दिए । विशेष अदालतबाट सफाइ पाएको मुद्दा गिरिजाको पहल र निर्देशनमा पुनरावेदन गरियो । खड्का र जोशी कोइरालाहरूको वंशवादी राजनीतिमा बाधक बन्ने देखिएपछि कांग्रेसको एघारौँ र तेह्रौँ महाधिवेशनमा कोइरालाहरूको प्यानलबाटै बाहिरिए ।
२०६४ सालको संविधासभा निर्वाचनमा गोविन्दराज जोशी तनहुँ र खुमबहादुर खड्का दाङबाट चुनाव लडे । निर्वाचनका क्रममा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला तनहुँको निरीक्षणमा गए । निरीक्षणका क्रममा उनी जोशीको निवासमा गए । गृहमन्त्री सिटौलालाई गिरिजाप्रसाद कोइरालाले खटाएका थिए । जब गृहमन्त्री सिटौला तनहुँबाट हिँडे, स्थानीय प्रशासनको कार्यशैलीमा परिवर्तन देखिन थाल्यो ।
गिरिजाको सल्लाहमा सिटौलाले माओवादीमार्फत भिडन्त गराएर जोशीको हत्या गराउने योजना बनाएर फर्किए । माओवादीमा उत्साह थपियो । माओवादीका सुरेश आलेमगर जोशीका प्रतिस्पर्धी थिए । दरबार हत्याकाण्डको समय वि.सं. २०५८ जेठ १९ को समयका प्रधानसेनापति प्रज्न्वलशमशेर जबराका बहिनी ज्वाइँ सदीपबहादुर शाहको घरमा माओवादी नेता सुरेश आलेमगरसहितका अन्य नेताहरू आउने जाने गर्दथे । उनलाई जिताउन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई गिरिजाले पठाउनु र जोशीको हत्या गर्ने षड्यन्त्रभित्र गिरिजाको सेनासँग कहिलेकाहीँ तालमेल थियो भन्ने सहजै अन्दाज गर्न सकिन्छ ।
यता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा भने पूर्णरूपमा सरकार र माओवादीको पनि सहयोग थियो । तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले रामचन्द्र पौडेल विपक्षी भए पनि राम्रो उम्मेदवार भनेर प्रशंसा गरे । स्मरण रहोस्, २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा हत्याको ५ मिनेटपछि दीपेन्द्रले गराएको भनेर प्रतिक्रिया दिने पौडेल हुन् भने नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन भनेर अर्काे दिन कान्तिपुरमा गणेश चितौरेमार्फत लेख पठाउने बाबुराम भट्टराई हुन् । दुवै दरबार हत्याकाण्डमा सामेल बाहिरी पात्र थिए । चुनाव प्रचारप्रसारका क्रममा तनहुँको थुर्मसेमा गोविन्दराज जोशीविरुद्ध कालो झ्ण्डा माओवादीले प्रदर्शन गर्ने जानकारी जोशीलाई प्रशासकले दियो ।
तर माओवादीहरू जोशीको हत्या गर्ने उद्देश्यका साथ हतियार सहित उत्रिए । जोशीको घर र गाउँमा माओवादीले हमला गरे । निर्वाचनको अघिल्लो दिन तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले गोविन्दराज जोशीलाई फोन गरेर भने— “मैले खुमबहादुर मन्त्रीजीलाई सम्पर्क गर्न प्रयत्न गरे उहाँँसँग सम्पर्क हुन सकेन । कटवालले राति ८ः०० बजे फोन गरेका थिए । कटवालले जोशीलाई भने— “तपाईंले खुमबहादुर मन्त्रीजीलाई भनिदिनुहोला, तपाईं र खुमबहादुरज्यूको हत्या गर्न काठमाडौँबाट सुटरहरू हिँडेका छन् । म तपाईंहरूको रक्षा गर्न नसक्ने अवस्थामा छु ।
मैले बचाउन सक्दिनँ । तपाईंहरूले आफ्नो सुरक्षा आफैँ गर्नुहोला । यो सूचना खुमबहादुर मन्त्रीजीलाई पनि दिनुहोला ।” म तपाईंहरूको पक्षमा केही गर्न नसक्ने अवस्थामा छु भन्दै टेलिफोन राखे । तत्पश्चात् गोविन्दरजा जोशीले तुरुन्तै खुमबहादुर खड्कासँग सम्पर्क गरे । प्रधानसेनापति कटवालले दिएको सूचना भने । दाङको सतवरियामा गिरिजाको निर्देशन र कृष्णप्रसाद सिटौला र माओवादीको मिलेमतोमा दाङको सतवरियामा खुमबहादुरमाथि आक्रमण गरियो । खुमबहादुरले ठूलो प्रतिरोध गरे, जहाँ १२ जना माओवादीहरू मारिए । खुमबहादुर खड्काले निर्वाचन हापेर दिल्ली गए । पछि वातावरण सहज भएपछि फर्किए । यता तनहुँको दमौलीमा अपरिचित मानिसको समूह जम्मा हुन लागेपछि गोविन्दराज जोशीले स्थानीय प्रशासनसँग सहयोग मागे । चुनावको दिन जब जोशी घाँसीकुवा गए जोशीसँगको प्रहरी स्कर्टिङले योभन्दा अगाडि जान नदिने आदेश छ भनी रोक्यो । निर्वाचन बुथहरू कब्जा गरेर माओवादी उम्मेदवार सुरेश आलेमगरलाई जिताइयो ।
यसरी जोशीलाई हराइयो । गोविन्दराज जोशीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग टेलिफोन सम्पर्क गर्न खोज्दा कोइराला सम्पर्कमा आएनन् । गोविन्दराज जोशीको परिवारमाथि आक्रमण प्रयत्न भएपछि परिवारलाई जोशीले काठमाडौँ पठाए । चलाख जोशीले प्रशासनलाई ४ बजे काठमाडौँ फर्कने जानकारी दिए । त्यसपछि जोशी पोखरा गएर २ बजेको प्लेन चढेर काठमाडौँ फर्किए । यसरी नछलेको भए उनको बाटोमै हत्या हुने रहेछ । प्रशासनले ४ बजे फर्कने खबर गृहमन्त्री सिटौलालाई दियो । सिटौलाले गिरिजालाई दिए । बाटोमा जोशी फर्कने ४ बजेको समय पर्खेर सुटर र माओवादीहरू जोशीको हत्या गर्न बाटो ढुकेका थिए । तर उनले २ बजे पोखरा पुगेर अर्कै मार्ग (प्लेन) मार्फत फर्केकाले गिरिजाको जोशीको हत्या गर्ने योजना असफल भयो ।
अन्ततः बीपी कोइरालाबाट प्रभावित भएर बीपीको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएका गोविन्दराज जोशीको गिरिजाले भौतिक हत्या गर्न नसकेपछि बीपीकै छोरा डा. शशाङ्क कोइराला महामन्त्री रहेको अवस्थामा कांग्रेसको साधारण सदस्यताबाट निष्कासन गरिए । यसरी घटनाको वृत्तचक्र निर्माण भयो । राजदरबारका तत्कालीन सैनिक सचिव विवेक शाहले जोशीको बारेमा यसरी लेख्छन्— “शेरबहादुरजी बेलायतबाट फर्केलगत्तै राजिनामा मागिएको रहेछ । त्यो बेला थाहा पाएको भए केही गर्न सकिन्थ्यो । म जुनसुकै हालतमा पनि चुनाव गराउने पक्षमा थिएँ ।तर अब जेल पर्ने भइयो । सायद दशैँभर थुन्छ होला । यो बेला कांग्रेस नेता गोविन्दराज जोशी भने दङ्ग पर्नुभएको रिपोर्ट गुप्तचरबाट आएको छ । उहाँले आफ्ना कार्यकर्तासँग हाँस्दै ‘शेरबहादुर र खुमबहादुरले आफूलाई अजम्मरी भन्ने गर्दथे । यो हालत भयो भन्नुभयो’ भन्नुभएको रहेछ ।
तर उहाँले आफैँलाई पनि पत्र काटिँदै छ भन्ने अनुमानसम्म पनि गर्नुभएको छैन होला । विवेक शाहलाई जोशीलाई कारबाही हुँदैछ भन्ने जानकारी पहिला नै कसरी जानकारी भयो ? यसरी गिरिजाप्रसाद कोइरालाले माओवादी र सेनासँग पूर्व नियोजित षड्यन्त्रमार्फत खड्का र जोशीको हत्या गर्नसम्म उत्रिए । कोइरालाहरू कति उपयोगितावादी छन् र प्रयोग गरेपछि आफ्नो बाधक देख्नासाथ कतिसम्म क्रुर अपराध गर्न उद्यत रहन्छन् भन्ने कुरा गिरिजाले जोशी र खड्काको हत्या गर्न रचेको घिनलाग्दो षड्यन्त्रबाट पनि पुष्टि हुन्छ ।
बीपी कोइरालाबाटै गिरिजाले यस्ता षड्यन्त्रहरू सिकेका थिए । टङ्कप्रसादलाई समाप्त गर्न वि.सं. २००७ साल अघि र पछि खेलेको भूमिका, सूर्यप्रसाद उपाध्यायलाई वि.सं. २०१५ सालको चुनाव हराउन खेलेको भूमिका, डिल्लीरमण रेग्मीलाई किनारा लगाउन गरेका बीपीका षड्यन्त्रहरू गिरिजाले नजिकबाट अनुभव गरेका थिए । बीपीको त्यही नीति उनले गणेशमान, कृष्णप्रसाद भट्टराई, खुमबहादुर खड्कादेखि गोविन्दराज जोशीसम्मलाई प्रयोग गरे । गिरिजाले आफ्ना दाजु बीपीबाट लिएको शिक्षा पनि यही हो । ‘रअ’को योजनामा गिरिजासँगै वि.सं. २०३० जेष्ठ २८ गते नेपाल एयरलाइन्सको जहाज अपहरण गर्नेमध्येका अर्का पात्र दुर्गा सुवेदी हुन् ।
बङ्गलादेशमा मुजिव बाहिनी जस्तै नेपालमा ‘रअ’को योजनामा कांग्रेसद्वारा घटाइएको तत्कालीन ओखलढुङ्गा काण्डमा क्षति भयो । यो घटनामा सरकार सफल नभएको भए पूर्वी पाकिस्तानको अवस्थामा लैजाने बीपीको योजना थियो । दुर्गा सुवेदी लेख्छन्– “ओखलढुङ्गा घटनामा क्षति भयो । राम, लक्ष्मण मारिए ।मैले सैन्य तालिम नलिएका उनीहरूलाई नपठाऊँ भनेको थिएँ । बीपीले आफ्नै जिद्दीले गएका हुन् भने ।मैले भने सुजाता, शशाङ्क, शेखर यहाँ पढ्दै छन् । राम, लक्ष्मण मारिए । बीपीले क्रान्तिमा यस्तो हुन्छ ।
मैले भनेँ, त्यसो भए गिरिजा, सुशील र तपाईंहरूका सन्तान नजाने, हामी मर्नुपर्ने ?” उनी अगाडि भन्छन्– “एक दिन बीपीले मलाई थप्पड हाने । त्यो दिन गिरिजा, वसन्त र विनोदको बैठक बसिरहेको रहेछ । उनीहरूको मलाई मार्ने योजना रहेछ । ओखलढुङ्गा काण्डमा खटिएका कार्यकर्ता ढकबहादुरलाई षड्यन्त्रपूर्वक मारिदिएका थिए । उनलाई मार्नुभन्दा पहिला अनुशासनको कारबाही गरियो । पछि उनको लास नेपाल भारत सिमानामा भेटियो । मेरो त्यस्तै अवस्था थियो ।” यसरी हेर्दा गिरिजाले खुमबहादुर र गोविन्दराजको हत्या गर्न खोज्नु नयाँ कुरा होइन रहेछ । ‘रअ’को प्लेन अपहरण गरेर लुटेको पैसाको हिसाबकिताब खोज्न थालेपछि लुटेरामध्येका दुर्गा सुवेदीको हत्या त्यति बेला गिरिजाले गर्न खोजेका रहेछन् । सुवेदी लेख्छन्— “बीपी २०३३ पौष १६ मा नेपाल फर्किएपछि मैले फारवेसगन्जबाट नयाँ नेपाल पुकार पाक्षिक बुलेटिन प्रकाशित गर्न लागे । यो पत्रिका सुरु गरेपछि गिरिजाको निर्देशनमा वि.सं. २०३६ साल फागुन १० गते बिहान १० बजे जोगवनी रेल्वे स्टेशनको पत्रिका पसलमा वसन्त भट्टराई, उमेश गिरीले म (दुर्गा सुवेदी) माथि साङ्घातिक आक्रमण
गरे ।” यसरी ‘रअ’का निर्देशक रामेश्वरनाथ काओको सल्लाहमा जहाज अपहरण गरेर तत्कालीन ३० लाख भारु लुट्नेमा दुर्गा सुवेदी पनि थिए । जब सुवेदीले हिसाबकिताब खोज्न थाले, उनी कोइरालाको निशानामा परे । त्यस्तै संगठनमा राम्रो पकड भएका खुमबहादुर र गोविन्दराज जोशीको प्रयोग सकिएपछि गिरिजाले हत्या गर्न खोजे । यसरी गिरिजाप्रसाद कोइरालाको इतिहासको एउटा वृत्तचक्र पूरा हुन्छ ।
(इन्डिगो इन्क प्रकाशनबाट प्रकाशित किताब बीपी, बाइबल र कांग्रेसबाट)
नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन !
नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन – एस. के. तिमिल्सिना सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधि सभा र...
नेपालमा नागरिकताको व्यापार !
१. विषय प्रवेश नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न प्रतिनिधि सभामा तीन वर्ष ११ महिना दुई दिनसम्म बिचाराधीन विधेयक सरकारले वापस लिएको छ । २०७९ साल असार २४ गते...
नागरिकताको सन्दर्भमा संघिय संंसदका सबै सदस्यहरुलाई खुला पत्र !
– एस. के. तिमिल्सिना माननीय सदस्यहरु, नेपालमा नागरिकता किन विवादित विषय बनिरहेको छ भन्ने बारेमा कानून निर्माताहरुको ध्यानाकर्षण गराउँदै समाधानका उपायहरु सुझाउन चाहन्छु ।राज्य निर्माणका लागि जमिन (भू–भाग) र जनसङ्ख्या दुई...
एसपीपी केपी ओलीकै कारण रोकिएको प्रमाण सहित देवप्रकाश त्रिपाठीले देउवा -प्रचण्डहरुको असलीरुप देखाइदिए !
वरिष्ठ पत्रकार तथा नागरिक अभियान्ता देवप्रकाश त्रिपाठीले परमादेशबाट बनेको शेरबहादुर देउवा सरकारले नेपाललाई बर्वाद पार्ने के कस्तो सम्म हर्कत गर्दै आएको छ भन्ने बिषयमा प्रमाण सहित विशेष खुलासा गरेका...
माधब नेपालले बल्ल सुने एउटा खुसिको खबर !
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको...
भुवन केसीले भोलिबाट एमाले परित्याग गर्ने
कलाकार भुवन केसीले एमाले परित्याग गर्ने भएका छन् । उनले भोलि बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एमाले परित्याग गरेको घोषणा गर्न लागेका हुन् ।उनिसँग...
भागबण्डा नमिलेपछि सहमतिको ‘च्याप्टर क्लोज’ !
केन्द्रमा पाँच दलिए गठबन्धन सहमति बनेपनि सत्तारुढ दलहरु रोल्पामा चुनावी गठबन्धन नहुने निष्कर्षमा पुगेका छन् । जिल्लाका सबै स्थानीय तहमा गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेका उनीहरु भागबण्डामा प्रवेश गरेपछि...
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ :प्रधानमन्त्रि देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्। उनले गठबन्धन तोड्न नहुने बताए। ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,’ नेविसंघको स्थापना दिवसमा आज सम्बोधन गर्दै देउवाले भने, ‘तर गठबन्धन...
ज्योतिषलाई नसोधी पाइलो नचाल्ने देउवा र दशैँको टिका समेत नलाउँने प्रचण्ड विच कस्तो गठबन्धन !
स्थानिय तहको निर्वाचनको लागी सरकारले तोकेको मिती नजिक आइरहेको छ । शहरबजार देखि दूरदराज सम्म सबैलाई चुनावी चटारोले छपक्कै छोपेको छ । अझै पनि तोकिएको मितीमा निर्वाचन हुँदैन की...
७ महिनापछि प्रचण्डले खोले देउवा प्रधानमन्त्रि बन्नुको रहस्य !
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रि बनेको ७ महिना कटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका...
एमाले अझै सशक्त छः देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अझै ससक्त रहेको बताएका छन् । पर्साका निर्वाचित पदाधिकारी र सदस्यहरूको प्रमाणपत्र वितरण कार्यक्रममा काँग्रेस सभापतिसमेत रहेका देउवाले गठबन्धन गरेर चुनावमा जाँदामात्र सफलता प्राप्त...
श्रम मन्त्रालय भन्छ -बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनू
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचिकृत हुन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले सूचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न...
एमसिसी पास गर्ने निर्णय नगरेको भए पार्टीको अस्तित्व नै समाप्त हुने थियो-नेपाल
सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न १२ बुँदे व्याख्यात्मक घोषणामा सहमति नगरेको भए पार्टीको अस्तित्व नै समाप्त हुने बताएका छन्...
माधब नेपालको घोषणा-आगामी चुनाव केपी ओली र गठबन्धनबीच हुँदैछ
सत्तारुढ नेकपा एकीकृत समाजवादीले ओलीविरुद्ध सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएको छ । बुधवार सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन...
एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ-एमाले महासचिव
एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको...
प्रचण्डको असली चरित्र सुर्य थापाले पारिदिए नांगेझार !
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड माथी व्यंग्यात्मक रुपमा कडा प्रहार गरेका छन् । जता पनि ठिक्क हुने...
शेखर कोइरालालाई हराउँन टिम भित्रैका यी मान्छे समेत परिचालित थिए ! पत्याउँनै नसकिने रहस्य खुल्यो
लेखक अर्जुन ज्ञवाली नेपाली काँग्रेसको १४औं महाधिवेशन सेटिङ महाधिवेशनको रूपमा सम्पन्न भएको छ । बाह्य रूपमा शेरबहादुर, प्रकाशमान, शेखर, विमलेन्द्रको उम्मेदवारी भए पनि सबै समूहका सेना र युनिफिकेशन...
सबैको अगाडी रातोपिरो हुने गरि सुवास नेम्वाङलाई ओलीले के गरे त्यस्तो ?
चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा बन्दसत्रको हलले दिएको सर्वाधिकार बमोजिम अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रिय सदस्यको नामावली प्रस्ताव गरिसकेका छन् । ओलीले प्रस्ताव गरेका नाम र...
एमसीसी पास गर्छौ भनेर पत्र लेखेको छैन भन्ने प्रचण्डले पहिला यी प्रश्नको जवाफ दिन सक्छन् ?
प्रधानमन्त्री शेरबहादुर देउवाले भने जस्तो एमसीसी पास गर्छौै भनेर पत्र लेखेको कुरा अस्विकार गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तिर केहि प्रश्न तेर्सिएको छ । पत्रकारिताका विज्ञ समेत रहेका चर्चित...
पूर्वराजा बोलेको भोलीपल्टै बाहिरियो बावुराम र गगन थापानै राजावादी भएको प्रमाण !
अजुर्न ज्ञवाली राजनीतिक दलभित्र विवेकशील कार्यकर्ता भन्दा पनि एनिमल्स फर्मको रुपमा भेँडा जमात जम्मा गरिएको छ । भेँडाहरूलाई जसरी गोठालाले नियन्त्रण गर्दछ । त्यसैगरी नेतृत्वले नियन्त्रण गर्ने गरेको छ ।...