Otv Nepal बिहिबार, साउन १४ २०८३

मदन भण्डारी र राजा विरेन्द्र सिध्याउँने शक्ति सँग माधव नेपालको साँठगाँठ, यसरी खुल्यो रहस्यको पोको

  • otv nepal

    बुधबार, भाद्र १६ २०७८
  • अर्जुन ज्ञवाली

    क्रिश्चियन साँस्कृतिक साम्राज्यवाद सीधा बाटो नभएर षड्यन्त्र गर्दै प्रवेश गर्दछ । नेपालमा पछिल्लो चरणमा उनीहरू कम्युनिष्ट ब्यानरभित्र माक्र्सवार्द, माओवादका नाममा क्रियाशील रहे । दार्जिलिङलाई केन्द्र मानेर नेपाल आएका निर्मल लामामार्फत् कम्युनिष्ट आवरणमा प्रवेश गरेको इशाइत्व माओवाद र जातिवादमा मात्रै सीमित रहेन ।

    तत्कालिन नेकपा मालेभित्र पद्मरत्न तुलाधर र माधव नेपालमार्फत् क्रियाशील रहे । पछिल्लो चरणमा नेकपा एमालेबाट २० प्रतिशत केन्द्रीय सदस्यका साथमा चोइटिएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेका छन् । यो उनका आवश्यकता नभएर बाध्यता हो । विशेष गरेर पञ्चायतकालदेखिनै दरबारको रोयल इन्टेलिजेन्स ब्यूरोमा काम गर्ने प्रदीप नेपाल र दामोदर समशेर राणा परिवारसँग जोडिएका बाबु मंगलप्रसाद नेपालका छोरा माधवकुमार नेपालको भूमिका शंकास्पद नै थियो ।

    युरोपियन युनियन र दक्षिण कोरियाको युनिफिकेशन चर्चसँग सम्बद्ध इन्टरफेथ समूहको सल्लाहमा माधव नेपालले नयाँ पार्टी बनाएका छन् । इन्टरफेथ समूहको काम दक्षिण कोरियाको युनिफिकेशन चर्चको नीतिअनुसार काम गर्नु हो । यही समूहले विगतमा एकनाथ ढकाललाई नेपाल परिवार दल खोल्न लगाएको थियो । उनको पार्टी नचलेपछि माओवादी र एमाले एकीकरण भइसकेपछिको नेकपामा बिलिन भएका थिए ।

    उनी पनि यो समूहसँग आवद्ध भएका छन् । युनिफिकेशन चर्चको अन्तर्राष्ट्रिय सञ्चालक समितिमा एकनाथ ढकाल रहेका छन् । उनकै नेतृत्वमा विगतमा काठमाडौंमा बिर्यपान –होली वाइन कार्यक्रम भएको थियो । त्यस कार्यक्रमका प्रमुख माधव नेपाल थिए ।

    युनिफिकेशन चर्चमार्फत् सञ्चालित इन्टरफेथ समूहका मुख्य नेतृत्वकर्ता तथा संरक्षकको रूपमा माधव कुमार नेपाल रहँदै आएका छन् । यो संस्थासँग शेरबहादुर देउवा पनि आफ्ना पारिवारिक सदस्यहरूमार्फत् जोडिँदै आइरहेका छन् । माओवादीमार्फत् युरोपियन मोडलमा क्रिश्चियन एजेन्डाहरू थोपरिए पनि त्यो बदनाम हुँदै गयो ।

    मोहन वैद्य, बाबुराम भट्टराईमार्फत् कम्युनिष्ट ब्यानरका नेतृत्वबाट क्रिश्चियन पार्टी स्थापना गर्ने योजना असफल भयो । यतिबेला मोहन वैद्य अस्तित्व विहीन छन् भने बाबुराम भट्टराईको क्रिश्चियन पार्टी नयाँ शक्ति नचलेपछि उपेन्द्र यादवसँग जोडिएका छन् ।

    काँग्रेसभित्र विशेष गरेर काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईबाट प्रभावित कार्यकर्ताहरूले हिन्दू राष्ट्रको एजेन्डा उठाउँदै जानु नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनको अयोध्यापुरी राम जन्मभूमि भएको मुद्दा स्थापित गर्नु पश्चिमाहरूका लागि टाउको दुखाइको विषय थियो । मदन भण्डारी र राजा वीरेन्द्रको हत्या तथा दश वर्ष माओवादी हिंसा चलाएर चर्च विस्तार गरेको युरो अमेरिकी गिरोह यतिबेला जनस्तरबाटै नेपालको मौलिक धर्म संस्कृतिको पक्षमा जनमत उठेपछि तिलमिलाउन पुगेको छ ।

    ततपश्चात् चर्चले तत्कालिन नेकपामा माधव नेपाल र पुष्पकमल दाहाललाई एक ठाउँमा ल्यायो । केपी ओलीलाई विस्थापित गरेर पार्टी कब्जा गर्ने पर्यन्त गरे । यो अवस्थामा ओलीलाई छुट्टै पार्टी बनाउन संसदीय दलमा ४० प्रतिशत पुगे पनि केन्द्रीय समितिमा नपुग्ने थियो । ऋषि कट्टेलको नेकपा नाममा आफ्नो दाबी र एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको फैसलामार्फत् ब्यूतिएपछि केपी ओली र नेकपा एमालेलाई राहत हुन गयो ।

    त्यसपछि माधव नेपालमार्फत् युरोपियन युनियन र युनिफिकेशन चर्चले एमालेभित्रै ओलीलाई अल्पमतमा पारेर पार्टी कब्जा गर्ने प्रयत्न निरन्तर गरिरह्यो । राजनीतिका चतुर खेलाडी केपी ओलीले यो कुरा राम्रोसँग बुझेपछि पार्टीका संरचनाहरू फेरबदल गर्दै अघि बढाए । यो अवस्थामा युनिफिकेशन चर्चको माधव नेपालमार्फत् एमाले कब्जा गर्ने याजना असफल भयो ।

    उनीहरूले माधव नेपाललाई नयाँ पार्टी खोल्न निर्देशन दिए । पार्टी घोषणाको नेपालको कार्यपत्रमा सबैभन्दा पहिला ओलीले पशुपतिनाथमा चढाएको सुनको जलहरी र अयोध्यापुरीको राम जन्मभूमिमाथि आक्रमण गरेर आफू युनिफिकेशन चर्चको मिशनमा प्रविबद्ध रहेको सन्देश माधव नेपालले शुरुमै प्रभाहित गरेका छन् । स्मरण रहोस्, यो दस्तावेज लेख्ने घनश्याम भुसाल अहिले ओलीतिरै लागेका छन् ।

    राष्ट्रपतिमार्फत् संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा बहस चलिरहेको अवस्थामा युरो अमेरिकी रणनीतिमा पूर्व सेनापति रुकमाङगद कटवालले आफूलाई विदेशीको समर्थन रहने र तपाईंलाई पनि सहयोग हुने हुनाले विद्या भण्डारीलाई हटाएर आफूलाई राष्ट्रपति बनाउन प्रस्ताव ओलीसँग गरे । निर्वतमान प्रधानसेनापति पूर्णचन्द्र थापाले ६ महिना आफ्नो म्याद थप गर्न प्रस्ताव गरे ।

    युरो–अमेरिकी रणनीतिमा सेनामार्फत् आएका यी दुवै प्रस्ताव तत्कालिन प्रधानमन्त्री ओलीले अस्वीकार गरे । ततपश्चात् अब केपी ओलीलाई प्रयोग गर्न नसकिने निश्कर्षमा पुगेपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा पटक पटक वार्तालापमा बसे र २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेशको फैसलासहित कु गरियो । यहाँसम्म आइपुग्दा खेल निकै अघि बढिसकेको थियो । यो अवस्थामा केपी ओलीसँग पार्टीलाई बचाउनु बाहेक अरु कुनै विकल्प थिएन ।

    वास्तवमा ओलीले माधव नेपाल विहीन एमाले बनाउन चाहन्थे । किनकि माधव नेपालको युरो अमेरिकी रअ र दरबार कनेक्सन ओलीले जति अरुले बुझेका थिएनन् । माधव नेपाललाई जुन शक्ति केन्द्रले मदन हत्यापछि एकछत्र नेतृत्वमा ल्यायो । त्यो अवस्थामा माधव नेपालसँग जुध्न खोज्नु मदन भण्डारी जस्तै समाप्त हुने मार्ग थियो ।

    युनिफिकेशन चर्चको माधव नेपाल कनेक्सन जस्तै जर्मन गुप्तचर संस्था एफइएस मार्फत् रोजा लक्जम्र्बर फाउन्डेशनको ब्यानरमा क्रियाशील घनश्याम भुसाल, माधव नेपाल मार्फत् पार्टीको दस्तावेज लेखेर अन्त्यमा एमालेमै रहनु रहस्यमय छ । एफइएसले नेपालमा अमेरिकी गुप्तचर संस्था सिआइएसँग समन्वय गरेर काम गर्दछ ।

    सुभाष नेम्वाङदेखि इन्सेकका सुबोधराज प्याकुरेलहरू मात्र होइन विगतमा संविधानसभाभित्र युरोपियन क्रिश्चियन मिशनमा ककस निर्माण गरेर त्यसमा बसेका गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङहरू एमालेमै छन् । यसकारण माधव कुमार नेपाल अलग हुँदैमा एमालेभित्र चर्च कनेक्सनको घेरा भने अलग भइसकेको छैन ।

    आरएसएस भारत र पश्चिमा
    चर्च कनेक्सन र मिशनको राजनीति नेपालमा बदनाम भएपछि गणतन्त्र, संघीयता र धर्म निरपेक्षता कार्यान्वयन गर्न सहयोग गर्ने म हुँ भन्ने पूर्व सेनापति रुकमाङगद कटवालसहितको इन्डो सिआइए समूहलाई हिन्दू आवरणमा आरएसएसले अगाडि सारेको छ । भारत र अमेरिकी आडमा ओलीसँग राष्ट्रपति बनाउनुहोस् भनेर प्रस्ताव गर्ने यिनै कटवाल हुन् ।

    सेना, आरएसएस र पश्चिमाको यस प्रकारको पछिल्लो षड्यन्त्रलाई अस्वीकार गरेको कारण नै अदालत प्रयोग गरेर ओलीलाई बाहिर राखिएको हो । माधव नेपाल त्यत्तिकै बाहिरिएका छैनन् । उनले पटक पटक भनेका छन्, बाहिर रहेका कम्युनिष्ट, क्रान्तिकारीहरूसँग एकता हुनेछ । त्यो भनेको मोहन वैद्य, मोहनविक्रम, बाबुराम जस्ता चर्चद्वारा सञ्चालित स–साना घटकहरूतर्फ लक्षित छ ।

    यो भनेको युरो–क्रिश्चियन रणनीतिमा चलाइएका कम्युनिष्ट ब्यानरका घटकहरूलाई एकतृत गर्ने अभ्यास हो । यही अभ्यासअन्तर्गत उनले नयाँ पार्टी खोलेका छन् । अहिले माधव नेपाल जुन शक्तिले मदन भण्डारी मा¥यो, वीरेन्द्र मा¥यो त्यही शक्तिको आडमा पार्टीबाट चोइटिएका हुन् ।

    रविन्द्र मिश्रको साझा विवकेशील, बाबुराम भट्टराईको नयाँ शक्तिलाई बोके जस्तै बहुराष्ट्रिय कम्पनीको आडमा सञ्चालित पत्रिका, पत्रकार, लेखक, टेलिभिजनहरूले केही समय माधव नेपालको प्रचार जोडतोडले गर्नेछन् । परिणाम भने बाबुरामको नयाँ शक्तिको भन्दा भिन्दै आउने छैन । यो देश मत्स्येन्द्रनाथ, भैरवनाथ, गोरखनाथ, भगवन्तनाथ, देवीहरूको शक्तिमा निर्माण भएको हो । विधर्मीहरूको समाप्तिलाई कसैले रोक्न सक्दैन । सबैलाई चेतना भया ।
    ताजा खबर साप्ताहिक बाट

    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, कार्तिक २९ २०८२

    ‘ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ’

    पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य...

    प्रकाशित: शुक्रबार, कार्तिक २९ २०८२

    ‘म खुल्ला किताब हुँ, खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन’

    स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, ‘खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’ उनले आफू हरेक कुरामा...

    प्रकाशित: शुक्रबार, माघ ११ २०८१

    रक्सिको तालमा एमाले-काँग्रेशका सासंदले रास्वपा नेताहरुलाइ देशनिकाला गर्नुपर्छ भनेपछि…

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले प्रतिनिधि सभा समितिको बैठकमा आक्रोशपूर्ण रूपमा सत्तारूढ दलका सांसदहरूलाई चेतावनी दिएकी छन्। दाङ र प्यूठानका गुठी पीडित किसानहरूको विषयमा आयोजित कार्यक्रममा...

    प्रकाशित: आइतबार, माघ ६ २०८१

    आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन्। मोरङको ग्रामथानमा आयोजित कार्यक्रममा उनले २०७९ मा...

    प्रकाशित: मंगलबार, कार्तिक २० २०८१

    केपी ओली माथी चौतर्फी प्रहार र षड्यन्त्रको नाबिलेली , एमालेका दशौँ लाख कार्यकर्ता प्रतिवादमा उत्रने बेला आयो !

    देशव्यापी एमालेको संगठन छ, बौद्धिक जमातको लावालस्कर छ, झापा बिद्रोह देखि दशौ राष्ट्रिय माहाधिवेशन सम्म आइपुग्दा समयको माग सँगै देशिय बिशिष्टता अनुरुप मार्क्सवादी सिर्जनात्मक प्रयोगमा जनताको बहुदलिय जनवाद र...

    प्रकाशित: बुधबार, साउन २ २०८१

    ‘अब पनि सुध्रिन नसके माओवादी समाप्त हुन्छ’

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले अब पनि माओबादि केन्द्र सुध्रिन नसके माओवादीको युग समाप्त हुने बातएका छन् । उनले भने ‘जनताको समस्या र पार्टीको पुनरुत्थानको बाटोमा हामी...

    प्रकाशित: सोमबार, असार २४ २०८१

    रास्वपालाई प्रश्न :’गोजीमा बोकेको राजीनामा खोइ ?’

    नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक...

    प्रकाशित: बिहिबार, असार २० २०८१

    निशा डाँगिमात्रै मुकुल ढकालको पक्षमा

    राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् । बुधवार मध्यरातसम्म बसेको केन्द्रीय...

    प्रकाशित: सोमबार, जेष्ठ १४ २०८१

    “मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ”

    नेपाल क्रिकट टिमका पुर्बकप्तान सन्दिप लामिछानेले निराशजनक स्टाटस लेखेका छन् । । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्,...

    प्रकाशित: शुक्रबार, कार्तिक १७ २०८०

    सरकारको काम किराना पसले जस्तो भएको रबिन्द्र मिश्रको दाबि

    राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन् । पार्टी प्रशिक्षणका लागी उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको...

    प्रकाशित: बुधबार, कार्तिक १५ २०८०

    केपी ओली र महेश बस्नेतलाई प्रहार गरेर एमाले कमजोर बनाउने षड्यन्त्रको चिरफार, यसकारण जरुरी छ प्रतिरोध !

    पछिल्लो समय जनताको लोकप्रिय पार्टी नेकपा एमालेलाई कसरी बदनाम गर्न सकिन्छ र कसरी कमजोर बनाउँन सकिन्छ भनेर अनेक खाले तिकडम र षड्यन्त्रका तानाबानाहरु बुनिँदै गएको छ । अनेक...

    प्रकाशित: मंगलबार, कार्तिक १४ २०८०

    २५ प्रतिशत घरपरिवार बैंकको ऋणी

    गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा...

    प्रकाशित: बिहिबार, असोज २५ २०८०

    इरानविरुद्ध नेपाल २७४ रनले विजयी

    एसीसी यू १९ प्रिमियर कप अन्तरगत नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । मलेसियामा सम्पन्न खेलमा ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमा अलआउट भयो । नेपालका लागि सुवास भण्डारी...

    प्रकाशित: शनिबार, भाद्र १६ २०८०

    मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने

    मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ ९२० बमोजिमको...

    प्रकाशित: बिहिबार, असार १४ २०८०

    ‘सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्‍यो’

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास...

    प्रकाशित: बुधबार, माघ ४ २०७९

    राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहन्छौँ :काँग्रेश

    नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले राष्ट्रपति र सभामुखमा सबै दलहरूमा समझदारी चाहेको बताएका छन्।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि आफूहरू प्रमुख प्रतिपक्ष दल भएपनि समझदारीबाट...

    प्रकाशित: मंगलबार, साउन १७ २०७९

    नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन !

    नागरिकता विधेयकको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष चढाएको खुला समावेदन – एस. के. तिमिल्सिना सम्माननीय राष्ट्रपतिज्यू, राष्ट्रपतिको कार्यालय, सितल निवास, काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई पहिलो संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधि सभा र...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    गोविन्दराज जोशी र खुमबहादुर खड्काको राजनिती समाप्त गर्न गिरिजा कति सम्म गरेका थिए बाहिरियो नालिबेली !

    – अर्जुन ज्ञवाली २०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । माओवादी आतङ्ककारीहरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर...

    प्रकाशित: बुधबार, असार २९ २०७९

    नेपालमा नागरिकताको व्यापार !

    १. विषय प्रवेश  नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न प्रतिनिधि सभामा तीन वर्ष ११ महिना दुई दिनसम्म बिचाराधीन विधेयक सरकारले वापस लिएको छ । २०७९ साल असार २४ गते...

    प्रकाशित: सोमबार, असार २७ २०७९

    नागरिकताको सन्दर्भमा संघिय संंसदका सबै सदस्यहरुलाई खुला पत्र !

    – एस. के. तिमिल्सिना माननीय सदस्यहरु, नेपालमा नागरिकता किन विवादित विषय बनिरहेको छ भन्ने बारेमा कानून निर्माताहरुको ध्यानाकर्षण गराउँदै समाधानका उपायहरु सुझाउन चाहन्छु ।राज्य निर्माणका लागि जमिन (भू–भाग) र जनसङ्ख्या दुई...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend