अजुर्न ज्ञवाली
राजनीतिक दलभित्र विवेकशील कार्यकर्ता भन्दा पनि एनिमल्स फर्मको रुपमा भेँडा जमात जम्मा गरिएको छ । भेँडाहरूलाई जसरी गोठालाले नियन्त्रण गर्दछ । त्यसैगरी नेतृत्वले नियन्त्रण गर्ने गरेको छ ।
यो भन्दा भेँडाहरूलाई तितो लाग्नसक्छ । नेकपा विभाजनपछि एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने क्रममा गणतन्त्रका महिसा बन्ने होड चलेको छ ।
कुनै समय भारतमा बसेर नेपालमा भारतीय विस्तारवादविरुद्ध सुरुङ युद्ध गर्ने घोषणाका साथ भेँडाहरूलाई बंकर खन्न लगाएका प्रचण्ड राष्ट्रवादीसँग कार्यगत एकताको नारा दिएर चोर ढोकाबाट दरबार पस्न खोजेका थिए ।
तर दरबारको इन्डो पश्चिमी केन्द्रले उनलाई छिर्न नदिएपछि चुनवाङ बैठकमार्फत् लोकतान्त्रिक गणतन्त्रको नारा लिएर दिल्ली पुगे । तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पाँच दलको आन्दोलनबाट हात झिकेर प्रतिगमन आधा सच्चिएको भन्दै देउवा सरकारमा सामेल मात्रै भएनन् । आफ्नै आमाको क्रिया नगरी दरबारले मागेको प्रधानमन्त्रीको निवेदनमा दरखास्त हाल्न पुगे ।
अर्का गणतन्त्रका मसिहा हुँ भन्ने डा बाबुराम भट्टराईले गणतन्त्र घोषणा पूर्व कान्तिपुर टेलिभिजनको स्व। इन्द्र लोहनीलाई दिएको बहस कार्यक्रममा साँस्कृतिक राजा राख्न सकिने घोषणा गरे । यी सबै घटनाक्रमहरू रेकर्डमा रहेका छन् । तर, भेँडाहरू यिनैलाई महान गणतन्त्रवादी भन्दै हिँडिरहेका छन् ।
राजा महेन्द्रको पूर्व भ्रमणमा ओखलढुंगा पुग्दा रुखमा राम्रो गरी गीत र मादल बजाएको केटाबाट प्रभावित भएर नारायणहिटी ल्याए र उनको नाम रुकमाङगद कटवाल राखिदिए । नेपाली सेनाको कर्णेलबाटै अवकाश हुन लागेका उनलाई रत्नराज्यलक्ष्मी देवी शाहको निर्देशनमा उमेर सच्याएर बढुवा गरिएको कुरा विवेक शाहले ‘मैले देखेको दरबार’मा लेखेका छन् ।
उनै कटवाल सेनापति हुँदा बेबी किङको एजेन्डा बनेकोर अमेरिकी योजनामा राजालाई गलाउन कम्मर कसेर लागे । अन्ततः आफ्नो आत्मकतथा पुस्तक प्रकाशन गर्दै लाजै नमानी गणतन्त्र मैले ल्याएको हुँ भनेर लेखे । यतिमात्र कहाँ हो र ? पुष्पलाल अध्ययन प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई जस्ताले पनि आफूले भारतमा माक्र्सवादी पार्टीसँग कुरा गरेर चीनलाई मिलाएर गणतन्त्र ल्याएको हुँ भनेर अन्तर्वार्ता नै दिए ।
यस प्रकारका गणतन्त्रवादीहरू अहिले भेँडाजस्तै गल्ली गल्लीमा छन् अर्कोतर्फ महाराजको जय होस् भन्दै राजतन्त्रको चर्को वकालत गर्ने तत्कालिन प्रधानसेनापति प्यारजङ थापादेखि राजाको प्रत्यक्ष शासन कालका गृहमन्त्री कमल थापा र स्वयं राजदरबारका राजा ज्ञानेन्द्रका सचिव र कारिन्दाहरू राजतन्त्रको व्यानरका गणतन्त्रवादी थिए ।
तर भेँडाहरू तिनैलाई राजावादी भन्दै हिँडिरहेका छन् । २०७२ को गणतान्त्रिक संविधानलाई संसारको उत्कृष्ट संविधान भन्ने कमल थापा, गणतन्त्र मैले ल्याएँ भन्ने रुकमाङगद कटवाल कर्णाली मुक्ति मोर्चा खोलेर सिआइएको काम गर्ने नेपाल एकीकरणमा आफ्नो राज्य गुमेको बदला लिन हिँडेका पात्रदेखि माओवादीलाई १४ अर्ब युरोपियन चर्चको सहयोग जुटाउने म नै हुँ भन्दै अन्तर्वार्ता दिइरहेका स्वयं माओवादीद्वारा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य बनाइएका चर्च मण्डलीका अध्यक्ष केबी रोकायदेखि ं२५ समूह राजावादी आवरणका गणतन्त्रवादीहरू हुन् ।
२०६४ सालमा गिरिजाप्रसाद कोइरालाले कोइराला निवास बिराटनगरबाट मदन भण्डारी, गगन थापा र नरहरि आचार्य दरबारिया हुन् भनेको रेकर्डमा छ । त्यसैगरी सैनिक जनरल कुमार फुदुङ, पूर्व अञ्चलाधिश सूर्यबहादुर सेन ओली पनि माओवादी र गणतन्त्रवादी हिजो यिनीहरू नै कट्टर राजावादी । कोमल ओली, बृजेशकुमार गुप्ता, हृदयेश त्रिपाठी मधेशवादी आवरणमा राजावादी, गणतन्त्रवादी । तर भेँडाहरू आफ्नो विवेकभन्दा गोठालाको निर्देशनमा व्यर्थको बहस गरिरहेका छन् ।
यसकारण गणतन्त्र सेनाले ल्याएको हो
सत्य तीतो हुन्छ र तीतो यथार्थ हुन्छ । ०६१/०६२ मा नेपालका लागि भारतीय राजदूत रहेका पूर्व भारतीय विदेश सचिव श्यामशरणले आफ्नो पुस्तकमा गणतन्त्रका लागि नेपालको सेनालाई आफूले दबाव दिएर कन्भिन्स गरेको खुलासा गरे ।
अर्कोतर्फ अमेरिकी योजनाको बेबिकिङ सेनाको तर्फबाट तत्कालिन प्रधानसेनापति कटवालले बोकेको प्रस्ताव र अर्कोतर्फ बाबुराम भट्टराईमार्फत् भारतीय खुफिया एजेन्सी रअद्वारा प्रस्तावित बोल्न लगाइएको साँस्कृतिक राजा शानदार रुपमा राजा ज्ञानेन्द्रले अस्वीकार गरेका थिए । यसको इतिहासले अवश्य पनि मूल्यांकन गर्नेछ । यसकारण गणतन्त्र सेनाले नै ल्याएको हो ।
बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओलीले गणतन्त्रको नारा दिनेहरूलाई व्यङ्ग्य गरेका थिए जुन कुरा रेकर्डमा छ । यतिबेला तिनै ओली नारायणहिटी अगाडि आमसभा गरेर गणतन्त्रको मसिहा बन्न खोज्दैछन् ।
जेलमा बसेर जेलका राजनीतिक कर्मीहरूको गतिविधिको सूचना तत्कालिन पञ्चायती सरकारलाई बुझाउने ओली पनि अहिले ठूला गणतन्त्रवादी बनेका छन् । साँस्कृतिक राजा राख्न सकिन्छ भन्ने बाबुराम, दरबारले नपत्याएपछि दिल्ली पुगेका नन्दप्रसाद अधिकारीको लास जलाउन नसक्ने, पशुपतिको पुजारी हटाउन नसक्ने प्रचण्ड, दरबारमा निवेदन हाल्ने माधव नेपाल, पहिलो राष्ट्रपतिको आशा राखेका गिरिजा यी कोही पनि गणतन्त्रवादी होइनन् ।
नरपशुको रुपमा परिणत भएका भेँडाहरूले एक पटक विवेक प्रयोग गरेर समिक्षा गर । गणतन्त्र दरबार हत्याको जिम्मा हाम्रो होइन भन्ने तत्कालिन प्रधानसेनापति प्रज्वलसमशेर जबरा, गणतन्त्र मैले ल्याएँ भनेर पुस्तक लेख्ने रुकमाङगद कटवाल हुन् वा श्याशरण र भारतको दबावमा सरकार छोडिबक्स्योस् भन्ने तत्कालिन प्रधानसेनापति प्यारजङ थापा पनि निमित्त पात्र मात्रै हुन् ।
गणतन्त्र अफगानिस्तान र कम्बोडियामा जसरी सेनाले बेइमानी गरेपछि अमेरिकी योजनामा आएको थियो । नेपालमा त्यसैगरी सेनाले बेइमानी गरेपछि भारत र अमेरिकी योजनामा आयो । अहिले इन्डो अमेरिकी रणनीतिमा राजतन्त्र पुनस्र्थापना सम्भव छैन । किनभने चीनको उपस्थिति पछिल्लो चरणमा अत्यन्त सशक्त बनेर गएको छ ।
नेपालको पछिल्लो इतिहासमै लोकप्रिय रहेका राजा वीरेन्द्रलाई पनि चीनले कम्बोडिया या लाओसको मोडलमा जान सुझाएको थियो । त्यो भन्दा पहिला नै देशी विदेशी षड्यन्त्रद्वारा विरेन्द्रको वंश विनाश गरियो । यो अवस्थामा राजाको स्पेश राजनीतिक रुपमा सेफल्यान्डिङका लागि नरोद्दम सिंहानुक या लाओस्को मोडलभन्दा बाहिर सम्भव नै छैन ।
अहिले राजतन्त्रको पुनस्र्थापनाका कुरा गर्ने गणतान्त्रिक संविधानको सपथ खाएका मण्डलेहरू हुन् या सडकमा हसिँया हथौडा र सूर्यको झण्डा बोकेर लाल ताण्डव देखाइरहेका राता मण्डलेहरू एउटै हुन् ।
हो, अहिले जसले राजा फाले उनीहरूलाई राजाको आवश्यकता पर्नसक्छ । तर त्यो इन्डो अमेरिकी योजनामा सम्भव छैन भन्ने कुरा भर्खरै बर्मामा चीनको सहयोगमा भएको सैनिक कारबाहीबाट पनि पाठ सिक्दा हुनेछ । सबैलाई चेतना भया ।
‘ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ’
पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य...
‘म खुल्ला किताब हुँ, खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन’
स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, ‘खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’ उनले आफू हरेक कुरामा...
रक्सिको तालमा एमाले-काँग्रेशका सासंदले रास्वपा नेताहरुलाइ देशनिकाला गर्नुपर्छ भनेपछि…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले प्रतिनिधि सभा समितिको बैठकमा आक्रोशपूर्ण रूपमा सत्तारूढ दलका सांसदहरूलाई चेतावनी दिएकी छन्। दाङ र प्यूठानका गुठी पीडित किसानहरूको विषयमा आयोजित कार्यक्रममा...
आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ :प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्। मोरङको ग्रामथानमा आयोजित कार्यक्रममा उनले २०७९ मा...
केपी ओली माथी चौतर्फी प्रहार र षड्यन्त्रको नाबिलेली , एमालेका दशौँ लाख कार्यकर्ता प्रतिवादमा उत्रने बेला आयो !
देशव्यापी एमालेको संगठन छ, बौद्धिक जमातको लावालस्कर छ, झापा बिद्रोह देखि दशौ राष्ट्रिय माहाधिवेशन सम्म आइपुग्दा समयको माग सँगै देशिय बिशिष्टता अनुरुप मार्क्सवादी सिर्जनात्मक प्रयोगमा जनताको बहुदलिय जनवाद र...
‘अब पनि सुध्रिन नसके माओवादी समाप्त हुन्छ’
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले अब पनि माओबादि केन्द्र सुध्रिन नसके माओवादीको युग समाप्त हुने बातएका छन् । उनले भने ‘जनताको समस्या र पार्टीको पुनरुत्थानको बाटोमा हामी...
रास्वपालाई प्रश्न :’गोजीमा बोकेको राजीनामा खोइ ?’
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक...
निशा डाँगिमात्रै मुकुल ढकालको पक्षमा
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् । बुधवार मध्यरातसम्म बसेको केन्द्रीय...
“मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ”
नेपाल क्रिकट टिमका पुर्बकप्तान सन्दिप लामिछानेले निराशजनक स्टाटस लेखेका छन् । । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्,...
सरकारको काम किराना पसले जस्तो भएको रबिन्द्र मिश्रको दाबि
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन् । पार्टी प्रशिक्षणका लागी उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको...
केपी ओली र महेश बस्नेतलाई प्रहार गरेर एमाले कमजोर बनाउने षड्यन्त्रको चिरफार, यसकारण जरुरी छ प्रतिरोध !
पछिल्लो समय जनताको लोकप्रिय पार्टी नेकपा एमालेलाई कसरी बदनाम गर्न सकिन्छ र कसरी कमजोर बनाउँन सकिन्छ भनेर अनेक खाले तिकडम र षड्यन्त्रका तानाबानाहरु बुनिँदै गएको छ । अनेक...
२५ प्रतिशत घरपरिवार बैंकको ऋणी
गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा...
इरानविरुद्ध नेपाल २७४ रनले विजयी
एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो । नेपालका लागि सुवास भण्डारी...
मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने
मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ ९२० बमोजिमको...
‘सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्यो’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास...
राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ :काँग्रेश
नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट...
नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन !
नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन – एस. के. तिमिल्सिना सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधि सभा र...
गोविन्दराज जोशी र खुमबहादुर खड्काको राजनिती समाप्त गर्न गिरिजा कति सम्म गरेका थिए बाहिरियो नालिबेली !
– अर्जुन ज्ञवाली २०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर...
नेपालमा नागरिकताको व्यापार !
१. विषय प्रवेश नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न प्रतिनिधि सभामा तीन वर्ष ११ महिना दुई दिनसम्म बिचाराधीन विधेयक सरकारले वापस लिएको छ । २०७९ साल असार २४ गते...
नागरिकताको सन्दर्भमा संघिय संंसदका सबै सदस्यहरुलाई खुला पत्र !
– एस. के. तिमिल्सिना माननीय सदस्यहरु, नेपालमा नागरिकता किन विवादित विषय बनिरहेको छ भन्ने बारेमा कानून निर्माताहरुको ध्यानाकर्षण गराउँदै समाधानका उपायहरु सुझाउन चाहन्छु ।राज्य निर्माणका लागि जमिन (भू–भाग) र जनसङ्ख्या दुई...