Otv Nepal शुक्रबार, भाद्र १२ २०८३

गोविन्दराज जोशी र खुमबहादुर खड्काको राजनिती समाप्त गर्न गिरिजा कति सम्म गरेका थिए बाहिरियो नालिबेली !

  • otv nepal

    बुधबार, असार २९ २०७९
  • – अर्जुन ज्ञवाली

    २०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर र गोविन्दराजको मुद्दा फिर्ता नगरी कायम नै राखियो । गिरिजाप्रसाद कोइरालाले तत्कालीन अख्तियार प्रमुख इन्द्रमानलाई बोलाएर जोशी र खड्काको मुद्दालाई सर्वाेच्च अदालतमा पुनरावेदनका लागि दर्ता गर्न निर्देशन दिए । विशेष अदालतबाट सफाइ पाएको मुद्दा गिरिजाको पहल र निर्देशनमा पुनरावेदन गरियो । खड्का र जोशी कोइरालाहरूको वंशवादी राजनीतिमा बाधक बन्ने देखिएपछि कांग्रेसको एघारौँ र तेह्रौँ महाधिवेशनमा कोइरालाहरूको प्यानलबाटै बाहिरिए ।

    २०६४ सालको संविधासभा निर्वाचनमा गोविन्दराज जोशी तनहुँ र खुमबहादुर खड्का दाङबाट चुनाव लडे । निर्वाचनका क्रममा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला तनहुँको निरीक्षणमा गए । निरीक्षणका क्रममा उनी जोशीको निवासमा गए । गृहमन्त्री सिटौलालाई गिरिजाप्रसाद कोइरालाले खटाएका थिए । जब गृहमन्त्री सिटौला तनहुँबाट हिँडे, स्थानीय प्रशासनको कार्यशैलीमा परिवर्तन देखिन थाल्यो ।

    गिरिजाको सल्लाहमा सिटौलाले माओवादीमार्फत भिडन्त गराएर जोशीको हत्या गराउने योजना बनाएर फर्किए । माओवादीमा उत्साह थपियो । माओवादीका सुरेश आलेमगर जोशीका प्रतिस्पर्धी थिए । दरबार हत्याकाण्डको समय वि.सं. २०५८ जेठ १९ को समयका प्रधानसेनापति प्रज्न्वलशमशेर जबराका बहिनी ज्वाइँ सदीपबहादुर शाहको घरमा माओवादी नेता सुरेश आलेमगरसहितका अन्य नेताहरू आउने जाने गर्दथे । उनलाई जिताउन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई गिरिजाले पठाउनु र जोशीको हत्या गर्ने षड्यन्त्रभित्र गिरिजाको सेनासँग कहिलेकाहीँ तालमेल थियो भन्ने सहजै अन्दाज गर्न सकिन्छ ।

    यता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा भने पूर्णरूपमा सरकार र माओवादीको पनि सहयोग थियो । तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले रामचन्द्र पौडेल विपक्षी भए पनि राम्रो उम्मेदवार भनेर प्रशंसा गरे । स्मरण रहोस्, २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा हत्याको ५ मिनेटपछि दीपेन्द्रले गराएको भनेर प्रतिक्रिया दिने पौडेल हुन् भने नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन भनेर अर्काे दिन कान्तिपुरमा गणेश चितौरेमार्फत लेख पठाउने बाबुराम भट्टराई हुन् । दुवै दरबार हत्याकाण्डमा सामेल बाहिरी पात्र थिए । चुनाव प्रचारप्रसारका क्रममा तनहुँको थुर्मसेमा गोविन्दराज जोशीविरुद्ध कालो झ्ण्डा माओवादीले प्रदर्शन गर्ने जानकारी जोशीलाई प्रशासकले दियो ।

    तर माओवादीहरू जोशीको हत्या गर्ने उद्देश्यका साथ हतियार सहित उत्रिए । जोशीको घर र गाउँमा माओवादीले हमला गरे । निर्वाचनको अघिल्लो दिन तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले गोविन्दराज जोशीलाई फोन गरेर भने— “मैले खुमबहादुर मन्त्रीजीलाई सम्पर्क गर्न प्रयत्न गरे उहाँँसँग सम्पर्क हुन सकेन । कटवालले राति ८ः०० बजे फोन गरेका थिए । कटवालले जोशीलाई भने— “तपाईंले खुमबहादुर मन्त्रीजीलाई भनिदिनुहोला, तपाईं र खुमबहादुरज्यूको हत्या गर्न काठमाडौँबाट सुटरहरू हिँडेका छन् । म तपाईंहरूको रक्षा गर्न नसक्ने अवस्थामा छु ।

    मैले बचाउन सक्दिनँ । तपाईंहरूले आफ्नो सुरक्षा आफैँ गर्नुहोला । यो सूचना खुमबहादुर मन्त्रीजीलाई पनि दिनुहोला ।” म तपाईंहरूको पक्षमा केही गर्न नसक्ने अवस्थामा छु भन्दै टेलिफोन राखे । तत्पश्चात् गोविन्दरजा जोशीले तुरुन्तै खुमबहादुर खड्कासँग सम्पर्क गरे । प्रधानसेनापति कटवालले दिएको सूचना भने । दाङको सतवरियामा गिरिजाको निर्देशन र कृष्णप्रसाद सिटौला र माओवादीको मिलेमतोमा दाङको सतवरियामा खुमबहादुरमाथि आक्रमण गरियो । खुमबहादुरले ठूलो प्रतिरोध गरे, जहाँ १२ जना माओवादीहरू मारिए । खुमबहादुर खड्काले निर्वाचन हापेर दिल्ली गए । पछि वातावरण सहज भएपछि फर्किए । यता तनहुँको दमौलीमा अपरिचित मानिसको समूह जम्मा हुन लागेपछि गोविन्दराज जोशीले स्थानीय प्रशासनसँग सहयोग मागे । चुनावको दिन जब जोशी घाँसीकुवा गए जोशीसँगको प्रहरी स्कर्टिङले योभन्दा अगाडि जान नदिने आदेश छ भनी रोक्यो । निर्वाचन बुथहरू कब्जा गरेर माओवादी उम्मेदवार सुरेश आलेमगरलाई जिताइयो ।

    यसरी जोशीलाई हराइयो । गोविन्दराज जोशीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग टेलिफोन सम्पर्क गर्न खोज्दा कोइराला सम्पर्कमा आएनन् । गोविन्दराज जोशीको परिवारमाथि आक्रमण प्रयत्न भएपछि परिवारलाई जोशीले काठमाडौँ पठाए । चलाख जोशीले प्रशासनलाई ४ बजे काठमाडौँ फर्कने जानकारी दिए । त्यसपछि जोशी पोखरा गएर २ बजेको प्लेन चढेर काठमाडौँ फर्किए । यसरी नछलेको भए उनको बाटोमै हत्या हुने रहेछ । प्रशासनले ४ बजे फर्कने खबर गृहमन्त्री सिटौलालाई दियो । सिटौलाले गिरिजालाई दिए । बाटोमा जोशी फर्कने ४ बजेको समय पर्खेर सुटर र माओवादीहरू जोशीको हत्या गर्न बाटो ढुकेका थिए । तर उनले २ बजे पोखरा पुगेर अर्कै मार्ग (प्लेन) मार्फत फर्केकाले गिरिजाको जोशीको हत्या गर्ने योजना असफल भयो ।

    अन्ततः बीपी कोइरालाबाट प्रभावित भएर बीपीको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएका गोविन्दराज जोशीको गिरिजाले भौतिक हत्या गर्न नसकेपछि बीपीकै छोरा डा. शशाङ्क कोइराला महामन्त्री रहेको अवस्थामा कांग्रेसको साधारण सदस्यताबाट निष्कासन गरिए । यसरी घटनाको वृत्तचक्र निर्माण भयो । राजदरबारका तत्कालीन सैनिक सचिव विवेक शाहले जोशीको बारेमा यसरी लेख्छन्— “शेरबहादुरजी बेलायतबाट फर्केलगत्तै राजिनामा मागिएको रहेछ । त्यो बेला थाहा पाएको भए केही गर्न सकिन्थ्यो । म जुनसुकै हालतमा पनि चुनाव गराउने पक्षमा थिएँ ।तर अब जेल पर्ने भइयो । सायद दशैँभर थुन्छ होला । यो बेला कांग्रेस नेता गोविन्दराज जोशी भने दङ्ग पर्नुभएको रिपोर्ट गुप्तचरबाट आएको छ । उहाँले आफ्ना कार्यकर्तासँग हाँस्दै ‘शेरबहादुर र खुमबहादुरले आफूलाई अजम्मरी भन्ने गर्दथे । यो हालत भयो भन्नुभयो’ भन्नुभएको रहेछ ।

    तर उहाँले आफैँलाई पनि पत्र काटिँदै छ भन्ने अनुमानसम्म पनि गर्नुभएको छैन होला । विवेक शाहलाई जोशीलाई कारबाही हुँदैछ भन्ने जानकारी पहिला नै कसरी जानकारी भयो ? यसरी गिरिजाप्रसाद कोइरालाले माओवादी र सेनासँग पूर्व नियोजित षड्यन्त्रमार्फत खड्का र जोशीको हत्या गर्नसम्म उत्रिए । कोइरालाहरू कति उपयोगितावादी छन् र प्रयोग गरेपछि आफ्नो बाधक देख्नासाथ कतिसम्म क्रुर अपराध गर्न उद्यत रहन्छन् भन्ने कुरा गिरिजाले जोशी र खड्काको हत्या गर्न रचेको घिनलाग्दो षड्यन्त्रबाट पनि पुष्टि हुन्छ ।

    बीपी कोइरालाबाटै गिरिजाले यस्ता षड्यन्त्रहरू सिकेका थिए । टङ्कप्रसादलाई समाप्त गर्न वि.सं. २००७ साल अघि र पछि खेलेको भूमिका, सूर्यप्रसाद उपाध्यायलाई वि.सं. २०१५ सालको चुनाव हराउन खेलेको भूमिका, डिल्लीरमण रेग्मीलाई किनारा लगाउन गरेका बीपीका षड्यन्त्रहरू गिरिजाले नजिकबाट अनुभव गरेका थिए । बीपीको त्यही नीति उनले गणेशमान, कृष्णप्रसाद भट्टराई, खुमबहादुर खड्कादेखि गोविन्दराज जोशीसम्मलाई प्रयोग गरे । गिरिजाले आफ्ना दाजु बीपीबाट लिएको शिक्षा पनि यही हो । ‘रअ’को योजनामा गिरिजासँगै वि.सं. २०३० जेष्ठ २८ गते नेपाल एयरलाइन्सको जहाज अपहरण गर्नेमध्येका अर्का पात्र दुर्गा सुवेदी हुन् ।

    बङ्गलादेशमा मुजिव बाहिनी जस्तै नेपालमा ‘रअ’को योजनामा कांग्रेसद्वारा घटाइएको तत्कालीन ओखलढुङ्गा काण्डमा क्षति भयो । यो घटनामा सरकार सफल नभएको भए पूर्वी पाकिस्तानको अवस्थामा लैजाने बीपीको योजना थियो । दुर्गा सुवेदी लेख्छन्– “ओखलढुङ्गा घटनामा क्षति भयो । राम, लक्ष्मण मारिए ।मैले सैन्य तालिम नलिएका उनीहरूलाई नपठाऊँ भनेको थिएँ । बीपीले आफ्नै जिद्दीले गएका हुन् भने ।मैले भने सुजाता, शशाङ्क, शेखर यहाँ पढ्दै छन् । राम, लक्ष्मण मारिए । बीपीले क्रान्तिमा यस्तो हुन्छ ।

    मैले भनेँ, त्यसो भए गिरिजा, सुशील र तपाईंहरूका सन्तान नजाने, हामी मर्नुपर्ने ?” उनी अगाडि भन्छन्– “एक दिन बीपीले मलाई थप्पड हाने । त्यो दिन गिरिजा, वसन्त र विनोदको बैठक बसिरहेको रहेछ । उनीहरूको मलाई मार्ने योजना रहेछ । ओखलढुङ्गा काण्डमा खटिएका कार्यकर्ता ढकबहादुरलाई षड्यन्त्रपूर्वक मारिदिएका थिए । उनलाई मार्नुभन्दा पहिला अनुशासनको कारबाही गरियो । पछि उनको लास नेपाल भारत सिमानामा भेटियो । मेरो त्यस्तै अवस्था थियो ।” यसरी हेर्दा गिरिजाले खुमबहादुर र गोविन्दराजको हत्या गर्न खोज्नु नयाँ कुरा होइन रहेछ । ‘रअ’को प्लेन अपहरण गरेर लुटेको पैसाको हिसाबकिताब खोज्न थालेपछि लुटेरामध्येका दुर्गा सुवेदीको हत्या त्यति बेला गिरिजाले गर्न खोजेका रहेछन् । सुवेदी लेख्छन्— “बीपी २०३३ पौष १६ मा नेपाल फर्किएपछि मैले फारवेसगन्जबाट नयाँ नेपाल पुकार पाक्षिक बुलेटिन प्रकाशित गर्न लागे । यो पत्रिका सुरु गरेपछि गिरिजाको निर्देशनमा वि.सं. २०३६ साल फागुन १० गते बिहान १० बजे जोगवनी रेल्वे स्टेशनको पत्रिका पसलमा वसन्त भट्टराई, उमेश गिरीले म (दुर्गा सुवेदी) माथि साङ्घातिक आक्रमण

    गरे ।” यसरी ‘रअ’का निर्देशक रामेश्वरनाथ काओको सल्लाहमा जहाज अपहरण गरेर तत्कालीन ३० लाख भारु लुट्नेमा दुर्गा सुवेदी पनि थिए । जब सुवेदीले हिसाबकिताब खोज्न थाले, उनी कोइरालाको निशानामा परे । त्यस्तै संगठनमा राम्रो पकड भएका खुमबहादुर र गोविन्दराज जोशीको प्रयोग सकिएपछि गिरिजाले हत्या गर्न खोजे । यसरी गिरिजाप्रसाद कोइरालाको इतिहासको एउटा वृत्तचक्र पूरा हुन्छ ।
    (इन्डिगो इन्क प्रकाशनबाट प्रकाशित किताब बीपी, बाइबल र कांग्रेसबाट)

     

    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, कार्तिक २९ २०८२

    ‘ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ’

    पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य...

    प्रकाशित: शुक्रबार, कार्तिक २९ २०८२

    ‘म खुल्ला किताब हुँ, खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन’

    स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, ‘खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’ उनले आफू हरेक कुरामा...

    प्रकाशित: शुक्रबार, माघ ११ २०८१

    रक्सिको तालमा एमाले-काँग्रेशका सासंदले रास्वपा नेताहरुलाइ देशनिकाला गर्नुपर्छ भनेपछि…

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले प्रतिनिधि सभा समितिको बैठकमा आक्रोशपूर्ण रूपमा सत्तारूढ दलका सांसदहरूलाई चेतावनी दिएकी छन्। दाङ र प्यूठानका गुठी पीडित किसानहरूको विषयमा आयोजित कार्यक्रममा...

    प्रकाशित: आइतबार, माघ ६ २०८१

    आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्। मोरङको ग्रामथानमा आयोजित कार्यक्रममा उनले २०७९ मा...

    प्रकाशित: मंगलबार, कार्तिक २० २०८१

    केपी ओली माथी चौतर्फी प्रहार र षड्यन्त्रको नाबिलेली , एमालेका दशौँ लाख कार्यकर्ता प्रतिवादमा उत्रने बेला आयो !

    देशव्यापी एमालेको संगठन छ, बौद्धिक जमातको लावालस्कर छ, झापा बिद्रोह देखि दशौ राष्ट्रिय माहाधिवेशन सम्म आइपुग्दा समयको माग सँगै देशिय बिशिष्टता अनुरुप मार्क्सवादी सिर्जनात्मक प्रयोगमा जनताको बहुदलिय जनवाद र...

    प्रकाशित: बुधबार, साउन २ २०८१

    ‘अब पनि सुध्रिन नसके माओवादी समाप्त हुन्छ’

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले अब पनि माओबादि केन्द्र सुध्रिन नसके माओवादीको युग समाप्त हुने बातएका छन् । उनले भने ‘जनताको समस्या र पार्टीको पुनरुत्थानको बाटोमा हामी...

    प्रकाशित: सोमबार, असार २४ २०८१

    रास्वपालाई प्रश्न :’गोजीमा बोकेको राजीनामा खोइ ?’

    नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक...

    प्रकाशित: बिहिबार, असार २० २०८१

    निशा डाँगिमात्रै मुकुल ढकालको पक्षमा

    राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् । बुधवार मध्यरातसम्म बसेको केन्द्रीय...

    प्रकाशित: सोमबार, जेष्ठ १४ २०८१

    “मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ”

    नेपाल क्रिकट टिमका पुर्बकप्तान सन्दिप लामिछानेले निराशजनक स्टाटस लेखेका छन् । । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्,...

    प्रकाशित: शुक्रबार, कार्तिक १७ २०८०

    सरकारको काम किराना पसले जस्तो भएको रबिन्द्र मिश्रको दाबि

    राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन् । पार्टी प्रशिक्षणका लागी उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको...

    प्रकाशित: बुधबार, कार्तिक १५ २०८०

    केपी ओली र महेश बस्नेतलाई प्रहार गरेर एमाले कमजोर बनाउने षड्यन्त्रको चिरफार, यसकारण जरुरी छ प्रतिरोध !

    पछिल्लो समय जनताको लोकप्रिय पार्टी नेकपा एमालेलाई कसरी बदनाम गर्न सकिन्छ र कसरी कमजोर बनाउँन सकिन्छ भनेर अनेक खाले तिकडम र षड्यन्त्रका तानाबानाहरु बुनिँदै गएको छ । अनेक...

    प्रकाशित: मंगलबार, कार्तिक १४ २०८०

    २५ प्रतिशत घरपरिवार बैंकको ऋणी

    गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा...

    प्रकाशित: बिहिबार, असोज २५ २०८०

    इरानविरुद्ध नेपाल २७४ रनले विजयी

    एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो । नेपालका लागि सुवास भण्डारी...

    प्रकाशित: शनिबार, भाद्र १६ २०८०

    मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने

    मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ ९२० बमोजिमको...

    प्रकाशित: बिहिबार, असार १४ २०८०

    ‘सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्‍यो’

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास...

    प्रकाशित: बुधबार, माघ ४ २०७९

    राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ :काँग्रेश

    नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट...

    प्रकाशित: मंगलबार, साउन १७ २०७९

    नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन !

    नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन – एस. के. तिमिल्सिना सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधि सभा र...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    नेपालमा नागरिकताको व्यापार !

    १. विषय प्रवेश  नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न प्रतिनिधि सभामा तीन वर्ष ११ महिना दुई दिनसम्म बिचाराधीन विधेयक सरकारले वापस लिएको छ । २०७९ साल असार २४ गते...

    प्रकाशित: सोमबार, असार २७ २०७९

    नागरिकताको सन्दर्भमा संघिय संंसदका सबै सदस्यहरुलाई खुला पत्र !

    – एस. के. तिमिल्सिना माननीय सदस्यहरु, नेपालमा नागरिकता किन विवादित विषय बनिरहेको छ भन्ने बारेमा कानून निर्माताहरुको ध्यानाकर्षण गराउँदै समाधानका उपायहरु सुझाउन चाहन्छु ।राज्य निर्माणका लागि जमिन (भू–भाग) र जनसङ्ख्या दुई...

    प्रकाशित: बिहिबार, असार ९ २०७९

    एसपीपी केपी ओलीकै कारण रोकिएको प्रमाण सहित देवप्रकाश त्रिपाठीले देउवा -प्रचण्डहरुको असलीरुप देखाइदिए !

    वरिष्ठ पत्रकार तथा नागरिक अभियान्ता देवप्रकाश त्रिपाठीले परमादेशबाट बनेको शेरबहादुर देउवा सरकारले नेपाललाई बर्वाद पार्ने के कस्तो सम्म हर्कत गर्दै आएको छ भन्ने बिषयमा प्रमाण सहित विशेष खुलासा गरेका...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend