Otv Nepal मंगलबार, साउन १२ २०८३

अमेरिकालेनै डबल रोल खेलेर तालिबानलाई जिताएको खुलासा, सत्य बाहिरिँदा दुनिया चकित

  • otv nepal

    शनिबार, भाद्र ५ २०७८
  • बाहिर हेर्दा अमेरिकासँग सङ्घर्ष गरेजस्तो देखिए पनि भित्रि रुपमा अमेरिकाकै सहयोगमा तालिवानहरूले पुन अफगानिस्तान कब्जा गरेका छन् । नेपालमा जसरी विगतमा भारतीयविस्तारवाद र एकाधिकार पूँजीबादको नारा दिने मोहनबिक्रम सिंह, पुष्पलाल, प्रचण्ड, बाबुरामहरूलाई भारतीय गुप्तचर संस्था रअले संरक्षण गरेको थियो त्यसैगरी अफगानिस्तानमा एकातर्फ तालिवानलाई अमेरिकाले आतङ्ककारी घोषणा गरेको थियो भने अर्को तर्फ हतियार र तालिम दिएर सिआइएले परिचालन गरेको थियो ।

    नेपालमा एकातर्फ माओवादीलाई रअले चक्रटामा तालिम दिएको थियो भने अर्को तर्फ आतङ्ककारी घोषणा गर्दै दिल्लीमा संरक्षण गरेको थियो । यहाँसम्म कि १० वर्षको माओवादी हिंसामा पाँच वर्ष भारतमा हिन्दू नारा दिने आरएसएस र भाजपाको सरकार थियो । अटल बिहारी वाजपेयी भारतका प्रधानमन्त्री थिए । तर हल्ला माओवादीलाई काँग्रेस आइले संरक्षण गरेको भन्ने एकातर्फ थियो भने अर्कोतर्फ भाजपा नेता लालकृष्ण आडवाणिले पशुपतिदेखि तिरुपतिसम्म ‘रेड कोरिडर’ भन्दै चीनले चलाएको भनेर प्रपोगाण्ड गरेका थिए ।

    जसरी तालिवानलाई अमेरिका र सिआइले संरक्षण गरेको थियो । त्यसैगरि कथित माओवादी आतङ्ककारीलाई यूरो–अमेरिकी रणनीतिमा भाजपा तथा रअ त्यो मिसनसँग जोडिएको नेपालको सेनाभित्रको एउटा गिरोहले संरक्षण गरेको थियो । दरबार हत्याकाण्ड हुँदा जसरी रअका प्रमुख पिके हर्मिज थाराकन नेपाली सेनाका सहसेनानी दिलिपशमसेर जबराको विशालनगरस्थित घरमा बसेर काम गरेका थिए ।

    त्यसैगरि दिल्लीको लोदी रोडको रअको हेडक्वाटरमा बसेर डा। बाबुराम भट्टराईले नयाँ कोतपर्वलाई मान्यता दिनुहँुदैन भनेर लेख लेखेर पठाएका थिए भने रअकै मेसिनरी कान्तिपुर प्रकासित गर्न तयारी अवस्थामा थियो र त्यतिबेला सम्पादक थिए युवराज घिमिरे ।

    केहि समयपूर्व अफगानिस्तानमा पूर्व राष्ट्रपति हमिद कारजाइले आफ्नो लामो अन्र्तवार्तामा भनेका छन्, अमेरिकी गुप्तचर सिआइएका अधिकारी र तलिवानी नेताहरू दुवइमा बसेर वार्तालाप गर्ने यता अफगानिस्तानमा लडाउने रु भनेर आपत्ती प्रकट गरेका थिए । तत्पश्चात हमिद कारजाइलाई सत्ताबाट विस्थापित गराएर असरफ घानीलाई सत्तामा ल्याईयो ।

    पूर्व राजा ज्ञानेन्द्रले बङ्गलादेशमा भएको सार्क सम्मेलनमा आतङ्कवाद जुनसुकै रुप र रङ्गमा भए पनि आतङ्कवादनै हो । त्यसको कुनै जात र धर्म हुँदैन भनेर भारतले माओवादी आतङ्ककारीलाई संरक्षण गरेको संकेत गरेपछि यूरो–अमेरिकी रणनीतिमा नेपालमा राजतन्त्र विरुद्ध आफैंले आतङ्ककारी घोषणा गरेको माओवादी र सात दलबीच दिल्लीमा रअले १२ बुँदे सम्झौता गरायो । पेन्सिलले ड्राफ्ट गरेर रअले पठाइदिएको १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेको कुरा नारायणमान बिजुक्क्षेले खुलासा गरिसकेका छन्

    जब अफ्गानिस्तानबाट अमेरिकाले छोडेर जाने घोषणा तालिवानसँग सल्लाह गरेर गर्यो, अमेरिकी सैनिक क्याम्पलाई बाहिरबाट सुरक्षा दिएर बसेको अफगानी सेनालाई थाहै नदिई अमेरिकी सेनाले क्याम्प छोड्यो । क्याम्प छोड्दा आधा हतियार त्यही छोडिदियो । जुन हतियार बोकेर अहिले तालिवानीहरूले अफ्गानिस्तानको राजधानी काबुल कब्जा गर्न सफल भए । यसरी अमेरिका आफैँ धामी, र झाँक्रि बनेर खेलिरहेको छ ।

    नेपालमा राजाले कदम चाल्दा सेनाले सब ठिक छ सरकार भने । जब युरो–अमेरिकी योजनामा भारतको सहयोगमा आन्दोलन अगाडि बढ्यो उक्त आन्दोलन नचर्कंदासम्म कमल थापा तत्कालीन सेनापति प्यारजङ्ग थापाहरू ठिक छ नियन्त्रणमा छ सरकार भन्दै अल्मलाइरहे र अन्त्यमा जब आन्दोलन उत्कर्षमा पुग्यो सकिँदैन भन्ने जवाफ सेनाले दियो ।

    जसरी कम्बोडियामा राजा नरोद्दम सिंहानुकलाई हटाउन लोन नोलले नेतृत्व गरेको सेना सिआइएको योजनामा तयार थियो त्यसैगरि राजा विरेन्द्रको हत्या गरेको राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्थ सेनामा सिमित कथित नेपाली सेना नेपालमा राजा हटाउन तयार भयो ।सन् १९६० को दशकसम्म अफगानिस्तान शान्त र सम्मुन्नत मूलुक थियो ।

    अमेरिकी योजनामा दरबारी भारदार राजा जाहिर शाहका ज्वाइँ दाउदलाई प्रयोग गरेर सेनाको सहयोगमा जाहिर शाहलाई विस्थापन गरियो । सिआइएको योजनामा स्थापित दाउदको सत्ता विस्थापन गर्न तत्कालीन सोभियत संघले सैन्य हस्तक्षेप ग¥यो । डेढ लाख रुसी सेनाको सहयोगमा बाबरा कर्मालको कम्युनिष्ट सत्ता आयो । रुस नियन्त्रित सत्ता विस्थापन गर्न सिआइएले तालिवान खडा गरे ।

    नेपालका माओवादीले दाङको संस्कृत विश्व विद्यालयमा रहेको ४५० वर्ष पूरानो हस्त लिखित संस्कृत ग्रन्थ जलाए जस्तै तालिवानले १८०० वर्ष पूरानो बामियानमा रहेको बुद्ध मुर्ती तोडे । चीन र रुसलाई लक्षित गरेर आफ्नै सेना राख्ने योजना अनुरुप अमेरिकाले तालिवान विस्थापन गर्यो र अमेरिकन नागरिक कार्जाइलाई राष्ट्रपति बनायो ।

    जाहिर शाह र ज्ञानेन्द्र शाहको समानता
    तालिवानको विस्थापन पछि अमेरिकाले जाहिर शाहलाई राजा हुन भन्यो । अफ्गानिस्थानका पूर्व राजा जाहिर शाहले सिआइएको त्यो प्रस्ताव अश्विकार गरे । नेपालमा राजा ज्ञानेन्द्रलाई सिआइए र रअको एजेण्ट बनिसकेका तत्कालीन सेनापति रुकमाङ्गद कटवालले बेबि किङको प्रस्ताव पठाए भने रअका एजेण्ट बनिसकेका बाबुराम मार्फत् सांस्कृतिक राजाको एजेण्डा फाले । जसलाई पूर्व राजा ज्ञानेन्द्रले अस्विकार मात्र गरेनन् आफू मातृभूमि छोडेर नजाने घोषणा पनि गरे ।

    यो अवस्था पछि जसरी अफगानिस्तानमा राजा जाहिर शाहको राजपरिवार भित्रै ज्वाइँ दाउदले सत्ता लिएपछि राजा जाहिर शाह देश छोड्न बाध्य भए । सिआइए र रअद्वारा पालित पोषित राजा ज्ञानेन्द्रका पूर्व र वर्तमान सचिवहरू भारदारहरू, मण्डलेहरू, अमेरिकनले पालेका सेनाका पूर्व सेनापति जनरलहरू राजा ज्ञानेन्द्रलाई दलाइ लामा जस्तै बनाउन क्रियाशील छन् ।

    आरएसएससँग जोडिएर हिन्दू राजा र राजतन्त्रका कुरा गर्नेहरू ज्ञानेन्द्रलाई दलाइ लामा बनाउने अफगानि सस्करणका नयाँ दाउदहरू हुन् भने माओवादी भनेको सिआइएका तालिवान जस्तै हुन् । जसरी जाहिर शाहले राजा हुन नमानेर बुद्धि पु¥याएको थिए भन्ने कुरा तालिवानद्वारा अफगानिस्तान कब्जा गराउने अमेरिकी योजनाले प्रमाणित गरायो । त्यसैगरि राजा ज्ञानेन्द्रले बेबि किङ र सांस्कृतिक राजा अस्विकार गरेको र गर्दै आएको दुर्गामी निर्णयको परिणाम हामीले देखिरहेका छौ र अझै देख्ने छौ ।

    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, कार्तिक २९ २०८२

    ‘ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ’

    पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य...

    प्रकाशित: शुक्रबार, कार्तिक २९ २०८२

    ‘म खुल्ला किताब हुँ, खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन’

    स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, ‘खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’ उनले आफू हरेक कुरामा...

    प्रकाशित: शुक्रबार, माघ ११ २०८१

    रक्सिको तालमा एमाले-काँग्रेशका सासंदले रास्वपा नेताहरुलाइ देशनिकाला गर्नुपर्छ भनेपछि…

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले प्रतिनिधि सभा समितिको बैठकमा आक्रोशपूर्ण रूपमा सत्तारूढ दलका सांसदहरूलाई चेतावनी दिएकी छन्। दाङ र प्यूठानका गुठी पीडित किसानहरूको विषयमा आयोजित कार्यक्रममा...

    प्रकाशित: आइतबार, माघ ६ २०८१

    आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्। मोरङको ग्रामथानमा आयोजित कार्यक्रममा उनले २०७९ मा...

    प्रकाशित: मंगलबार, कार्तिक २० २०८१

    केपी ओली माथी चौतर्फी प्रहार र षड्यन्त्रको नाबिलेली , एमालेका दशौँ लाख कार्यकर्ता प्रतिवादमा उत्रने बेला आयो !

    देशव्यापी एमालेको संगठन छ, बौद्धिक जमातको लावालस्कर छ, झापा बिद्रोह देखि दशौ राष्ट्रिय माहाधिवेशन सम्म आइपुग्दा समयको माग सँगै देशिय बिशिष्टता अनुरुप मार्क्सवादी सिर्जनात्मक प्रयोगमा जनताको बहुदलिय जनवाद र...

    प्रकाशित: बुधबार, साउन २ २०८१

    ‘अब पनि सुध्रिन नसके माओवादी समाप्त हुन्छ’

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले अब पनि माओबादि केन्द्र सुध्रिन नसके माओवादीको युग समाप्त हुने बातएका छन् । उनले भने ‘जनताको समस्या र पार्टीको पुनरुत्थानको बाटोमा हामी...

    प्रकाशित: सोमबार, असार २४ २०८१

    रास्वपालाई प्रश्न :’गोजीमा बोकेको राजीनामा खोइ ?’

    नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक...

    प्रकाशित: बिहिबार, असार २० २०८१

    निशा डाँगिमात्रै मुकुल ढकालको पक्षमा

    राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् । बुधवार मध्यरातसम्म बसेको केन्द्रीय...

    प्रकाशित: सोमबार, जेष्ठ १४ २०८१

    “मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ”

    नेपाल क्रिकट टिमका पुर्बकप्तान सन्दिप लामिछानेले निराशजनक स्टाटस लेखेका छन् । । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्,...

    प्रकाशित: शुक्रबार, कार्तिक १७ २०८०

    सरकारको काम किराना पसले जस्तो भएको रबिन्द्र मिश्रको दाबि

    राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन् । पार्टी प्रशिक्षणका लागी उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको...

    प्रकाशित: बुधबार, कार्तिक १५ २०८०

    केपी ओली र महेश बस्नेतलाई प्रहार गरेर एमाले कमजोर बनाउने षड्यन्त्रको चिरफार, यसकारण जरुरी छ प्रतिरोध !

    पछिल्लो समय जनताको लोकप्रिय पार्टी नेकपा एमालेलाई कसरी बदनाम गर्न सकिन्छ र कसरी कमजोर बनाउँन सकिन्छ भनेर अनेक खाले तिकडम र षड्यन्त्रका तानाबानाहरु बुनिँदै गएको छ । अनेक...

    प्रकाशित: मंगलबार, कार्तिक १४ २०८०

    २५ प्रतिशत घरपरिवार बैंकको ऋणी

    गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा...

    प्रकाशित: बिहिबार, असोज २५ २०८०

    इरानविरुद्ध नेपाल २७४ रनले विजयी

    एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो । नेपालका लागि सुवास भण्डारी...

    प्रकाशित: शनिबार, भाद्र १६ २०८०

    मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने

    मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ ९२० बमोजिमको...

    प्रकाशित: बिहिबार, असार १४ २०८०

    ‘सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्‍यो’

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास...

    प्रकाशित: बुधबार, माघ ४ २०७९

    राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ :काँग्रेश

    नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट...

    प्रकाशित: मंगलबार, साउन १७ २०७९

    नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन !

    नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन – एस. के. तिमिल्सिना सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधि सभा र...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    गोविन्दराज जोशी र खुमबहादुर खड्काको राजनिती समाप्त गर्न गिरिजा कति सम्म गरेका थिए बाहिरियो नालिबेली !

    – अर्जुन ज्ञवाली २०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    नेपालमा नागरिकताको व्यापार !

    १. विषय प्रवेश  नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न प्रतिनिधि सभामा तीन वर्ष ११ महिना दुई दिनसम्म बिचाराधीन विधेयक सरकारले वापस लिएको छ । २०७९ साल असार २४ गते...

    प्रकाशित: सोमबार, असार २७ २०७९

    नागरिकताको सन्दर्भमा संघिय संंसदका सबै सदस्यहरुलाई खुला पत्र !

    – एस. के. तिमिल्सिना माननीय सदस्यहरु, नेपालमा नागरिकता किन विवादित विषय बनिरहेको छ भन्ने बारेमा कानून निर्माताहरुको ध्यानाकर्षण गराउँदै समाधानका उपायहरु सुझाउन चाहन्छु ।राज्य निर्माणका लागि जमिन (भू–भाग) र जनसङ्ख्या दुई...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend